मालारानी ३ खनदहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता कार्य अनलाइन प्रणालीबाट शुभारम्भ,वडाबासीलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्न नयाँ अभ्यासको थालनी गरिएको वडाअध्यक्ष खनालको भनाइ

सन्धिखर्क एफएम मंसिर १९ – अर्घाखाँचीको मालारानी गाउँपालिका–३ खनदहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता कार्य अनलाइन प्रणालीबाट बिहिबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । वडा कार्यालयमा खिमानन्द खनाल र प्रमिला खनालकी छोरी प्रश्बी खनाललाई अनलाइन प्रणाली मार्फत जन्मदर्ताको प्रमाणपत्र प्रदान गरि शुरुवात गरिएको छ । पहिलो सेवाग्राही उनीहरूलाई अभिर र फुलमाला लगाएर सेवा दिइएको छ । वडाअध्यक्ष शोखाभर खनालले शुभारम्भ गर्दै अनलाइन प्रणालीबाट दर्ताको काम शुरुवात भएको बताए ।

वडाबासीलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्न नयाँ अभ्यासको थालनी गरिएको बताए । नेपाली कांग्रेस मालारानी गाउँ कार्यसमितिका सभापति समेत रहेका खनालले वडाको विकास र समृद्धिको लागि योजनाबद्ध ढंगले काम भैरहेको बताए । वडाका हरेक विकास योजनाका काम द्रुत गतिमा अघि बढेको र छिटो छरितो एवं प्रभावकारी ढंगले अघि बढाउँदै मालारानी गाउँपालिकाको वडा नम्बर ३ लाई विकासमा नमूना वडाको रुपमा उभ्याउन आफु निरन्तर लागि परेको बताए । वडा सचिव कमल चौहानले सेवाग्रहीलाई सरल र सहज ढंगले सेवा प्रवाहका कामलाई प्रभावकारी बनाइएको उनले बताए ।

छिटो छरितो ढंगले काम गर्न आफुहरु कटिबद्ध रुपमा निरन्तर खटिरहेको वडा सचिव चौहानले बताए । शुभारम्भ कार्यक्रममा कान्तिपुर दैनिकका उप–सम्पादक तथा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, वडा कार्यालयका कर्मचारी सुना पोखरेल, तारा पुन र भुवन खनाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

राष्ट्रिय जनमोर्चाका सदस्य हर्कबहादुर सुनारको ८७ बर्षको उमेरमा निधन

गोपाल भट्टराई अर्घाखाँची मंसिर १९ – अर्घाखाँचीको भुमिकास्थान नगरकार्यपालिका सदस्य कृष्ण सुनारलाई पितृशोक परेको छ । राष्ट्रिय जनमोर्चाका नेता समेत रहनुभएका सुनारका बुवा हर्क बहादुर सुनारको बुधबार निधन भएपछि उहाँको परिवारमा पितृशोक परेको हो । दमको समस्यासंग लड्दै आउनुभएका ८७ बर्षिय हर्क बहादुरले गएराती आफ्नै निवास धारापानीमा मृत्युबरण गर्नुभएको परिवार स्रोतले जनाएको छ । दलित आन्दोलनका अगुवा तथा असल कम्युनिष्ट सदस्य हर्कबहादुरलाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य झविलाल थापाले पार्टीको झन्डा ओडाएर सम्मान सहित श्रदान्जली दिएपछि आजै गच्छेघाटमा दाहसंस्कार गरिएको राजमो जिल्ला सचिव बाबुराम पन्थीले जानकारी दिनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका नेताहरु शेर बहादुर बि.सी.,सागर के.सी.,यमलाल पोख्रेल,नेकपा मसालका प्रवक्ता पशुपती ढकाल,जिल्ला अध्यक्ष थम्मन के.सी.,गोविन्द वि.सी.नगर प्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे लगायतको उपस्थितिमा सम्पन्न शोकसभामा बोल्दै नेता झविलाल थापाले पार्टीको कुशल सदस्य गुमाउनुपर्दा राष्ट्रिय जनमोर्चालाई अपुरणिय क्षति भएको बताउनुभएको छ । नेता थापाले स्वर्गीय सुनारले दलित आन्दोलन,समाज सुधार,राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनार्थ ठुलो योगदान पु¥याएको भन्दै निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शोक सभाको संचालन राजमो उपाध्यक्ष गोपाल पौडेलले गर्नुभएको थियो ।

प्राथमिक उपचार आपतकालिन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य अर्घाखाँची १९ मंसीर – अर्घाखाँचीको सन्धिखर्कमा समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार आपतकालिन स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा मन्तब्य राख्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लिुम्विनी प्रदेश सभापति शम्भु प्रसाद पोख्रेलले प्रत्येक समुदाय र घरघरमा प्राथमिक स्वास्थ्यकर्मीको उत्पादन गर्ने रेडक्रसको योजना रहेको बताउनु भयो । उहाँले आपतकालिन अबस्था र महामारीको समयमा प्राथमिक उपचारनै पहिलो उपचार विधि हुने बताउनु भयो ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले महामारीको निराकरण गर्न सबै पक्ष एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो । महामारी र आपतकालिन अबस्थामा बिकासका काम भन्दा पहिलो प्राथमिकता जनतालाई बचाउनु पहिलो उदेश्य हुने बताउनु भयो । कार्यक्रममा सनिधखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक, अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम, नेपाल रेड क्रस सोसाइटीका प्राथमिक उपचार महाशाखा प्रमुख शिवराज गौतम, जिल्ला सभापति कुशल भुसाल, कार्यक्रम संयोजक राजु राउन, जिल्ला स्वास्थ्य कार्यलयका राधाराम आचार्य, सनिधखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली, लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति कुशल भुसालको अध्यक्षता, मन्त्री चन्द्रप्रसाद बन्जाडेको स्वागत मन्तब्य र उपसभापति राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।