हामी प्रति सेवा ग्राहिहरुको बिश्वास बढेको छ : कार्यालय प्रमुख रास्कोटी

बिगत ३ बर्ष देखि  कार्यालय प्रमुखको जिम्मेवारी समाल्दै आउनु भएका नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीका कार्यालय प्रमुख बिरमान रास्कोटीले आफु कार्यालय प्रमुख भएसंगै बिद्युत बिस्तार र यसको संरचनामा व्यापक परीबर्तन भएको बिस्वास व्यक्त गर्नुभएको छ । रास्कोटीले कर्मचारीहरु जुनसुकै ठाउँमा बसे पनि आफ्नो कर्म गर्ने र सेवा ग्राहीहरुको मनोभावना अनुसार काम गर्ने कुरामा जोडपनि दिनुभएको छ । तर पनि  गृह जिल्लामा बसेर काम गर्दा फरक अनुभूत हुने र सेवा ग्राहीहरुको माया बढी पाए जस्तो लागेको उहाँको भोगाई रहेको छ । जिल्लाको पाणिनी गाउँपालिका पोखराथोकका स्थानीय बासीन्दा समेत रहनुभएका रास्कोटीको आगमन संगै जिल्लामा केही समय यता बिद्युत कार्यालयबाट प्रबाह हुने सेवा तथा विद्युतको गुणस्तरमा सुधार भएको समेत देखिएको छ । यि र यस्तै बिषयमा केन्द्रित रहेर पत्रकार श्याम घिमिरेले गरेको संक्षिप्त कुराकानी ।

तपाई अर्घाखाँचीमा कार्यालय प्रमुख भएको कति भयो ? गृह जिल्लामा बसेर काम गर्न कत्तीको सहजता पाउनु भयो ?

यस कार्यालयमा २०७४ भाद्र  १६ गते देखि हाल सम्म कार्यालय प्रमुखको रुपमा निरन्तर कार्यरत छु । हामी कर्मचारीहरु जुनसुकै ठाउँमा बसे पनि आफ्नो कर्म गर्ने हो सेवा ग्राहीहरुको मनोभावना अनुसार काम गर्दछौं तर पनि  गृह जिल्लामा बसेर काम गर्दा फरक अनुभूत हुने रहेछ , आफ्नोपन बढी भएर होला सेवा ग्राहीहरुको माया बढी पाए जस्तो लाग्दछ ।

तिन बर्षको अबधिमा जनताले देख्ने गरी बिद्युत क्षेत्रको बिकासमा के के काम गर्नु भयो ? तपाईहरुले गरेको कामप्रति उपभोक्ताहरु कत्तीको सन्तुष्ट हुनुहुन्छ ?

तीन बर्षको अबधिमा सेवा ग्राहीहरुले अनुभूत गर्न सक्ने साथै अनुभूत गर्न नसक्ने तर कार्यलयको प्रमुख सुधारको रुपमा उल्लेख्य रुपमा काम भएको छ जस्तै:

