“कोरोनाको मृत्युु “

नारायण खनाल८ चैत्र २०७६, शनिबार

संसार क्वाम्मै निल्ने आँटले संसार भर आफ्नो नाम चम्काउन संक्रमणको महान लक्ष्य लिइ जन्मिएको भाइरस “कोभिड -१९” संसार क्षतविक्षत पार्ने सुरमा छ मानव अस्तित्व संकटमा पार्ने दुस्साहस रचिरहेको छ।

बिचरा ! कोरोनालाई के थाहा आफन्त गुमाउँदै ,रुँदै चुपचाप बस्न सक्दैन मान्छे किनकि आफ्नो बुद्धिले संसार मुठ्ठीमा राख्ने मान्छे आफ्नै ,लापरबाहीले आफन्त गुमाउनुको पिडाबोध गरिरहेको छ।

केही मान्छे निल्न सफल भएकोमा महामारीको हौवा फिजाउँदै त्यही उत्साहमा संसार भर शिकार गर्दै ,हिडिरहेको कोरोनाको अन्त्य खोजीरहेकोछ।

आफ्नो गल्तिले पाठ सिकिरहेको छ कोरोना विरुद्धको अभियानमा सफलता हासिल गर्दैछ ।

त्यसैले “कोरोनाको मृत्यु ” अवश्यम्भावी छ।

साबुनपानीले राम्रोसँग हात धुँदै भिडभाडबाट जोगिँदै मास्क र सेनिटाइजरको प्रयोग गर्दै स्वास्थ्यका सम्पूर्ण नियम पालना गर्दै कोरोना विरुद्धको लडाइँमा मानव एक बनेको छ।

सेल्फ क्वारेन्टाइनमा बसिरहेको छ,मान्छे सहयोगी मनहरु जन्मिरहेछन् सबै मिलेर आत्मबल बढाइरहेको छन् मानवीयताको उच्चतम प्रयोग गरिरहेकाछन् कर्तव्य निभाइरहेछन् सचेतना फैलाइरहेका छन् त्यसैले, त अब “कोरोनाको मृत्यु ” अवश्यम्भावी छ बाँकी छ त केवल शतगतको तयारी सबै मिलेर मशानघाटमा कोरोना र कोरोनारुपिलाई सँगै पोल्ने काम ।

(लेखक नारायण खनाल मालारानी-३ निवासी हुनुहुन्छ)

होली पर्बको अबसरमा अर्घाखाँची युबा परीषदको आयोजनामा होली बिशेष कार्यक्रम सम्पन्न

Image may contain: 10 people, including Shyam Ghimire, people smiling, crowd and outdoor

श्याम घिमिरे चैत्र ७ अर्घाखाँची –

फागुन शुक्ल पूर्णिमाको दिन मनाइने फागु अर्थात होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमन संगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागु पर्व बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउईएको छ । यसैबिच अर्घाखाँचीमा पनी होली पर्व हर्षोल्लासका साथ मनाईएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्कमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली दिनभर होली खेल्ने युवायुवतीहरुको बजार तथा चोकचोकमा नाचगान सहीत बाक्लो चहलपहल रहेको थियो ।

Image may contain: 3 people, including Shyam Ghimire, people smiling, crowd and outdoor

सोही अबसरमा अर्घाखाँची युवा परिषद् चुत्राबेसीले सन्धिखर्कमा होलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो । प्रत्येक वर्ष होलीको अवसरमा अर्घाखाँची युवा परिषद्ले कार्यक्रम गर्दे आएको परिषदका महासचिव प्रकाश भुसालले जानकारी दिनुभयो । यो क्रमलाई निरन्तरता दिईने परीषदका अध्यक्ष काजी श्रेष्ठले बताउनु भयो ।

चुत्राबेसीको पुरानो बसपार्कबाट बावाघाजा सहीत सयौं युबायुबतीहरु सन्धिखर्कका बिभिन्न गल्लीहरुमा एक आपसमा रमाउदै बजार परीक्रमा गरेका थिए । अर्घाखाँचीमा शान्त वातावरणमा होली खेलिएको प्रहरीले जनाएको छ । जिल्लामा कुनै अनैतिक तथा अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरिक्षक गम्भिरजंग थापाले जानकारी दिनुभयो ।

Image may contain: 1 person, standing, crowd and outdoor
Image may contain: 9 people, including Tulsi Ram Bhusal, Rudra Shrestha, Prakash Bhusal, Pralhad Neupane, Paudel Krishna and Shyam Ghimire, people smiling, people standing and outdoor

निकै चर्चामा अर्घाखाचीका लोक गायक प्रकाश परियार ।।

सुमन अर्याल : असोज १२, २०७५ शुक्रवार:

 सन्धिखर्क नगरपालिका वाड न ०९ अर्घा अर्घाखाँचीमा २०४६ साल मङ्सिर १२ गते सुक्रबार माता(पिता कमला परियार र अमर बहादुर परियारको कोखबाट जन्मनु भयका लोक गायक प्रकाश परियार धेरै लामो संघर्स पछी निकै चर्चामा आउनु भयको छ । सानै उमेरदेखि गीत संगीतको क्षेत्रमा रुची , मिठो बोलि र नरम स्वभाब भयका प्रकाश परियार पछिल्लो दुई वर्ष देखि निकै चर्चा कमाउन सफल हुनुभयको हो ।

उहाका लोक गीतका दर्जनौ एल्बम बजारमा आईसकेका छन् । पहिलो एल्बम पिरतीमा पर्यो ओझेल बाट गीत संगीतमा पर्बेश गर्नु भयका प्रकाश परियारले क्रमशस् “भमरा झुल्नदेउ ,तिमीले अन्तै सम्बन्ध जोड्यौ भने सानु ,चिता माथि हुदा , अर्घा दरबार , आखा भरि आसु भो , माइती घरको माया , ईख अनी अहिले दशैँका गीतहरु रातो टिका जमरा र परदेशी “ लगायत अन्य गीतहरु बजारमा आई सकेका छन् ।

गुरुहरु बिमल परियार र क्षेत्र बि.क. मार्फत सिक्नु भयका प्रकाश परियारलाई बुद्धि गोर्खाली र प्रकाश क्षेत्रिले विभिन्न कामहरुमा साथ् दिदै आउनु भयको गायक प्रकाश परियारको भनाई रहेको छ । संगीत पारखी परियारले जनताको माया र ममताले अहिले सफलताको सिखर चुमेको बताउदै आउदा दिनमा स्रोताहरुलाइ छुट्टै किसिमका मनोरंजन दिलाउने र मन जित्ने खालका गीतहरु बजारमा ल्याउने बताउनु हुन्छ ।

अहिले पछिल्लो समयमा गीत संगीतमा नै निकै ब्यस्त हुनुभयका प्रकाश परियार आउदा दिनहरुमा सफलता चुम्दै जानुहोला धेरै धेरै सुभकामना ।।।

कस्तो अचम्म ! एकै परिवारका ३ दाजुबहिनी लोक गायन र मोडलिङमा जम्दै

पहिल्लो समय नेपाल गीत संङ्गीतको बजारमा निकै आशा लाग्दा भएका छन् गायक विशाल रायमाझि र गायिका सर्मिला रायमाझी । त्यस्तै नव मोडलको रुपमा चम्किदै छिन् उनकी बहिनी एलिना रायमाझी। कलाकारिता क्षेत्रमा एकै घरका तिन व्यक्ति यसरी होमिएका छन् की उनीहरु यसै क्षेत्रमा लागेर केहि योगदान दिने सोचमा छन् ।

अर्घाखाचीबाट माध्यामिक तहको अध्ययन सकाएर मोडल एलिना रायमाझी अभिनय गर्ने सोचका साथ काठमाडौँ बसाई सरेकी थिइन्। उनीसँगै उनको दिदि र दाई पनि कलाकार बन्छु भनेर नै काठमाडौँ छिरेका थिए। आकर्षक जिउडाल नृत्यमा अब्बल एलिना आईटम डान्स मार्फत कलाकारीता क्षेत्रमा डेब्यू गरेकि हुन । स्थानिय स्तरमा निर्माण भएका करिब १ दर्जन म्यूजिक भिडियोमा अभिनय गरी सकेकी छिन एलिनाले । सानै देखि नृत्य गर्न मनपराउने उनको आफनै चाहनाले आज एलिनालाई नेपाली सांगेतिक क्षेत्रको नशा चढाएको मात्र छैन, दिन रात नभनि संघर्ष गर्न बाध्य पनि बनाएको छ । अर्घाखाँचीमा आयोजना भएको आकार नृत्य प्रतियोगीताको महिला तर्फ प्रथम स्थान प्राप्त गरे देखि संर्घषको यात्रा सूरु भएको उनि बताउछिन । मलाई मेरी जेठी दिदि र आमाको ठुलो सहयोग छ यो क्षेत्रमा उनले भनिन् ।

तिज नजिकीदै जादा उनले आफनैदिदिको गीत नक्कले भिनाजुबाट पनि राम्रै भ्यूअर पाएकि थिइन् । यो गीत सार्वजनिक भएको २ घण्टामा करिब ७५ हजारले हेरेका थिए ।

सूरुवाति दिनमा आईटम गीत गरेकि एलिनाले आफुलाई त्यो ईच्छाले भन्दा पनि समयले गराएको बताउछिन । छिटो विश्वास गर्ने , छिटो रिसाउने ,कसैको भावनामा चोट नपुगोस चाहने र काममा लगनशिल छिन उनि । आफना् जिन्दगीका सबै भन्दा बढि समय आमाबुवालाई दिएर अधिकत्म सुख सुविधा दिने एलिनाको सपना छ ।

Source: पिएनपिखबर