“कोरोनाको मृत्युु “

नारायण खनाल८ चैत्र २०७६, शनिबार

संसार क्वाम्मै निल्ने आँटले संसार भर आफ्नो नाम चम्काउन संक्रमणको महान लक्ष्य लिइ जन्मिएको भाइरस “कोभिड -१९” संसार क्षतविक्षत पार्ने सुरमा छ मानव अस्तित्व संकटमा पार्ने दुस्साहस रचिरहेको छ।

बिचरा ! कोरोनालाई के थाहा आफन्त गुमाउँदै ,रुँदै चुपचाप बस्न सक्दैन मान्छे किनकि आफ्नो बुद्धिले संसार मुठ्ठीमा राख्ने मान्छे आफ्नै ,लापरबाहीले आफन्त गुमाउनुको पिडाबोध गरिरहेको छ।

केही मान्छे निल्न सफल भएकोमा महामारीको हौवा फिजाउँदै त्यही उत्साहमा संसार भर शिकार गर्दै ,हिडिरहेको कोरोनाको अन्त्य खोजीरहेकोछ।

आफ्नो गल्तिले पाठ सिकिरहेको छ कोरोना विरुद्धको अभियानमा सफलता हासिल गर्दैछ ।

त्यसैले “कोरोनाको मृत्यु ” अवश्यम्भावी छ।

साबुनपानीले राम्रोसँग हात धुँदै भिडभाडबाट जोगिँदै मास्क र सेनिटाइजरको प्रयोग गर्दै स्वास्थ्यका सम्पूर्ण नियम पालना गर्दै कोरोना विरुद्धको लडाइँमा मानव एक बनेको छ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेको छ,मान्छे सहयोगी मनहरु जन्मिरहेछन् सबै मिलेर आत्मबल बढाइरहेको छन् मानवीयताको उच्चतम प्रयोग गरिरहेकाछन् कर्तव्य निभाइरहेछन् सचेतना फैलाइरहेका छन् त्यसैले, त अब “कोरोनाको मृत्यु ” अवश्यम्भावी छ बाँकी छ त केवल शतगतको तयारी सबै मिलेर मशानघाटमा कोरोना र कोरोनारुपिलाई सँगै पोल्ने काम ।

(लेखक नारायण खनाल मालारानी-३ निवासी हुनुहुन्छ)

६ महिनाकालागी जिल्लामा औषधीको अभाव नहुने , हल्लाका पछि नलाग्न औषधि ब्यवसायीको आग्रह,सरसफाईमा बिशेष ध्यान दिनुपर्ने ।

श्याम घिमिरे चैत ३ अर्घाखाँची –
अर्घाखाँचीका औषधि ब्यवसायीहरुले ६ महिनाका लागी जिल्लामा औषधीको अभाव नहुने बताएका छन । अहिले सम्म बिक्रिबितरण हुदै आएका सबैखाले औषधी बिसम परिस्थिति बाहेक ६ महिना सम्मका लागी स्टक रहेकोले नआत्तिन उनिहरुले अर्घाखाँची बासीलाई अपिल समेत गरेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले जनता आतंकित भएको भन्दै हल्लाको पछि नलाग्न र नडराउन पनि व्यवसायीहरुले सबैलाई आग्रह गरेका छन ।

संक्रमणको संत्रासलाई कम गर्न सचेतना दिने उद्देश्यका साथ नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उनिहरुले यस्तो अपिल गरेका हुन् ।


उनिहरुले औषधी र माक्समा मेडिकलहरुले कालोबजारी गरेको पाईएमा समितीलाई जानकारी गराउन आग्रह गरे । यो अबस्थामा कालोबजारी गर्न खोज्नेलाई कारकाही गर्ने उनिहरुले बताए । नियमित सरसफाई,शारीरीक ब्यायाम,स्वस्थ्य आहार–बिहारमा ध्यान दिने ,ईम्युनिटी पावर बढाउने खालका खानेकुराहरु प्रयोगमा जोड दिए कुनैपनि रोगले तुरुन्तै आक्रमण नगर्ने भन्दै व्यवसायिहरुले अनाबश्यक रुपमा नअत्तालिन जिल्लाबासीलाई अनुरोध समेत गरे ।

संस्थाका अध्यक्ष प्रेम बहादुर पछाईको अध्यक्षता र महासचिव तिलक मिश्रको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा र सम्मेलनमा लुम्बिनी अञ्चल शाखा परामर्श सल्लाहकार नारायण प्रसाद पौडेल,निबर्तमान औषधी व्यवसायी संघका अध्यक्ष लिलामणी ढुङ्गाना लगायतले मन्तव्य राख्दै नेपालमा कोरोनाको संक्रमण आएमा नियन्त्र गर्नुभन्दा आउन नदिन बढि ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै नियमित उमालेको पानी पिउने,सावुनपानीले राम्रो संग हात धुने,भिडभाडमा नजाने,भेटघाट हुँदा हात नमिलाउने,रुघाखोकी लागे माक्स प्रयोग गर्ने जस्ता सकरात्मक गतिबिधि गरेमा पनि रोग सर्नबाट बच्न सकिने उनिहरुको भनाई रहेको थियो ।

अर्घाखाँची अस्पतालमा काेराेना भाईरसकाे उपचारका लागि आइसोलेसन कक्षकाे स्थापना

अशाेक खनाल/सन्धिखर्क एफएम अर्घाखाँची, ३ चैत – अर्घाखाँची अस्पतालले कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्षको स्थापना गर्ने भएको छ।

सन्धीखर्क नगरपालिकाको पहलमा अस्पतालमा आईसोलेसन कक्ष स्थापना हुँन लागेको हो । आइसोलेसन कक्ष निर्माणको तयारीका लागि सन्धीखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक,नगर प्रबक्ता लिलाराम गौतम सोमबार अस्पताल पुगि आजै देखि कार्य प्रारम्भ गर्न नगरपालिकाका सिनियर सव-इन्जिनियर हरि बोहरालाई खटाइएका छन् ।

कक्ष स्थापना पश्च्यात अस्पतालले जिल्लामै शंकास्पद बिरामीको खकार,सिंगानको नमुना संकलन गरी परिक्षण गर्ने ब्यवस्था मिलाउने अस्पतालका प्रमुख कपिल गौतमले जानकारी दिए ।

अर्घाखाँचीमा एसईईमा ३६ सय भन्दा बढि परीक्षार्थी सहभागि हुँदै, १७ जना विद्यार्थी परीक्षा दिनबाट बञ्चित

श्याम घिमिरे चैत्र ३ अर्घाखाँची –
यही चैत्र ६ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईमा अर्घाखाँचीबाट ३६ सय भन्दा बढि परीक्षार्थीहरु सहभागि हुने भएका छन् । नियमित,ग्रेड वृद्धी र प्राविधिक धारका गरि जिल्लामा ३६ सय ८ परिक्षार्थीहरु परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मनिराम पराजुलीले जानकारी दिनुभएको छ ।


प्रमुख पराजुलीले दिएको जानकारी अनुसार नियमित तर्फ १९ सय ६७ छात्रा र १६ सय ४१ छात्र गरि ३६ सय ८ परिक्षार्थी रहेका छन् । त्यस्तै ग्रेड वृद्धी तर्फ ५४ छात्रा र ४३ छात्र गरि जम्मा ९७ परीक्षार्थी रहेका छन् । यस्तै प्राविधिक धार तर्फ नियमिति र ग्रेड वृद्धी गरि जम्मा ६५ जना परीक्षार्थी परीक्षामा सहभागि हुने भएका छन् ।

परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्रमा १७ केन्द्राध्यक्ष ,१९ सहायक केन्द्राध्यक्ष, १७१ निरीक्षक, ३४ सहायक कर्मचारी, ६८ जना बिद्यालय सहयोगी कर्मचारी र २५५ जना सुरक्षाकर्मी खटीने छन् । परीक्षाको लागी आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रमुख पराजुलीले बताउनुभयो ।

यसैबीच पराजुलीले यस बर्षको एसईई परिक्षालाई मर्यादित, ब्यबस्थीत र स्वच्छ रुपमा सम्पन्न गर्न जिल्लामा रहेका सबै सरोकारवाला निकायहरुलाई आग्रह समेत गर्नुभएको छ ।

काेराेना भाइरस : मृत्युदर अरु सङ्क्रमणको भन्दा कम

फागुन २७, २०७६ मंगलबार काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण भएकामध्ये झण्डै ५ प्रतिशतको ज्यान गएको पाइएको छ । अहिलेसम्म १ सय १३ देशका १ लाख १४ हजार ४ सय ३१ जनामा कोरोनाको सङ्क्रमण भएकोमा ४ हजार २७ जनाको ज्यान गएको छ ।

६४ हजार ९९ सय जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ४६ हजार ३ सय ५ जनाको उपचार भइरहेको छ । ज्यान गुमाएकामध्ये धेरैजसो बुढाबुढी र दीर्घरोगी छन् । 

यसअघि सन् २००३ मा २६ देशमा फैलिएको कोरोनाकै प्रजातिको रुपमा रहेको सार्स सङ्क्रमितमध्ये १० प्रतिशतको ज्यान गएको थियो । २०१४ मा इबोला सङ्क्रमण भएका २५ प्रतिशतको ज्यान गएको थियो भने सन् २००९ मा स्वाइन फ्लूका कारण साढे ४ प्रतिशतले ज्यान गुमाएका थिए । 

छुट्टै खोप वा औषधि बनिनसकेको भए पनि केही सावधानी अपनाउने र खानपानमा ख्याल गर्ने हो भने कोरोनाबाट बच्न सकिने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले बताउनुभयो । 

अहिले मौसमी रुघाखोकी लाग्ने समय पनि भएकाले रुघाखोकी लाग्दैमा कोरोना नै भएको भनेर आत्तिन पनि नहुने उहाँले बताउनुभयो । 

नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नफैलिएकाले रुघाखोकी लागे तातो झोलिलो खानेकुरा खाएर घरमै आराम गर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानपर्ने उहाँले बताउनुभयाे । 

साबुन पानीले बारम्बार हात धुने, भिडभाडमा नजाने, रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउने जस्ता सतर्कता अपनाएमा कोरोनाबाट जोगिन सकिने उहाँको भनाइ छ । source:ukyaaloonline