संसद विघटनको बिरोधमा सन्धिखर्कमा राजमोको बिरोध पर्दशन


श्याम घिमिरे,
पौष ६ अर्घाखाँची-
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार संसद विघटन गरेसंगै राष्ट्रिय जनमोर्चाले देशव्यापि रुपमा विरोध प्रदर्शन शुरु गरेको छ । सोही अनुसार राजमोले सोमबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जुलुस सहित बिरोध पर्दशन गरेको छ । राजमोले चुत्राबेसीको भक्तिटोल चोक र शान्तिबगैचा चोकमा कोण सभा सम्पन्न गरेको हो ।

समामा मनतब्य राख्ने बक्ताहरुले करिब दुईतिहाइ बहुमतप्राप्त सत्ताधारी दलभित्रको चरम गुटबन्दी, अन्तरविरोध र आपसी झगडालाई समाधान गर्न नसकेर जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको संस्था प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक र अप्रजातान्त्रिक कदम भएको बताए । उनिहरुले यस प्रकारको गलत कार्यले मुलुक गम्भीर प्रकारको अस्थिरता र अराजकतातिर धकेलिने भन्दै यसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने भएकोले मुलुकमा विभिन्न साम्राज्यवादी शक्ति हावी हुनसक्ने कुरामा जोड समेत दिए ।

सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव बाबुराम पन्थी सुनार, राजमो सन्धिखर्क नगर समिति अध्यक्ष कमल प्रसाद घिमिरे,जिबनारायण खनाल लगायतले मनतब्य राखेका थिए ।

Advertisement

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

मंसिर २८, काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आजसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन ।

बरु दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् । दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने या दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भैरहेको नेताहरुले बताएका छन् ।

२१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोगपत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशससिहतको पत्र पठाउनुभएको थियो ।

मङ्सिर १३ गतेको बैठकमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गएको कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित प्रस्तावबारे नेकपाका शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।

नेकपाभित्र मन्त्रिपरिषद्मा हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्याकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गरेको भेटवार्ता लगायतबारे विवाद उत्पन्न भएर दुई अध्यक्षबीच लिखित आरोप–प्रत्यारोपपत्र सुरु भएको हो ।

सचिवालय बैठकले समाधान गर्न नसकेपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गरेको हो । स्थायी कमिटी बैठक लम्बिएका कारण गएको २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आउँदो पुस ५ गतेका लागि सारिएको छ। source:ujyaaloonline

ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको छ – काँग्रेस नेतृ भुसाल

सन्धिखर्क एफएम मंसीर २६ अर्घाखाँची – नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको बताउनु भएको छ । जनता कोरोनाको महामारीमा रहेको बेला सरकार सत्ताको जित हारको खेलमा रहेको उहाँको आरोप रहेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका– ५ बाँगी भडारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले केपी ओलीनै भ्रष्टचारको काण्डैकाण्डमा चुर्लुम्म डुबेका पार्टीका मन्त्री र नेतालाई संरक्षण गर्न लागेको आरोप लगाउदै ओलीले नै भ्रष्टचारको संरक्षकको रुपमा भूमिका खेलेको बताउनु भयो ।

दुई तिहाइको जनमतलाई कम्युनिष्टले कदर गर्दै देश र जनताको पक्षमा विकास गर्न छाडेर आफुभित्रैबाट कुर्सी तानतान गर्दै सत्ताको मोहमा डुबेको भन्दै भुसालले भ्रष्टचारको आहलमा चुर्लुम्म डुबेको सरकारबाटै लोकतन्त्र मासिने खतरा भएको समेत बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रका शीर्ष नेता नै सत्ताको कुर्सीमा लिप्त भएर प्रधानमन्त्री केपी ओली कुर्ची जोगाउन र पुष्पकमल दाहाल तथा माधव कुमार नेपाल समुह ओलीलाई हटाउने खेलमा लागेकोले उनीहरुबाट देश विकासको आशा नरहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेस अर्घाखाँचीका पार्टी सभापति विष्णु मुस्कानले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेस संसदीयदल लुम्बिनि प्रदेश सचेतक निर्मला क्षेत्री, काँग्रेस उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्मा, जिल्ला सदस्य हेमन्त बेल्वासे, सिता भुसाल, विष्णु क्षेत्री, नेत्रप्रसाद भट्टराई, मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भटराई लगायतका जिल्ला स्तरीय नेताले सम्बोधन गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा र राष्ट्रिय जनमोर्चाबाट झण्डै डेढजर्दन काँग्रेसमा प्रवेश गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले बताउनुभयो । कार्यक्रम बाँगीका सभापति मणिराम खनालको अध्यक्षता, विष्णु क्षेत्रीको स्वागत मनतब्य र सचिव नारायणप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

देशमा भ्रष्टाचार बढेकोले जनता सरकारप्रति रुष्ट भएका बनेका हुन : अध्यक्ष केसी

श्याम घिमिरे,मंसीर २५ अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीले देशमा भ्रष्टाचार बढेकोले जनता सरकारप्रति रुष्ट भएको र प्रतिगामी शक्ति सल्बलाएको बताउनुभएको छ । बिहिबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दे अध्यक्ष केसीले सरकार भ्रष्टाचारीहरुको संरक्षक बनेको बताउनुभयोे । राजतन्त्रको अन्त्य भए पछि जनताले सुसाशन होला भन्ने आशा गरेर बर्तमान सरकारलाई बहुमत दिएको बताउँदै अध्यक्ष केसीले सरकारले त्यसो गर्न नसक्दा जनताको भरोसा तोडेको बताउनु भयो ।

सरकारको भ्रष्ट क्रियाकलापको कारण राजावादीहरु पुनः सल्बलाउन थालेको भन्दै केसीले राजतन्त्र पुनःस्थापित हुनै नसक्के कुराको ठकुवा समेत गर्नुभयो । अध्यक्ष केसीले दलहरु आन्तरिक खिचलोमा फसेका कारण देशको राष्ट्रियता कमजोर भएको भन्दै केसीले संघीयताका कारण आन्दोलनका उपलब्धीहरु गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको दाबि गर्नुभयो ।

कार्यक्रममा मनतब्य राख्दै राजमो जिल्ला सचिब बाबुराम पन्थी सुनारले संघीयताको अन्त्यविना देश सम्बृद्ध हुन नसक्ने भन्दै संघीयताको खारेजीनै अहिलेको पहिलो आबश्यकता भएको बताउनुभयोे । ‘गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं भन्ने मूल नाराका साथ आयोजित विरोध सभामा राजमोका स्थानिय नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

फुटेको विवेकशील र साझा फेरि एक भएर बन्यो ‘विवेकशील साझा’

मंसिर २४,काठमाडौं : विवेकशील नेपाली दल र साझा पार्टी पुन: एकीकरण भएर विवेकशील साझा पार्टी  बनेको छ। दुई पार्टीको एकता घोषणा भने फेसबुक लाइभमा आएर गरिएको हो। विवेकशील साझाको केन्द्रीय अध्यक्षमा यसअघिका साझा पार्टीका रवीन्द्र मिश्र र संयोजकमा यस अघिका विवेकशील मिलन पाण्डे बनेका छन्। नयाँ बनेको पार्टीको २६ सदस्यीय सचिवालय तथा १ सय ३० जनाको केन्द्रीय समिति बनेको छ । समितिमा दुवै पार्टीका बराबर सदस्य रहनेछन्।  

गएको निर्वाचनमा अस्वभाविक हार बेहोरेपछि यी दुई पार्टीले एकीकरणको विषयमा छलफल अघि बढाएका थिए। अध्यक्ष मिश्रले गत निर्वाचनको मत परिणाम र जनचाहनाअनुसार पार्टी एक भएको बताए। संयोजक पाण्डे विवेकशील साझा पार्टी बैकल्पिक शक्ति बन्न र लोकतन्त्रको रक्षाका लागि तयार भएर आएको बताए।  एकीकृत पार्टीको एकता महाधिवेशन ६ महिनाभित्र गर्ने बताइएको छ।  
 
यसअघि एकीकरण भएर पनि फुटेका यी दुई पार्टीको अहिले एकीकरण प्रक्रियामा असन्तुष्ट विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जना केन्द्रीय सदस्य एकीकरणमा सामेल भएनन्।  उनीहरुले विगतमा भएको मतभेदको विषयमा पूर्णरूपमा छलफल नगरी एकीकरणमा जान नहुने बताएका थिए।  तल्लो तहमा रहेका संगठन समायोजनको काम भने दुई महिनाभित्र सक्ने सम्झौता भएको छ।