रामचन्द्र पौडेल रिहा, सरकारले शक्तिको दुरूपयोग गरेको आरोप

मंसिर १७, काठमाडौं  : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो। उनलाई प्रहरीले तनहुँको व्यास नगरपालिका-१ तालघरेबाट नियन्त्रणमा लिएको थियो। रिहा भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै पौडेलले केपी ओली नेतृत्वको सरकारले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्। 

पौडेललाई जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो। पौडेल पुल उद्‍घाटनमा जाँदा सत्तारुढ नेकपानिकट राष्ट्रिय युवा संघले अवरोध गर्न खोजेपछि झडपको अवस्था आएको थियो। यसैबीच वरिष्ठ नेता पौडेलमाथि भएको धरपकड र गिरफ्तारीलाई लिएर कांग्रेस नेताहरुले आक्रोश पोखेका छन्। source:thahakhabar

Advertisement

रामचन्द्र पौडेललाई तत्काल रिहा गर्न कांग्रेस अर्घाखाँचीको माग,पौडेलप्रतिको दुव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत

२०७७ मङ्सिर अर्घाखाँची -नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गरेको गिरफ्तारी प्रति नेपाली कांग्रेस अर्घाखाँचीले निन्दा गरेको छ । जिल्ला सचिव विष्णु प्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देखाएको निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार भएर बस्न सरकारलाई चेतावनी दिनु भएको छ ।

रामचन्द्रको पक्राउप्रति देउवाको आक्रोश : सरकारविरुद्ध देशव्यापी प्रतिरोध गर्ने

मंसिर १७काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको विरोध गरेको छन्। तनहुँमा पुलको उद्घाटन गर्न पुगेको नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले रिहाइको माग गरेका हुन्। 

सभापति देउवाले बुधबार  विज्ञप्ति निकालेर तत्काल रिहाको माग गरेका छन्।  नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप  लगाएका छन्। 

सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहाइ गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु,’ उनले भनेका छन्।

वर्तमान सरकारको अधिनायकवादीको आकांक्षा को जग भएको यो घटनाप्रति कडा विरोध गर्दै अधिनायकवादी अभिष्‍टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एकढिक्का हुने चेतावनीसमेत दिएका छन्। 

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको छ। तनहुँमा पुल उद्घाटन कार्यक्रमका क्रममा कांग्रेस र नेकपानिकट युवा संघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरिएको छ। 

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६५१ , अब ३० जना आईसोलेशनमा,हालसम्म ११ जनाको ज्यान गयो

श्याम घिमिरे मंसिर १७ – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६५१ यथावत रहेको छ । संक्रमित मध्ये हालसम्म ६१० जना डिस्चार्ज भएका छन । अब जिल्लामा ३० जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा सन्धिखर्क नगरपालीकामा २४ जना,शितगंगा नगरपालीकामा ३ जना, मालारानी गाउँपालीकामा १ जना र छत्रदेब गाउँपालीकामा २ जना गरी जम्मा ३० जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ११ जनाको ज्यान गईसकेको छ । कोरोनाका कारण ज्यान गुमाउनेहरुमा सन्धिखर्क नगरपालीकाका ४ जना,शितगंगाका २ जना,भुमिकास्थानका २ जना,मालारानीका १ जना र पाणिनीका २ जना गरी हालसम्म ११ जनाको ज्यान गईसकेको छ ।