पत्रकारिता क्षेत्रलाई धरासायी हुन दिदैनौ –अध्यक्ष आचार्य


श्याम घिमिरे,
पौष ६ अर्घाखाँची –
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोभिड १९ का कारण देशको अर्थतन्त्रमा ठुलो प्रभाव परेको भन्दै त्यसको प्रत्यक्ष असर मिडिया क्षेत्रमा पनी परेको बताउनु भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा सोमबार सन्धिखर्कमा आयोजित पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष आचार्यले यस्तो बताउनुभएको हो ।

आचार्यले कोभिडका कारण पत्रकारिता क्षेत्र आर्थिक संकटबाट गुज्रिएको भएपनी धरासायी हुन नदिने भन्दै अल्पकालीन र दृघकालीन योजना बनाई मिडिया सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले महासंघ पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको हकहित र अधिकारकालागी निरन्तररुपमा लडिरहने बताउनुभयो ।


यस्तै आचार्यले समानुपातिक विज्ञापन ऐन लागु गर्ने बिषयमा उठेको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास पनि व्यक्त गर्नुभयो । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चार गृहलाई सहयोग पुग्ने बिस्वास समेत व्यक्त गर्नुभयो । आचार्यले महासंघकै पहलमा कोभिडको बेलामा सञ्चारगृहले निष्काशन गरेका पत्रकारको पक्षमा लडेर केहीहदसम्म न्याय दिलाएको पनि स्मरण गराउनुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र भुसालले सबै पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । भुसालले प्रेस काउन्सिलले पनी कोरोनाले प्रभाव पारेको मिडिया क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गणेश खनालको अध्यक्षता र सहसचिव अनिल नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेल, रामबाँण गुल्मका गुल्मपति अशोक क्षेत्री,प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष कुशल भुसाल लागायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Advertisement

संसद विघटनको बिरोधमा सन्धिखर्कमा राजमोको बिरोध पर्दशन


श्याम घिमिरे,
पौष ६ अर्घाखाँची-
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार संसद विघटन गरेसंगै राष्ट्रिय जनमोर्चाले देशव्यापि रुपमा विरोध प्रदर्शन शुरु गरेको छ । सोही अनुसार राजमोले सोमबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जुलुस सहित बिरोध पर्दशन गरेको छ । राजमोले चुत्राबेसीको भक्तिटोल चोक र शान्तिबगैचा चोकमा कोण सभा सम्पन्न गरेको हो ।

समामा मनतब्य राख्ने बक्ताहरुले करिब दुईतिहाइ बहुमतप्राप्त सत्ताधारी दलभित्रको चरम गुटबन्दी, अन्तरविरोध र आपसी झगडालाई समाधान गर्न नसकेर जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको संस्था प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक र अप्रजातान्त्रिक कदम भएको बताए । उनिहरुले यस प्रकारको गलत कार्यले मुलुक गम्भीर प्रकारको अस्थिरता र अराजकतातिर धकेलिने भन्दै यसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने भएकोले मुलुकमा विभिन्न साम्राज्यवादी शक्ति हावी हुनसक्ने कुरामा जोड समेत दिए ।

सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव बाबुराम पन्थी सुनार, राजमो सन्धिखर्क नगर समिति अध्यक्ष कमल प्रसाद घिमिरे,जिबनारायण खनाल लगायतले मनतब्य राखेका थिए ।