  • ६० भन्दा बढी वितरण ट्रान्सफर्मरहरु जडान गरि करिब १०,००० /०० ग्राहक संख्यामा वृद्धि भएको छ ( खास गरि पाणिनी गाउँ पालिका ०२,०४,०५,०६ र शितगंगाको अधिकांश स्थानहरुमा पच्छिलो समयमा विद्युतीकरण भएको छ )  ।
  • ५५ भन्दा बढी ३३/०.४ के.भी. को ट्रान्सफर्मरहरुलाई ११/०.४ के.भी. बाट बदली गरिएको छ, जसको कारणले  वितरण प्रणालीमा सुधार आई ग्राहकहरुले भरपर्दो  बिद्युत उपभोग गर्न पाउनु भएको छ ( साबिक धारापानी, खन,खनदह, बाँगीको आंशिक, खांचीकोट, नरपानी, पालि अड्गुरी, मैदान, खिदिमको केहि भाग, र हालै सीतापुर र ठाडाको केहि भाग ) ।
  • सहज कार्यालय संचालन गर्नको लागि कार्यालयको नो-लाईट युनिट थप गरिएको छ पाणिनी गाउपालिका र हालै मात्र मालारानी गाउपालिकामा ।
  •  २०७४ असारमा १७/४४ मा रहेको चुहावट प्रतिशत २०७७ असारमा ५/५३ प्रतिशत कायम हुन् सफल भएको छ ।
  • आ.ब. २०७३/०७४ असारमा बार्षिक बिद्युत महशुल संकलन रु. ८ करोड ३७ लाख  भएकोमा आ.ब. २०७५/०७६ असारमा रु. २७ करोड ६० लाख,   Covid-१९ प्रभावित आ.ब. २०७६/०७७ असारमा रु. २६ करोड ३८ लाख र आ.ब. २०७७/०७८ को मंसिर  २५ गते सम्ममा रु.  १२ करोड ३२ लाख संकलन भएको छ ।
  • यो अवधिमा करिब यस कार्यालयको नियमित बजेटबाट करिब ७००० काठको पोललाई फलामे पोलबाट बिस्थापित गरिएको छ ।

कुनै पनि कार्यालयको सेवा प्रवाहमा सत प्रतिशत सन्तुस्टी हुदैन यदी यसो भयो भने कार्यालयको काममा गतिशिलता हुदैन , सन्तुस्टी भन्ने कुरा मापन गर्नसकिदैन अनुभूत गर्ने कुरा हो, हामीले सिमित साधनहरुको श्रोतको बाबजुद हामीले अधिकतम प्रयास गरेका छौ । मलाई हामी प्रति सेवा ग्राहिहरुको बिश्वास बढेको अनुभूत हुन्छ  ।

जिल्लामा बिद्युत संरचना कस्तो छ ? संरचनालाई व्यवस्थीत बनाउन के गर्दे हुनुहुन्छ ?

हामीले अर्घाखाँची जिल्लाको अधिकांश क्षेत्रमा बिद्युत सेवा प्रवाह गर्दछौ  । प्राबिधिक हिसाबले हाम्रो वितरण प्रणाली संरचना नाजुक छ  । हामीले हाम्रो कार्यालयको नियमित बजेट र सिमित साधनहरुको अधिकतम प्रयोग बाट उल्लेख्य सुधारहरु गरेका छौ (३३/०.४ के.भी. वितरण ट्रान्सफर्मरहरुलाई बदली गर्न ११ के.भी लाईन विस्तारकार्य) । यस कार्यालयको सेवाक्षेत्र भित्र विभन्न आयोजनाहरुले वितरण प्रणाली सुधारको लागि काम गर्दै छन तर सबै आयोजहरुको हाल सम्म कार्य सम्पन्न हुन बाँकी छ  ।

बेलाबेलामा लाईन आउने र जाने गरीरहन्छ खास के कारणले गर्दा यस्तो समस्या आईरहन्छ ?  यसलाई समाधान गर्न के गर्दे हुनुहुन्छ ? कहिले देखी यस्तो समस्या हट्छ ?

मैले अघिनै पनि भनी सके यहाँ वितरण प्रणालीमा व्यापक सुधार हुन् आबश्यक छ । यस कार्यालयको सेवा क्षेत्र भित्रका आयोजनाहरु सम्पन्न भए पछि समस्या हट्छ । तत्कालको बिद्युत अनियमित समस्या समाधान भनेको निर्माणाधीन  ३३/११ के.भी.  सबस्टेशन आयोजनाहरु (ठाडा,हंसपुर, दुर्गाफाँट) समयमै सम्पन्न भई सुचारु हुनु नै हो । दिर्घकालिन समाधानको रुपमा जसरि सडक हाईवे हुन्छ त्यसरीनै बिद्युत हाईवेको रुपमा १३२ के.भी. लाईन को सबस्टेशन फुदवाङमा सम्पन्न भई संचालनमा आएपछि समस्या हट्छ ।

जिल्लाका बिभिन्न स्थानहरुमा बिजुलीको तार,पोल र ट्रान्सफर्महरु अव्यबस्थीतरुपमा गाडीएको भनेर उपभोक्ताले गुनासो गरीरहनुहुन्छ , किन यसलाई व्यवस्थीत गर्न सक्नुभएन ?

