श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति : अध्यक्ष आचार्य

बसन्त श्रेष्ठ छापेली
मंसिर २५, अर्घाखाँची –
नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले स्वर्गीय इश्वरी प्रसाद श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भएको छ ।


नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा छापमा आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै उहाँले इश्वरी प्रसाद श्रेष्ठ पार्टीको बफादार तथा विकास प्रेमी संगठक रहेको बताउनुभयो । उहाँले श्रेष्ठले जुन सुकैबेला पनि पाटी संगठन निर्माण, सामाजिक प्रगतिको पक्षमा उभिदै आएको स्मरण गराउदै परिवारलाई समेत सोही बाटोमा हिड्दै उहाँको सपनालाई साकार पार्न अपिल गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता आचार्यले कोरोनाबाट बच्न सबैलाई सचेत रहनुपर्नेमा जोड दिदै पुर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा उहाँको जोड थियो । 

नेकपा सन्धिखर्क वडा नं १२ वडा कमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य पिताम्वर भुसाल, कार्यालय सदस्य तथा सन्धिखर्क नगर कमिटि इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला कमिटि सदस्य तथा नगरकमिटि सह इन्चार्ज युवराज श्रेष्ठ, नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटि सदस्य तथा वडा नं २ का वडा अध्यक्ष मोतिजंग रायमाझी, जिल्ला कमिटि सदस्य सीता कुमारी श्रेष्ठ, नेकपा सन्धिखर्क नगर कमिटि सदस्य तथा वडा इन्चार्ज रामबहादुर बि.क, नगरकमिटि सदस्य तथा वडा नं १ अध्यक्ष लक्ष्मण पराजुली लगायत वडा कमिटि तथा टोल कमिटिका पदाधीकारीले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संगठित सदस्य स्वर्गीय इश्वरी प्रसाद श्रेष्ठ कम्युनिष्ट आन्दोलनका एक योद्धा हुनुहुन्थ्यो । निमोनियाको समस्या देखिएका ५८ बर्षिय श्रेष्ठको कोरोना भाईरसका कारण उपचारको शिलशिलामा भिम अस्पताल भैरहवामा यहि मंसिर १८ गते निधन भएको थियो । उहाँका श्रीमती , २ छोरा, २ बुहारी, र १ छोरी छन् ।

         यस्तै सन्धिखर्क नगरपालिका वडा नं १२ सल्लिकोटमा समेत नेकपाले शोकसभा सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं १२ सल्लिकोट निवासी बाबुराम श्रेष्ठको छैठौँ दिनको पुण्य तिथीको अवसरमा आयोजित शोक सभामा नेकपा जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले शोक मन्तब्य राख्दै दिवंगत बाबुराम श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले शोकाकुल परिवारजनप्रति गहिरो समबेदना व्यक्त गर्दै परिवारले स्वर्गीय बुबाले देखाएको बाटोलमा अगाढि बढी सपना साकार पार्न प्रेरित गर्नुभयो । श्रेष्ठको उपचारको क्रममा यहि कार्तिक २० गते ६७ वर्षको उमेरमा निधन भएको थियो । श्रेष्ठका श्रीमति, ३ छोरा र ३ बुहारी रहेका छन । 

कोरोना भाइरस महामारीः नेपाल कोभिड-१९ प्रभावित देशमध्ये ३४औँ स्थानमा

कात्तिक २५-विश्वभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या पाँच करोड नाघ्दा नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख पुग्न लागेको छ। कोरोनाभाइरस महामारीसम्बन्धी तथ्याङ्कको अभिलेख राख्दै आएको अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार संसारभरि १२.५७ लाख मानिसको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।

नेपालमा १,१२६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितको सङ्ख्या दुई लाख पुग्न लागेको नेपाल कोरोनाभाइरस प्रभावित देशको सूचीमा ३४ औँ स्थानमा भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ। source:bbc nepali.com

कोरोना विरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी

कात्तिक २४ काठमाण्डाै – कोभिड–१९ का लागि बनिरहेको खोपले ९० प्रतिशत मानिसमा सङ्क्रमण रोक्न सक्ने प्रारम्भिक विश्लेषणमा पत्ता लागेको छ । यो खोप विश्वको ठूलो औषधी कम्पनी फाइजर र बायोटेकले बनाएको हो । कम्पनीले यो ‘विज्ञान र मानवताका लागि महान् दिन’ भएको बताएको छ ।  

कम्पनीले यस महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपत्कालीन आवेदन दिनेछ । यो खोपलाई उत्कृष्ट उपचारका साथै भाइरसविरुद्धको लडाइँमा सबैभन्दा ठूलो हतियार मानिएको छ । कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्धबाट पनि यसले बचाउन सक्छ । 

यो खोपलाई अहिलेसम्म ६ देशमा ४३ हजार पाँच सय जनामा परीक्षण गरिएको छ र सुरक्षालाई लिएर कुनै चिन्ता नदेखिएको बताइएको छ । 

विश्वभर दर्जनौँ खोप परीक्षणको अन्तिम चरणमा छन् । जसलाई ‘फेज थ्री ट्रायल’ भनिन्छ । तर कुनै परिणामहरू देखाएको यो पहिलो खोप हो । 

यो खोपले पूर्णरुपमा प्रयोगात्मक दृष्टिकोणको प्रयोग गर्छ, जसमा शरीरको प्रतिरोधी क्षमता भाइरससँग लड्न तयार होस् भनेर भाइरसको जेनेटिक कोडलाई शरीरमा इन्जेक्ट गरिन्छ । 

यसअघि भएको परीक्षणमा कोरोना भाइरसविरुद्ध लड्नको लागि खोपले शरीरमा एन्टिबडी बनाउने र प्रतिरोधी प्रणालीको एक अर्काे हिस्सा निर्माण गर्ने पत्ता लागेको थियो, जसलाई टी–सेल भनिन्छ । 

यो खोपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ । अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसहरुमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकसित भएको पाइयो ।  

फाइजरले यस वर्षको अन्त्यसम्म यस खोपको पाँच करोड खेप उपलब्ध गराउन सक्ने र सन् २०२१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब खेप तयार हुन सक्ने आशा व्यक्त गरेको छ । 

तर यस खोपलाई लिएर केही तार्किक चुनौती पनि आउनेछ । यसलाई शून्यदेखि ८ डिग्री सेल्यिसभित्रको तापमानमा राख्नुपर्ने हुन्छ ।  source:ujyaaloonline