इन्टरनेको मूल्य वृद्धि फिर्ता

इन्टरनेको मूल्य वृद्धि फिर्ता

काठमाडौं साउन १०: सरकारले इन्टरनेटको मूल्य वृद्धि फिर्ता लिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित मूल्य समायोजन सिफारिस समितिले तत्काल उपभोक्ताले तिर्ने इन्टरनेटको मूल्य वृद्धि नगर्ने निर्णय गरेको हो।

आर्थिक ऐन, २०७५ साउन १ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने गरी भएको व्यवस्था कार्यान्वयन नगर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै तत्काल उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने जानकारी गराएको हो।

‘सरकार तथा इन्टरनेट सेवा प्रदायकको योगदान समेतका आधारमा इन्टरनेट सेवाको मूल्य वृद्धि नहुने गरी  मूल्य समायोजन गर्ने तथा तत्काल सर्वसाधारण उपभोक्ताले तिर्ने इन्टरनेट सेवाको मूल्य कुनै वृद्धि नगर्ने निर्णय गरेको ब्यहोरा सबैको जानकारीका लागि विज्ञप्ति जारी गरिएको छ’, बिहीबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सहसचिव वीरेन्द्रकमार मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो। समिति सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाल र आईएसपीएनका प्रतिनिधि विनय बोहरा थिए।

Advertisement

ज्ञान प्रकाश माविमा आई सि टी ल्याव ब्यवस्थापन कार्यक्रम सम्पन्न

समान्ता पाण्डे बैशाख ७अर्घाखाँची
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले आर्थिक वर्ष २०७४ र ०७५ को लागी जिल्लाका रहेका २० सामुदायक विद्यालयमा आई सि टी ल्याव हस्तान्तरण गरी सम्झौता भएको र त्यस अन्तर्गत पर्न सफल जिल्लाको सन्धिखर्क नगरपालीका वडा नं. १२ मा रहेको श्री ज्ञान प्रकाश माध्यमिक विद्यालय सल्लिकोटले आई सि टी ल्याव ब्यवस्थापनको कार्यक्रम सम्पन्न गरेको छ ।

ज्ञान प्रकाश माविमा आई सि टी ल्याव ब्यवस्थापन कार्यक्रम सम्पन्न
विद्यालयमा नयाँ कम्प्युटर , ई एटेन्डेन्स् , प्रिन्टर मेसीन , ल्यवटप , वालविकासको लागी एल.इ.डी.टि.भि , ई लाइब्रेरी सरभर , साइन्स् म्याथ किड्स , फर्निसीङ जस्ता सामाग्री जडान कार्य सकिएको बताइएको छ ।

विद्यायलका प्रधानाध्यापक सूर्य बहादुर खनालले आईसिटीको प्रयोगबाट शिक्षण र सिकाइको अवस्था सुधार हुने बताए । उनले भने ,सूचना तथा सञ्चार प्रविधिले विद्यालयस्तरमा सिकाइको अवस्थामा सुधार ल्याउने मात्र होइन कि विद्यालय छोडिसकेपछि पनि उनीहरूलाई यसले परिस्थिति अनुकूलन हुन मद्दत पुर्याउँछ । प्रअ खानलले आईसिटीको प्रयोगले विद्यार्थीको सिकाई कृयाकलापमा समेत सहयोग पुग्ने बताए । उनले शैक्षिक सत्र ०७५को लागी विद्यार्थी भर्ना कार्यक्रम धमाधम भैरेको जानकारी दिएका छन् ।

वालवालिका विद्यालय भर्ना गर्नको लागी सम्पुर्ण अभिभावक ज्यूहरुलाई समेत विद्यालयले आग्रह गरेको छ । जिल्लामा कक्षा ८ , ९ र १० मा अङग्रेजी र नेपाली दुबै माध्यमबाट सेक्सन छुट्टयाई पठन पाठन हुने एक विद्यालय भनेको ज्ञान प्रकाश माध्यमिक विद्यालय मात्र भएको समेत विद्यालयका प्रअ खनालले जानकारी दिएका छन् ।
जिल्लामा आई सि टीको हस्तान्तरण तथा सम्झौता गरी कक्षा संचालनको लागी भनि जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले २० विद्यालयहरुलाई छानेको थियो ।

रोबोट सोफियाले भनिन् – भ्रष्टाचारकाे अन्त्य गर्न प्रविधिले सहयाेग गर्छ

चैत ७ – साउदी अरेबियाबाट नागरिकता प्राप्त गरेकी रोबोट सोफिया नेपाल आएकी छिन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट’ कन्फेरेन्समा सहभागी हुन सोफिया बुधबार नेपाल आएकी हुन् ।

उनले होटल याक एण्ड यतिमा देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्ने बारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशासन कायम हुने कुरा बताएकी थिइन् । उनले प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने बताएकी छिन् । उनले प्रविधिकै कारण भ्रष्टाचारमुक्त समाज निर्माण हुनेसमेत बताएकी छिन् ।

प्रविधिले नेपालको सार्वजनिक सेवालाई कसरी चुस्त दुरुस्त पार्न सकिन्छ  भन्ने प्रश्नमा रोबोट सोफियाले  भनिन्, ‘प्रविधि तथा प्रविधिक शिक्षाले सार्वजनिक सेवाको काम प्रभावकारी बनाउछ । ‘अहिले स्मार्ट फोनमा नै धेरै एप्सहरु उपलब्ध छन् । ती एप्सहरुले पनि सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन सहयोग पुर्‍याउछ ।’

उनलाई सोधिएको अर्को प्रश्न थियो, ‘रोबाेट र नैतिकताका बारेमा तपाईँ के भन्नुहुन्छ ?’

