पुस १५ गते सार्वजनिक बिदा

पुस १३ पोखरा – गण्डकी प्रदेशले पुस १५ गते सार्वजनिक बिदा दिने भएको छ । आइतबार, आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको छ ।  पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

पुनर्निर्माण प्राधिकरणको स्थापना दिवसको अबसरमा बिरामीहरुलाई हर्लिक्स बितरण

Image may contain: one or more people


अशोक चौहान
पौष १२ अर्घाखाँची –

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई अर्घाखाँचीले पुनर्निर्माण प्राधिकरण स्थापना दिवसको अबसर पारी सनिवार अर्घाखाँची अस्पतालका बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित हर्लिक्स बितरण गरेको छ ।

Image may contain: 3 people, people sitting

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा पुनर्निर्माण प्राधिकरण अर्घाखाँचीका प्रमुख शैलेन्द्र यादब, जिल्ला अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारी ,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्ट , शसस्त्र प्रहरी बलका प्रमुख माधब रेग्मी, जिल्ला अनुसन्धान कार्यालयका प्रमुख बिनय चर्तुबेदी लगायतलेको उपस्थिति रहेको थियो ।

Image may contain: 2 people, people sitting
Image may contain: 2 people, people smiling, people sitting
Image may contain: 8 people, including Krishna Mukhiya and Ashok Chauhan, people smiling, people standing and outdoor
Image may contain: 11 people, including Krishna Mukhiya, people smiling, people standing and outdoor
Image may contain: 10 people, including DrJagannath Tiwari and Ashok Chauhan, people smiling, people standing