१६ बर्षपछी लालपर्जा पाँउदा स्थानिय हर्षीत

श्याम घिमिरे, मंसीर २६ अर्घाखाँची -छत्रदेब गाउँपालीका वडा नं. २ र ४ का स्थानीय बासिन्दाहरुले १६ वर्षपछि हातमा जग्गाधनि प्रमाण पुर्जा प्राप्त गरेका छन् । विशेष नापि कार्यालय अर्घाखाँचीले डिजिटल प्रविधीबाट तयार गरेको नक्सा सुक्रबार एक कार्यक्रमको आयोजनागरी वितरण सुरु गरेको हो । सशस्त्र द्धन्द्धको समयमा २०६१ सालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्लानै नक्सा विहीन बनेको थियो । देश शान्ति प्रकृयामा गईसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नापी गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरेको बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताउनु भयो ।

पुर्जा बितरण कार्यक्रममा मनतब्य राख्दै नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं संघिय सांसद टोपबहादुर रायमाझीले कृषि र पर्यटन क्षेत्रको बिकासकालागी लालपुर्जाको उपयोग गर्नुपर्ने भन्दै समृद्ध र सुखी अर्घाखाँची बनाउने अभियान शुरु भईसकेकोले बिकास निर्माणले जिल्लामा तिब्र गति लिएको बताउनु भयो । रायमाझीले डिजिटल माध्यमबाट नापनक्सा गरेका जग्गाधनी प्रमाणपत्रले बैंकमा धितो राख्न सहज हुने बताउनु भयो । उहाँले जिल्लाका अन्य ठाउँमा पनि क्रमश जग्गाधनि प्रमाणपत्र वितरण गर्ने बताउनुभयो ।


प्रतिनिधि सभासदस्य पुष्पा भुसालले डिजिटल प्रविधिबाट जग्गा नाँपजाच गर्ने कार्यलाई तीव्र गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो । भुसालले जिल्लामा हुने हरेक विकास निर्माणमा काममा पक्षविपक्ष बनेर विदाद गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख, कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली, पत्रकार महासंघ लुम्बिनि प्रदेश सदस्य अशोक खनाल,प्रेमनारायण आचार्य,नबिन केसी लगायतले मन्तव्य राख्दै कोरोना महामारीको समयमा पनि फिल्डमा कर्मचारी खटाएर जनताको काम गरेको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो । बक्ताहरुले जिल्लामा नक्सा नहुदाँ स्थानीयले ठुलो सास्ती खेप्नु परेकोले यो अभियानबाट ठुलो राहत मिलेको समेत बताउनु भएको हो ।

छत्रदेव गाउँपालिकाको वार्ड नंं २ बल्कोटमा ६ सय ५० घरधुरी र वडा नम्वर ४ केरुङ्गाका एक हजार एक सय ८६ जग्गा धनी दर्ता प्रमाणपुर्जा बितरण गर्न सुरु गरेको बिशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताउनु भयो । कार्यक्रम विशेष नापी कार्यालय अर्घाखाँची प्रमुख खिम बहादुर रानाको अध्यक्षता र माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको हो । १६ बर्षपछी पुर्जा प्राप्त गरेपछी स्थानियहरु हर्षीत समेत भएका छन ।


Advertisement

विवेकशील साझा पार्टी एकताको खुसीयालीमा सन्धिखर्कमा दिप प्रज्वलन

मंसिर २६ अर्घाखाँची – विवेकशील साझा पार्टी एकताको खुसीयालीमा आज सन्धिखर्कमा दिप प्रज्वलन गरिएको छ ।साझा युवा संगठनको आयोजनामा आज साँझ सन्धिखर्क शान्ती बंगैचामा दिप प्रज्वलन गरिएको हो ।पार्टीका नेता हरिप्रसाद भुसाल, सुरज भुसाल, रविन शाह, अशोक आचार्य, मोहन पुरी लगायतका नेताहरुको उपस्थितीमा दिप प्रज्वलन गरिएको हो । रविन्द्र मिश्रको अध्यक्षतामा रहेको साझा पार्टी र मिलन पाण्डेको नेतृत्वमा रहेको विवेकशील नेपाली दललले यही २४ गते भर्चुअल रुपमा पार्टी एकताको घोषणा गरेका थिए ।एकताको खुसीयालीमा आज अर्घाखाँची सहित देशभर एकसाथ दिप प्रज्वलन सहित विविध कार्यक्रमहरु भैरहेका छन् ।

सुक्रबार अर्घाखाँचीमा १७ जनाले कोरोना संक्रमणलाई जिते, अब ४१ जना आईसोलेशनमा

श्याम घिमिरे ,मंसीर २६ अर्घाखाँची -अर्घाखाँचीमा एकैदिन १७ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । सुक्रबार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट १४ जना,मालारानी गाउँपालीकाबाट १ जना र छत्रदेब गाउँपालीकाबाट २ जना गरी एकैपटक १७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कुल ६९२ संक्रमितमध्ये हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६३९ पुगेको छ ।

अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा ३६ जना, भुमिकास्थान नगरपालीकामा १ जना,मालारानी गाउँपालीकामा १ जना र छत्रदेब गाउँपालीकामा ३ जना गरी जम्मा ४१ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन । भने जिल्लाका अन्य २ पालीकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १२ जनाको भने ज्यान गईसकेको छ ।

कृष्ण बहादुर सुनारद्बारा बुवाआमाको सम्झनामा अक्षयकोषकाे स्थापना

गाेपाल भट्टराई मंसिर २६ – भुमिकास्थान नगरकार्यपालिका सदस्य कृष्ण बहादुर सुनारले बाबुुआमाको सम्झनामा अक्षयकोष स्थापना गर्नुुभएको छ । आफु अध्यक्ष रहेको स्थानिय बिरेन्द्र आधारभुत विद्यालयमा स्वर्गिय बुवाको आज १० औं दिनको पूण्य तिथि पारेर बुवा हर्क बहादुर सुनार र आमा उमकला सुनारको सम्झना र सम्मान स्वरुप १ लाख १ हजार १ सय १ रुपैंयाको अक्षयकोष स्थापना गर्नुुभएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता समेत रहनुभएका एक मात्र छोरा कृष्णले स्वर्गिय बाबुुआमाको सम्मान स्वरुप स्थापना गरेको कोषमा हर्क बहादुरको छोरी चित्रकला सुनारले ४ हजार १ सय १ र नातीनी सरिता सुनारले ५ हजार १ सय १ रुपैंया थप गरि १ लाख १० हजार ३ सय ३ रुपैंया पुराइएको छ । आफु अध्यक्ष भएदेखि नै विद्यालयको शैक्षिक एवम् भौतिक सुधार गर्न लागिपरेको,सबैले साथ दिइरहेको अवस्थामा पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई पठनपाठनमा टेवा पुगोस् भनेर बाबुुआमाको स्मृति र सम्मानमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभएको छ ।

अक्षयकोष स्थापना तथा विद्यार्थिलाई शैक्षिक सामाग्री बितरण गर्न आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे,नगर प्रवक्ता बाबुराम पन्थी,प्रमुख प्रशासकिय अधिकृत लिला राउत,वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थी,राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.,झविलाल थापा,शिक्षक सुभाषचन्द्र बन्जाडे, शिक्षक गाेबिन्द केसि, रेडियोकर्मी हरी प्रसाद भुसाल लगायतले मन्तव्य राख्दै कृष्ण सुनार र उहाँको परिवारले गरेको प्रशंसनिय कार्यले समृद्ध राष्ट्र निर्माणमा ठुलो टेवा पुग्ने बताउनुभएको छ ।

यसैविच कृष्ण सुनारको परिवारले शैक्षिक क्षेत्रमा गरेको सहयोगबाट प्रभावित भएर नगर प्रमुख रेसम थापाले पनि सहयोगको घोषणा गर्नुभएको छ । आफ्ना स्वर्गिय हजुरबुवा जुद्धबिर थापा क्षेत्री र स्वर्गिय हजुरआमा तिलकला थापा क्षेत्रीको सम्झनामा १९ हजार ९ सय ९९ सय रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

राष्ट्रिय जनमोर्चा पाणिनी गाउँ समितिको आयोजनामा मैदानमा प्रशिक्षण भेला सम्पन्न

गोपाल भट्टराई मंसिर २६ – राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले नेपालमा संघीयताबारे सुरुमा देखिएका भ्रमहरु साफ भएको दाबी गर्नुभएको छ । देश र जनताको कल्याणका लागि जतिसक्दो छिटो संघियता खारेज नभए देश र जनताले अझबढि दुःख झेल्नुपर्ने अध्यक्ष के.सी. भनाइ छ । राष्ट्रिय जनमोर्चा पाणिनी गाउँ समितिको आयोजनामा आज मैदानमा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सिंहदरबारको अधिकार टोलस्तरमा पु¥याउने दाबी गर्दै बोकाइएको संघियता कार्यान्वयनमा आएपछि सिंह मात्रै गाउँमा छिरेको अधिकार झन टाढिएको अनुभुती भएको अध्यक्ष के.सी.ले सुनाउनुभयो ।

राष्ट्रिय जनमोर्चा पाणिनी–५ मैदानका अध्यक्ष निमिराज भट्टराईको अध्यक्षता,उपाध्यक्ष हेमनाथ खनालको स्वागत मन्तव्य र सचिव मिना कोइरालाको सन्चालनमा सम्पन्न कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,पाणिनि इन्चार्ज गोविन्द वि.सी.,नेत्रृ सावित्रा घिमिरे,मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि नारायण न्यौपाने,अखिल नेपाल युवक संघका प्रतिनिधि यादव थापा लगायतले सहभागिलाई प्रशिक्षण दिंदै राष्ट्र र जनताको हितमा सम्झौताहिन संघर्ष गर्दै आएको पार्टी राजमो मात्रै भएको बताउनुभएको छ । सत्तास्वार्थका कारण बोल्ने एउटा अर्को गर्ने दलहरुले जनतालाई सधै झुक्काएकोले अब जनता सचेत बन्नुपर्नेमा उहाँहरुको जोड छ ।