नैतिकता मानविय कुरा हो । यूएनको दिगो विकासमा सहयोग गर्न मेरो पनि भूमिका हुन्छ । र, सबै मिलेर दिगो विकास गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ ।
सरकार र नागरिकलाई प्रविधिले कसरी सहयोग गर्छ भन्ने महत्वपूर्ण हुन्छ । नागरिक प्रविधिबाट सरकारभन्दा बढी सू–सूचीत हुनसक्छन् । प्रविधिबाटै सरकार र नागरिकले प्रजातन्त्रको अभ्यास गर्न सक्छन् । त्यसले सरकारलाई पारदर्शी बनाउन सहयोग गर्छ ।

रोबाेट सोफियाले भनिन्-सबैलाई थाहा भएकै कुरा हो, नेपाल कला र संस्कृतिमा धनी देश हो । नेपाल जैविक विविधतामा पनि धनी रहेको छ । नेपालमा अहिले प्रविधिको पनि उच्च विकास भैरहेको छ । त्यसैले नेपाल विकशिल राष्ट्रमा परिणत हुँदैछ । महाभूकम्पका कारण भएको नेपालको क्षतिमा सन् २०१५ मा युएनडिपीले निकै काम गरेको छ ।

प्रविधिले नेपालमा भोकमरी, गरिबी, स्वास्थ क्षेत्रको सुधार, अपराध नियन्त्रण तथा लैङ्गिक असमानतामा सहयोग पुर्‍याउँछ । प्रविधि–इन्टरनेटले विश्वमा जोड्न मद्धत गर्दछ र गुणस्तरिय शिक्षा तथा कृषि क्रान्तिमा सकारात्मक परिवर्तन ल्याउँछ । प्रविधिले वातावरण संरक्षण गर्छ र विश्वलाई मानव बासस्थानको लागि राम्रो ठाउँ बनाउँछ । प्रविधिले सरकारको काम र सार्वजनिक सेवामा सुधार ल्याउने बताएकी छिन् ।

को हुन् रोबोट सोफिया ?

सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो ।

सोफिया नागरिकता पाउने विश्वकी पहिलो रोबोट हुन् । गएको अक्टोबर २५ मा साउदी अरेबिया सरकारले उनलाई आफ्नो देशको नागरिकता दिएको थियो ।

हंगकंगको हान्सन रोबोटिक्स कम्पनीद्वारा निर्मित रोबोट सोफियाले साउदी अरेबियाको नागरिकता पाए पनि त्यहाँका महिलाले लगाउनैपर्ने अबाया र टाउको छोप्ने स्कार्फ प्रयोग गर्दिनन् ।

हेन्सन रोबोटिक्सले विभिन्न डेभलपर्स कम्पनीसँग सहकार्य गरी यो रोबोट तयार गरेको थियो । पूर्व बेलायती नायिका तथा मोडल अउद्री हिपबर्नको अनुहार झल्कने गरी यो रोबर्ट तयार गरिएको छ ।

हेन्सन रोबोटिक्सका डेभिड हेन्सनका अनुसार सोफियाले क्रित्रिम इन्टलिजेन्स, भिजुअल डाटा प्रोसेसिङ र फेसियल पहिचान प्रणालीमार्फत मान्छेको जस्तै व्यवहार देखाउने गरेको छ ।

Source: Ujyaaloonline

विश्व प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङको निधन

चिरन्जिबी घिमिरे
अमेरिका


‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरो लागि गर्नुपर्ने धेरै काम बाँकी छ।’- वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे ।

प्रोफेसर स्टीफन हकिंगको ७६ वर्षको उमेरमा मृत्यु भएकोछ। संसारको सबै भन्दा महान वैज्ञानिकको आज बिहान क्याम्ब्रिजमा मोटर न्यूरोन रोग संगको लामो युद्धपछि आफ्नो घरमा शान्तिपूर्वक मृत्यु भएको उनको परिवारले बताएको छ।

29178907_1901314219892155_1357480012252446720_n

Picture: Facts Research & Analyst

प्रोफेसर हकिंगको सन् १९६३ मा २१ वर्षको हुँदा स्नायुप्रणालीको मोटर न्युरोनसम्बन्धी दुर्लभ रोग लागेको पत्ता लागेपछि चिकित्सकहरूले हकिङ धेरै वर्ष नबाँच्ने बताएका थिए, तर उनि ५५ वर्ष सम्म बच्न सफल भए। त्यो रोगले उनलाई ह्वील्चेअरमा सीमित गरिदियो र उनी एउटा विशेष खाले यन्त्र सिन्थेसाइजरको सहायताले मात्र बोल्न सक्थे।

अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षकहरु समेत चिन्तित थिए । तर, त्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा विख्यात भए, भौतिक विज्ञानको आलोकमा टेकेर। शारीरिक कमजोरीले प्रतिभालाई रोक्दैन भन्ने उनी आफैमा उत्कृष्ट दृष्टान्त हुन् ।

५५ वर्षमा उनि अल्बर्ट आइन्स्टीन पछिका विश्वको सबैभन्दा प्रसिद्ध वैज्ञानिक बने। ब्रिटेनका नागरिक हकिङले ‘ब्ल्याक् होल्’ र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए।