सन्धिखर्क १० मा महिला हिंसा र कानूनी प्राबधान सम्बन्धि तालिम शुरु

प्रेमनारायण आचार्य सन्धिखर्क २० मंसीर – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा महिला हिंसा र कानूनी प्राबधान सम्बन्धि चार दिने तालिम आज देखि शुरु भएको छ । महिला सञ्जाल सन्धिखर्क १० को आयोजना र वडा नम्वर १० को आर्थिक सहयोगमा शुरु भएको तालिममा वडा भित्रका महिलाहरुको सहभागिता रहेको छ ।

महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षतामा शुरु भएको तालिमको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वडा सदस्य चमकला भुसाल, शान्ता नेपाली, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । तालिमको सहजीकरण अधिबक्ताहरु केवी भुसाल , विजय केसी र नारायण खत्रीले गर्नु भएको छ । कार्यक्रम महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, सचिव कमला पराजुलीको सञ्चालन र सहसचिव हिरा खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

नरपानीमा “वातावरण र पर्यटनबीचको अन्र्तसम्बन्ध” विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न, पर्यटन प्रवद्र्धन गर्न वातावरणको संरक्षण गर्नु पर्नेमा बक्ताहरुको जोड

सन्धिखर्क एफएम ,मंसीर २१ अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्वर ६ नरपानीमा “वातावरण र पर्यटनबीचको अन्र्तसम्बन्ध” विषयक अन्र्तक्रिया कार्यक्रम सुक्रवार सम्पन्न भएको छ । खाँचीकोट–नरपानी वातावरण सरोकार समूहले आयोजना गरेको सन्धिखर्क नगरस्तरीय सर्वदलीय र सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नरपानी–खाँचीकोट क्षेत्र सहित अर्घाखाँची जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जिल्लाका सबै शक्ति मिलेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले पछिल्लो समय पर्यटन प्रवद्र्धन बिकासको क्षेत्रमा नगरले गम्भीरता पुर्बक कामगरीरहको भन्दै नगर क्षेत्र भित्रका पर्यटन पुर्वाधारहरुको बिकासमा नगरपालीका सधैब हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेस सन्धिखर्क नगर सभापति विनोद आचार्यले वातावरण चिन्ताको विषय भएको हुँदा आवश्यकताले बनेका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्नु पर्ने बताउनु भयो । उहाँले नरपानीमा चुनढुङ्गा उत्खनन् बन्द भए जस्तै खाँचीकोटमा पनि बन्द गरेर सबै शक्ति पर्यटन प्रर्वद्धनमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष कमल प्रसाद घिमिरेले खाँचीकोटको समेत चुनढुङ्ग उत्खनन् बन्द गरेर वातावरण संरक्षण गर्दै अर्घाखाँचीको नरपानी र खाँचीकोट क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो पार्टीको घोषित नीति र निर्णयनै भएकोले सबै राजनैतिक शक्तिलाई सोही दिशामा लाग्न अनुरोध गर्नु भयो ।

सन्धिखर्क नगरपालिका वडानं.६ नरपानीका वडाअध्यक्ष कृष्ण आचार्यले नरपानीले चुनढुङ्गा उत्खनन् बिर्सिसकेकोले खाँचीकोटले पनि सधंैको लागि उत्खनन् त्यागेर पर्यटन उद्योगको विकासमा हातमालो गर्नु पर्ने बताउँनु भयो ।

सन्धिखर्क नगरपालिका वडानं.७ का वडासदस्य विष्णु प्रसाद भुसालले चुनढुङ्गा उत्खनन् गरेपनि बन्द गरेपनि एकमतले गर्नु पर्ने बताउँनु भयो ।