हाम्रो जस्तो अल्पविकसित देशमा हरेक क्षेत्रमा आफ्नो काम मात्रै देखाउने चलन, छ विकास गर्ने नाऊमा विना समन्वय काम भएको छ । यस कार्यालय अन्तर्गतका बिभिन्न स्थानहरुमा ग्राहक स्वयम लगानीमा समेत विद्युतीकरण भएको पाईन्छ जसको कारणले प्राबिधिक हिसाबले पूर्ण रुपमा ठिक नभएका वितरण प्रणालीहरु पनि बिगतमा चार्ज गर्नु परेको छ, हामीले सिमित स्रोत र साधनका बाबजुद क्रमिक रुपमा सुधार गरि रहेका छौ । मैलेअघि पनि भने समन्वयको व्यापक अभाब छ, जसको कारण बजार क्षेत्रमा अनि ग्रामिण स्तरमा पनि सडक विस्तारका क्रममा ब्यापक रुपमा हाम्रो संरचनालाई असर हुने गरि कार्यहरु भएको छ ।

भौगोलीक रुपमा कामगर्न जिल्लामा कत्तीको सहजता छ ? हाल ग्राहकले कस्तो र कसरी सेबा प्राप्त गरीरहेका छन ?

भौगोलिक हिसाबले बर्ष भरि नचल्ने बाटो, सवारी साधनहरुको अभाबका कारण यस जिल्लामा काम गर्न असहज नै छ । कार्यालयले प्रदान गर्ने सेवाको लागि मूल कार्यालयबाहेक पनि अन्य ५ स्थन बाट सेवा प्रदान गरेका छौ : सन्धिखर्क बजार नो-लाईट तथा महशुल काउन्टर, ठाडा नो-लाईट तथा महशुल काउन्टर, पोखराथोक नो-लाईट , बल्कोट नो-लाईट र मालारानी नो- लाईट ।

कार्यालयमा जनशक्तीको अबस्था कस्तो छ ? कर्मचारी बिचको सहकार्य र समन्वय कसरी गर्नु भएको छ  ?

हाल कार्यालयमा सेवा ग्राहिहरुको संख्या करिब ३६ हजार पुगेको छ । जसरि सेवाग्राहीहरुको संख्या बढेको छ त्यही अनुपातमा कर्मचारी संख्या नभएको कारण सेवा प्रवाहमा कहिले काहिँ समस्या आउने गरेको छ । सहज रुपमा नियमित कार्य सम्पादन गर्ने वातावरण मिलाईएको छ । उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग तथा सम्पूर्ण फाँट प्रमुख कर्मचारी साथीहरु र अन्य सम्पूर्ण कर्मचारीहरुलाई अलि बढी जिम्मेवार बनाईएपछि  राम्रो प्रतिफल आउने विश्वास लागेको छ ।

आर्थिक रुपमा बिपन्न जनता र अन्य बर्गलाई कार्यालयबाट के कस्ता सहुलियतका कार्यहरु भएका छन ?

आ.ब. २०७५/०७६ तथा २०७६/०७७ मा रु. ५० लाखको बजेटबाट करिब २ हजार ग्राहकमा निशुल्क मिटर जडान तथा अति बिपन्नलाई सर्भिस केबुल तथा पोलतार समेत विस्तार कार्यहरु भएका छन । यो आ.ब. मा पनि रु. २५ लाखको अति विपन्न तथा सांस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान कार्यक्रम स्वीकृत भई प्राप्त भएको छ , निकट भबिस्यमानै यो कार्यक्रम सबैलाई जानकारी हुने गरि संचालन गर्नेछौ । यहाँलाई यहीँबाट सबैलाई जानकारी हुने गरि सुचना सम्प्रेषण गरिदिनुहुन समेत अनुरोध गर्दछु ।

कार्यालयले मिटर जडान लगायतका कामहरुमा  ढिलासुस्ती गरेको र समयमा काम नगरीदिएको भन्ने आरोप पनि तपाईहरुमाथी बेलाबेलामा आउने गर्छ अहिले के छ ?

खै मलाई यो आरोप निराधार लाग्दछ , म कार्यालय प्रमुख भए पछि यो समस्या छैन हामिसंग ५०/६० सिंगल फेज मिटर जहिले पनि मौज्दात हुन्छ । सिंगल फेजको हकमा आबेदन स्वीकृत भएको १ दिन देखि ७ दिन सम्म स्थान विशेष हेरेर जडान भएको छ, जसको लागि हाम्रो ठाउँठाउँमा भएको युनिट मार्फत कार्य हुने गर्दछ । तर थ्रीफेज मिटरको हकमा आबेदन स्वीकृत भए पछि प्रादेशिक कार्यालयबाट ल्याउनु पर्ने र टि ओ डी मिटरको आबेदन स्वीकृत भए पछि प्रादेशिक कार्यालय हुँदै केन्द्रिय कार्यालय समेत गएर सफ्टवेयर राख्नु पर्ने हुन्छ , जसको लागि सवारी साधन आभाबको कारण पटक-पटक प्रादेशिक कार्यालय तथा केन्द्रिय कार्यालयमा जान समय लाग्ने भएकोले केहि समय लाग्ने गर्दछ ।

बिश्व कैंकको सहयोगमा सोलार ग्रिड प्रोजेक्टले जिल्लाका बिभिन्न क्षेत्रहरुमा पोल गाड्ने र कालो तार बिच्छाउने कार्य गर्दे छ  ? यसको बारेमा तपाईलाई कत्तीको जानकारी छ ? जानकारी छ भने केके काम भैरहेको छ बताईदिनुसन

नेपाल सरकारले आ.ब. २०७६/०७७ मा तोकेको ४१ पूर्ण विद्युतीकरण जिल्लामा यस अर्घाखाँची जिल्ला पनि पर्दछ । सोहि अनुरुप यस कार्यालयले कार्यक्रमहरु संचालन गर्दै आएको छ । त्यसै गरि यस कार्यलयको कार्य क्षेत्र भित्र सोलार ग्रिड एण्ड इनर्जी इफिसियन्सी आयोजनाले एच.टि. एल.टि. लाईन निर्माण गर्ने कार्य गरेको छ । तर उक्त आयोजनाकोले गरेको काम सन्तोष जनक छैन र समन्वय पनि नगरीनै काम गरेको छ, यसको विषयमा प्रोजेक्ट म्यानेजरलाई पटक-पटक जानकारी गराएका छौ ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ ?

खास मैले भन्नु पर्ने त्यस्तो केहि छैन , आम ग्राहक महानुभावहरुलाई केहि गुनासो भएमा यस कार्यलयमा जानकारी गराईदिनुहुन अनुरोध छ  । समय अनि सम्बादको लागि यहाँलाई धन्यबाद छ ।

