शान्ति माबि बाँगीमा कम्प्यूटर ईन्जिनियरिङ तर्फका अभिभाबकहरुको भेला तथा अन्तरक्रिया सम्पन्न

श्याम घिमिरेमंसीर २६ अर्घाखाँची – शान्ति माध्यमिक बिद्यालय मालारानी ५ बाँगीमा कक्षा १० मा अध्ययनरत कम्प्यूटर ईन्जिनियरिङ तर्फका अभिभाबकहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम बिहिबार बिद्यालयमा सम्पन्न भएको छ । बिद्यालयका प्रअ मानबहादुर पाण्डेको अध्यक्षता र प्राबिधिक धारका प्रमुख जिबन खनालको सञ्चालन एवं प्रस्तुतिकरणमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष शोभाखर भुसाल, बिद्यालयका सहायक प्रअ माधब प्रसाद पन्थी,तारा भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मनतब्य राख्दै वडाअध्यक्ष शोभाखर भुसालले कोरोना भाईरस महामारीका बिच बिद्यालयले गरेका शिक्षण सिकाई क्रियाकलाप,कबिता र नृत्य प्रतियोगीता लगायतका गतिबिधिहरुको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । यस्तै बिद्यालयका प्रअ पाण्डेले अभिभाबकहरुबाट आएका जिज्ञासा,बिद्यालयका आगामी रणनिति,अभिभाबकको दायीत्व र भुमिकाको कारेमा प्रष्ट पार्नुभएको थियो ।

भेलामा अभिभाबकको तर्फबाट हरीबहादुर चौहान,कृष्णप्रसाद भुसाल,तारा खनाल,भूपनारायण भुसाल,तामलाल भुसाल लगायतले मनतब्य राख्नु भएको प्रअ मानबहादुर पाण्डेले जानकारी दिनुभयो । बिद्यालयले कम्प्यूटर ईन्जिनियरिङ बिषयको पठन पाठन सुरु गरेसंगै आफ्ना हरेक गतिबिधिहरुलाई तिब्ररुपमा अगाडी बढाउदै आईरहेको छ ।

Advertisement

जनज्योति माबिमा बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बन्जाडे चयन


श्याम घिमिरे ,मंसिर २१ अर्घाखाँची -सन्धिखर्क नगरपालिका २ चुत्राबेसीमा रहेको जनज्योति माध्यमिक बिद्यालयमा बिद्यालय ब्यबस्थापन समितिको गठन भएको छ । आईतवार बिद्यालयमा बसेको भेलाले सन्धिखर्क २ चुत्राबेसि निवासि स्थानिय बुद्धिजीवी हुमप्रसाद बन्जाडेलाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

समितिको सदस्यहरूमा कमलप्रसाद घिमिरे ,बेदुराम भुसाल,मुना सिंह ठकुरी ,यमकला रायमाझी ,गोमा भुसाल , पदेन सदस्यमा वडाअध्यक्ष मोतिजंग रायमाझी र सदस्य सचिवमा बिद्यालयका प्रअ पशुपति भुसाल चयन हुनुभएको बिद्यालयले जनाएको छ । शिक्षक प्रतिनिधि भने आउन बाँकी रहेको छ । सन्धिखर्क नगर शिक्षा प्रमुख तथा बिद्यालय व्यवस्थापन समिति गठन समितिका संयोजक उपसचिब युगल नारायण बस्सेलको संयोजनमा समिति गठन कार्य सम्पन्न भएको हो ।

कक्षा १२ को परीक्षाकाे तयारी पूरा : परीक्षा स्थगित हुने हल्लामा नलाग्न आग्रह

मंसिर ७,काठमाण्डाै – कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गर्नेसहित सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

बोर्डले केही परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइसकिएको छ भने नजिकका परीक्षा केन्द्रमा अनलाइनको माध्यमबाट परीक्षा सञ्चालन हुनुभन्दा आधा घण्टा अगाडि प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ । परीक्षा स्थगित हुने हल्लामा नलाग्न पनि उहाँले आग्रह गर्नुभएको छ । अहिलेसम्मको अवस्थामा परीक्षा स्थगित हुने कुनै पनि सम्भावना नरहेको बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीको चाहनाअनुसार होम सेन्टरमै परीक्षा सञ्चालन हुनेछ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । कोरोना सङ्क्रमण पुष्टि भएर पनि परीक्षामा बस्न सक्ने विद्यार्थीका लागि भने छुट्टै स्थानको व्यवस्था गरिएको छ ।

बोर्डले परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक र कर्मचारीलाई परीक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्चुअल रूपमा नै अभिमूखीकरणको काम पनि गरिसकेको छ । यो पटक परीक्षार्थीका लागि ४० अंकको लिखित परीक्षा हुनेछ । ४० अंक कक्षा ११ को पढाइलाई आधार मानेर प्रदान गरिनेछ । २० अंक भने स्कुल आफैँले मूल्याङ्कन गरेर दिनेछ । परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी हुनेछन् । कोरोना सङ्क्रमण कायमै रहे पनि भौतिक दूरी कायम गरी परीक्षा लिन लागिएको हो । गएकाे वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको थियो । मङ्सिर ९ गतेदेखि सुरु हुने परीक्षा १६ गते सकिनेछ । source:ujyaaloonline

शान्ति मा.बि बाँगीमा प्रथम त्रैमासीक परीक्षा सोमवारबाट सुरु


श्याम घिमिरे
असोज २६ अर्घाखाँची–
मालारानी गाउँपालीका –५ बाँगीमा रहेको शान्ति माबिले हालसम्म गरीएको शिक्षण सिकाई सहजिकरणको लेखाजोखा तथा मूल्यांकनको लागी प्रथम त्रैमासीक परीक्षा सोमवारबाट संचालन गरेको छ । परीक्षाको केन्द्र बिद्यार्थीको घरलाईनै कायम गरीएको र परीक्षाको रेखदेख, निरीक्षण,प्रश्नपत्र र उत्तरपुस्तिकाको बितरण र संकलनको जिम्मेवारी बिद्यार्थीका अभिभाबकलाई दिएको बिद्यालयका प्रअ मानबहादुर पाण्डेले बताउनुभयो । परीक्षालाई मर्यादित र व्यवस्थीत बनाउन बिभिन्न टोलमा बिद्यालयका शिक्षकहरुलाई समेत जिम्मेवारी तोकिनुका साथै प्राबिधिक र साधारण धारका टाढाका बिद्यार्थीहरुलाई भने अनलाईनको माध्ययमबाट प्रश्नपत्र बितरण र निरीक्षणको व्यवस्था मिलाईएको प्रअ पाण्डेले जानकारी दिनुभएको छ ।

कोभिड १९ ले आक्रान्त पारीरहेको अबस्थामा पनि बिद्यालयले गत असार १ गते देखिनै बैकल्पिक बिधि प्रयोग गरी शिक्षण सिकाई सहजिकरण गरीरहेको छ । बिद्यालयले शिक्षक स्टाप, बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ र बिभिन्न कक्षामा अध्ययनरत बिद्यार्थीहरुसंग भर्चुअल बैठक र अन्तरक्रिया गरी परीक्षा संचालन गर्ने निर्णय गरेकोको थियो । परीक्षाको संचालन र व्यवस्थापनको कार्ययोजना निर्माणगरी सम्पुर्ण अभिभाबकहरुलाई परीक्षा अगावै जानकारी समेत गराईएको थियो ।

यसैबिच बर्तमान परीस्थितिमा स्वास्थ्य संबेदनशीलतालाई बिशेष ध्यान दिई परीक्षा संचालनको अनुगमन गरीएको छ । आज बिहान ११ बजेदेखी संचालन भएको अंग्रेजी र नेपाली बिषयको परीक्षामा सबै बिद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी भएको प्रअ पाण्डेले रेडियो सन्धिखर्कलाई बताउनुभएको छ ।

प्रअ पाण्डे सहित बिद्यालयका शिक्षक,वडाअध्यक्ष शोभाखर भुसाल,वडासदस्य डालबहादुर चौहान,बिद्यालय व्यवस्थापन समितिकाका सदस्य मणिराम खनाल,हुमबहादुर महत,निर्मला खड्का,पिटिए अध्यक्ष बिरेन्द्र कुमार चौहान लगायतले परीक्षाको अनुगमन गरेको बिद्यालयले जनाएको छ । यता अनलाईन बाहेकका शिक्षण सिकाई सहजिकरणका कार्यक्रम भने अर्को सुचना नहुन्जेलसम्मकालागी स्थगीत गरेको प्रअ पाण्डेले बताउनु भएकोछ ।

शान्ति माबि बाँगीमा अभिभावक बिच भर्चुअल बैठक सम्पन्न,


श्याम घिमिरे
असोज २३ अर्घाखाँची –
शान्ति माबि बाँगीमा प्राबिधिक समुहतर्फका कक्षा १० मा अध्ययनरत बिद्यार्थीका अभिभावक र बिद्यालय बिच सुक्रबार भर्चुअल बैठक सम्पन्न भएको छ । बिद्यालयका प्रअ मान बहादुर पाण्डेको अध्यक्षता,शिक्षक जिबन खनालको स्वागत मनतब्य र बसन्त खड्काको संचालनमा सम्पन्न बैठकमा बिद्यालयको तर्फबाट बिद्यालयका सहायक प्रअ माधब प्रसाद पन्थी र तारा प्रसाद भुसालले बिद्यालयले सन्चालन गरेका शिक्षण सिकाई सहजिकरणको बारेमा प्रकाश पार्नु भएको थियो ।

यस्तै बिद्यालयका प्रअ मान बहादुर पाण्डेले अहिलेको बिषम परीस्थीतिमा स्वास्थ्य मापदण्डको पालना गर्दे घरलाई सिकाईको मुख्य थलोका रुपमा आत्मसाथ गर्दे बिद्यालय शिक्षण सिकाईलाई जोड दिन र बिद्यालयले सन्चालन गरेका कार्यक्रमलाई पुर्णरुपमा साथ दिन सबै अभिभावक र बिद्यार्थीलाई आग्रह गर्नुभयो । पाण्डेले यही असोज २६ गतेबाट संचालन हुने आन्तरीक परीक्षाको केन्द्र घरनै भएकोले व्यवस्थीत रुपमा अनुगमन गर्न समेत जोड दिनुका साथै परीक्षाका सबै प्रश्नपत्र र उत्तरपुस्तीका घरसम्म पु¥याईने पनि बताउनुभयो । बैठकमा अभिभाबकको तर्फबाट हरी बहादुर चौहान,मीना अधिकारी,कृष्ण प्रसाद भुसाल,तारा खनाल,भेषबहादुर खड्का,शान्ता श्रेष्ठ लगायतले मनतब्य राख्नुभएको थियो । बिद्यालयले कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दे पछिल्लो समय भर्चुअल बैठकलाई नियमित रुपमा अगाडी बढाउदै आईरहेको छ ।

यसैबिच यहि असोज २५ गते देखी स्वास्थ्य संबेदनशीलतालाई आत्मसाथ गर्दे समुदायमा संचालन गरीएका सिकाई सहजिकरण अर्को सुचना नहुँदासम्मलाई स्थगीत गरीएको बिद्यालयले जनाएको छ ।