श्याम घिमिरे, मंसीर १९ अर्घाखाँची – अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६५९ पुगेको छ । बिहिबार सन्धिखर्क नगरपालीकामा ६ जना भुमिकास्थान नगरपालीकामा १ र मालारानी गाउँपालीकामा १ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ६५९ पुगेको छ । संक्रमित मध्ये हालसम्म ६१० जना डिस्चार्ज भएका छन । अब जिल्लामा ३८ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
जसमा सन्धिखर्क नगरपालीकामा ३० जना,शितगंगामा ३ जना ,भुमिकास्थान नगरपालीकामा १ जना, मालारानी गाउँपालीकामा २ जना र छत्रदेबमा २ गरी जम्मा ३८ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ११ जनाको भने ज्यान गईसकेको छ ।