Advertisement

रेडियो शितगंगाका अध्यक्ष शर्मा द्धारा ह्यिल चियर र शौक्षिक सामाग्री बितरण

अराज बेल्बासे मंसिर २५ सितगंगा – रेडियो शितगंगाका अध्यक्ष नारायण शर्माले शितगंगा नगरपालिका ६ का ७७ बर्षिय रुद्र बहादेर दर्जी लाइ ह्लिल चियर बितरण गर्नु भएको छ । अपाङ्गता भएका ब्यक्ति लाई अध्यक्ष शर्माले घरमै पुगेर ह्यिल चियर बितरण गर्नु भएको हो । शितगंगा नगरपालिका ६ का वडा अध्यक्ष रिषि रेस्मी तथा अध्यक्ष शर्माले संयुक्त रुपमा ह्युल चियर बितरण गर्नु भएको हो । यस्तै सर्माले शितगंगा नगरपालिका ६ मा रहेको शिद्धार्थ आधारभुत बिद्यालयको बिद्यार्थीहरुलाइ शौक्षिक सामाग्री बितरण गर्नु भएको छ । बिद्यार्थीहरुको पढाइ प्रतिको आकर्षण बढोस भन्दै सम्पुर्ण बिद्यार्थीहरुलाइ कापि तथा कलम बितरण गर्नु भएकमे हो ।

आफुले समेत अध्ययन गरेको बिद्यालयका बिद्यार्थीलाई शौक्षिक सामाग्री बितरण गर्न पाउँदा खुशी लागेको शर्माले बताउनु भयो । यस्तै वडा अध्यक्ष रिषि रेस्मीले वडाले समेत ह्यिल चियर बितरण गरेको बताउदै छुट भएका वृद्धको लागि सहयोग गरेकोमा शर्मालाइ धन्यवाद दिनु भयो । साथै आफ्नै गाँउको बिद्यालयका बिद्यार्थीमा गरेको सहयोगले सबैमा सकारात्मक सन्देशसमेत प्रवाह भएको बताउदै दुरदराजका बिद्यालयमा कसैको नजर जपरे पनि सहयोगखबोकेर आएकोमा आभार ब्यक्त गर्दै वडाले समेत गुणस्तरिय शिक्षामा सधै तत्पर रहेको बताउन भयो । शौक्षिक सामाग्री बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष भिम बहादुर बिक प्रध्यानाध्यापक जीवन शर्मा लगायतको उपस्थितमा बिद्यार्थीहरुलाइ बितरण गरिको थियो ।

देशमा भ्रष्टाचार बढेकोले जनता सरकारप्रति रुष्ट भएका बनेका हुन : अध्यक्ष केसी

श्याम घिमिरे,मंसीर २५ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीले देशमा भ्रष्टाचार बढेकोले जनता सरकारप्रति रुष्ट भएको र प्रतिगामी शक्ति सल्बलाएको बताउनुभएको छ । बिहिबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष केसीले सरकार भ्रष्टाचारीहरुको संरक्षक बनेको बताउनुभयोे । राजतन्त्रको अन्त्य भए पछि जनताले सुसाशन होला भन्ने आशा गरेर बर्तमान सरकारलाई बहुमत दिएको बताउँदै अध्यक्ष केसीले सरकारले त्यसो गर्न नसक्दा जनताको भरोसा तोडेको बताउनु भयो ।

सरकारको भ्रष्ट क्रियाकलापको कारण राजावादीहरु पुनः सल्बलाउन थालेको भन्दै केसीले राजतन्त्र पुनःस्थापित हुनै नसक्के कुराको ठकुवा समेत गर्नुभयो । अध्यक्ष केसीले दलहरु आन्तरिक खिचलोमा फसेका कारण देशको राष्ट्रियता कमजोर भएको भन्दै केसीले संघीयताका कारण आन्दोलनका उपलब्धीहरु गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको दाबि गर्नुभयो ।

कार्यक्रममा मनतब्य राख्दै राजमो जिल्ला सचिब बाबुराम पन्थी सुनारले संघीयताको अन्त्यविना देश सम्बृद्ध हुन नसक्ने भन्दै संघीयताको खारेजीनै अहिलेको पहिलो आबश्यकता भएको बताउनुभयोे । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजित विरोध सभामा राजमोका स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।