श्याम घिमिरेमंसीर २५ अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ । बिहिबार सन्धिखर्क नगरपालीकामा ६ जना र छत्रदेव गाउँपालीकामा ३ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६९२ पुगेको छ । संक्रमितमध्ये हालसम्म ६२२ जना डिस्चार्ज भएका छन । अब जिल्लामा ५८ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
जसमा सन्धिखर्क नगरपालीकामा ५० जना, भुमिकास्थान नगरपालीकामा १ जना, मालारानी गाउँपालीकामा २ जना र छत्रदेबमा ५ गरी जम्मा ५८ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १२ जनाको भने ज्यान गईसकेको छ ।