२०७७ मङ्सिर अर्घाखाँची -नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले गरेको गिरफ्तारी प्रति नेपाली कांग्रेस अर्घाखाँचीले निन्दा गरेको छ । जिल्ला सचिव विष्णु प्रसाद भुसालले एक प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देखाएको निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल रिहा गर्न माग गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार भएर बस्न सरकारलाई चेतावनी दिनु भएको छ ।