आदर्श मा.वि. खाँचीकोटका प्र.अ. डिल्लीराज थापाले खाँचीकोटमा चुनढुङ्गा उत्खनन् गर्दा इआएका मापदण्डहरु पुरा नगरिएको र नियमनकारी निकायबाट अनुगमन समेत नभएको बताउँनु भयो ।
सोही बिद्यालयका शिक्षक गणेश थापाले टाठाबाठालाई नबोल्ने बनाएपछि इआईए लागू गर्ने नपर्ने रहेछ भन्दै गुनासो गर्नुभयो ।

नेकपा ६ नं. वडाका वडाअध्यक्ष श्रीधर महत्राले राजनैतिक शक्तिहरुले दोहोरो भूमिका खेल्न नहुने बताउनु भयो । नेपाली काँग्रेस ६ नं. वडा सभापति बुद्धि न्यौंपानेले नरपानीले जस्तै खाँचीकोटले पनि वातावरण संरक्षण गरेमा आफुहरुको साथ रहनेमा प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चा ७ नं. वडा खाँचीकोटका अध्यक्ष दिलदार हुसेनले खाचीकोटको चुनढुङ्गा उत्खनन् सधैका लागि बन्द गरेर वातावरणलाई सुरक्षित, संरक्षित, स्वच्छ र सुन्दर बनाएर खाँचीकोट र नरपानीलाई देशका उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेस ७ नं. वडा खाँचीकोटका प्रतिनिधि गोपाल प्रसाद भुसालले वातावरणलाई नोक्सान पु¥याउदा पर्यटक नआउने बताउदै सधैकालागी चुनढुङ्गा उत्खनन् बन्द गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चा ६ नं. वडाका अध्यक्ष पूर्ण बहादुर चँुदालीले पर्यटकीय गन्तव्यको विकास गर्न वातावरण संरक्षित हुनै पर्ने तर खाँचीकोटको उत्खनन्ले वातावरण खलबलिएको बताउँनु भयो । स्थानीय विद्यार्थी विष्णु थापाले पश्चिम भारतका पहाड भन्दा महाभारत श्रृंखला धेरै सुन्दर भएकोले त्यसको संरक्षण गर्नु पर्ने बताउँनु भयो ।

स्थानिय शिक्षक गणेश थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा वातावरण अभियान्ता पदम केसीले विषयवस्तु प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता, पर्यटन र वातावरणका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्रोत : पदम केसी नरपानी

सनिवार अर्घाखाँचीमा थप ८ जनामा कोरोना संक्रमण ,संक्रमितको संख्या ६६७ पुग्यो (कुन पालीकामा कति संक्रमित बिबरण सहित हेर्नुहोस)

श्याम घिमिरे,मंसीर २१ अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६६७ पुगेको छ । सनिवार सन्धिखर्क नगरपालीकामा ८ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६६७ पुगेको छ । संक्रमित मध्ये हालसम्म ६१० जना डिस्चार्ज भएका छन । अब जिल्लामा ४६ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्क नगरपालीकामा ३८ जना,शितगंगामा ३ जना ,भुमिकास्थान नगरपालीकामा १ जना, मालारानी गाउँपालीकामा २ जना र छत्रदेबमा २ गरी जम्मा ४६ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रजिअ बिष्णु पौडेलले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ११ जनाको भने ज्यान गईसकेको छ ।

ज्यान गुमाउनेहरुमा सन्धिखर्क नगरपालीकाका ४ जना,शितगंगा नगरपालीकाका २ जना,भुमिकास्थान नगरपालीकाका २ जना,मालारानी गाउँपालीकाका १ जना र पाणिनी गाउँपालीकाका २ जना गरी हालसम्म ११ जनाको ज्यान गईसकेको छ ।

हालसम्म कुन पालीकामा कति संक्रमित बिबरण सहित हेर्नुहोस ।

सन्धिखर्क नगरपालीकामा ३०७ जना,
भुमिकास्थान नगरपालीकामा १२८ जना,
शितगंगा नगरपालीकामा १०३ जना ,
मालारानी गाउँपालीकामा ७८ जना ,
छत्रदेब गाउँपालीकामा ३० जना
पाणिनी गाउँपालीकामा २१ जना