आईतवार सन्धिखर्कबाट ६ जनाले कोरोना संक्रमणलाई जिते, अब ४८ जना आईसोलेशनमा


श्याम घिमिरे
पौष २६ अर्घाखाँची- अर्घाखाँचीमा ६ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । आईतवार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट ६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कुल ७६८ संक्रमितमध्ये हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७०७ पुगेको छ ।

अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा १२ जना, शितगंगा नगरपालीकामा १ जना,भुमिकास्थान नगरपालीकामा २ जना,मालारानी गाउँपालीकामा ६ जना,पाणिनी गाउँपालीकामा १२ जना र छत्रदेब गाउँपालीकामा १५ जना गरी जम्मा ४८ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १३ जनाको भने ज्यान गईसकेको छ ।

हालसम्म कुन पालीकामा कति संक्रमित बिबरण सहित हेर्नुहोस ।

हालसम्म संक्रमितको संख्या (७६८ जना)
सन्धिखर्क नगरपालीकामा ३६९ जना
भुमिकास्थान नगरपालीकामा १३२ जना
शितगंगा नगरपालीकामा १०६ जना
मालारानी गाउँपालीकामा ८५ जना
छत्रदेब गाउँपालीकामा ४९ जना
पाणिनी गाउँपालीकामा ३३ जना

हालसम्म डिस्चार्ज हुनेको संख्या (७०७ जना)
सन्धिखर्क नगरपालीकाबाट ३४६ जना
भुमिकास्थान नगरपालीकाबाट १२७ जना
शितगंगा नगरपालीकाबाट १०३ जना
मालारानी गाउँपालीकाबाट ७८ जना
छत्रदेब गाउँपालीकाबाट ३४ जना
पाणिनी गाउँपालीकाबाट १९ जना

हालसम्म मृत्यु हुनेको संख्या (१३ जना)

सन्धिखर्क नगरपालीकामा ५ जना
भुमिकास्थान नगरपालीकामा ३ जना
शितगंगा नगरपालीकामा २ जना (१ जना आत्म हत्या सहित)
मालारानी गाउँपालीकामा १ जना
छत्रदेब गाउँपालीकामा ––––
पाणिनी गाउँपालीकामा २ जना

हाल उपचाररत (४८जना)
सन्धिखर्क नगरपालीकामा १२ जना
भुमिकास्थान नगरपालीकामा २ जना
शितगंगा नगरपालीकामा १ जना
मालारानी गाउँपालीकामा ६ जना
छत्रदेब गाउँपालीकामा १५ जना
पाणिनी गाउँपालीकामा १२ जना

Advertisement

पत्रकारिता क्षेत्रलाई धरासायी हुन दिदैनौ –अध्यक्ष आचार्य


श्याम घिमिरे,
पौष ६ अर्घाखाँची –
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले कोभिड १९ का कारण देशको अर्थतन्त्रमा ठुलो प्रभाव परेको भन्दै त्यसको प्रत्यक्ष असर मिडिया क्षेत्रमा पनी परेको बताउनु भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघको संयोजनमा सोमबार सन्धिखर्कमा आयोजित पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष आचार्यले यस्तो बताउनुभएको हो ।

आचार्यले कोभिडका कारण पत्रकारिता क्षेत्र आर्थिक संकटबाट गुज्रिएको भएपनी धरासायी हुन नदिने भन्दै अल्पकालीन र दृघकालीन योजना बनाई मिडिया सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले महासंघ पत्रकारहरुको साझा संस्था भएकाले पत्रकारको हकहित र अधिकारकालागी निरन्तररुपमा लडिरहने बताउनुभयो ।


यस्तै आचार्यले समानुपातिक विज्ञापन ऐन लागु गर्ने बिषयमा उठेको मुद्दा अब छिट्टै कार्यान्वयनमा आउने विश्वास पनि व्यक्त गर्नुभयो । सरकारले विज्ञापन बोर्ड बनाइसकेको र अब छिट्टै सबै मिडियालाई समानुपातिक ढङ्गले वितरण गर्ने भएकाले त्यो कार्यान्वयनमा आएपछि सबै सञ्चार गृहलाई सहयोग पुग्ने बिस्वास समेत व्यक्त गर्नुभयो । आचार्यले महासंघकै पहलमा कोभिडको बेलामा सञ्चारगृहले निष्काशन गरेका पत्रकारको पक्षमा लडेर केहीहदसम्म न्याय दिलाएको पनि स्मरण गराउनुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र भुसालले सबै पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । भुसालले प्रेस काउन्सिलले पनी कोरोनाले प्रभाव पारेको मिडिया क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो ।


नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष गणेश खनालको अध्यक्षता र सहसचिव अनिल नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेल, रामबाँण गुल्मका गुल्मपति अशोक क्षेत्री,प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष कुशल भुसाल लागायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

संसद विघटनको बिरोधमा सन्धिखर्कमा राजमोको बिरोध पर्दशन


श्याम घिमिरे,
पौष ६ अर्घाखाँची-
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार संसद विघटन गरेसंगै राष्ट्रिय जनमोर्चाले देशव्यापि रुपमा विरोध प्रदर्शन शुरु गरेको छ । सोही अनुसार राजमोले सोमबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा जुलुस सहित बिरोध पर्दशन गरेको छ । राजमोले चुत्राबेसीको भक्तिटोल चोक र शान्तिबगैचा चोकमा कोण सभा सम्पन्न गरेको हो ।

समामा मनतब्य राख्ने बक्ताहरुले करिब दुईतिहाइ बहुमतप्राप्त सत्ताधारी दलभित्रको चरम गुटबन्दी, अन्तरविरोध र आपसी झगडालाई समाधान गर्न नसकेर जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको संस्था प्रतिनिधि सभालाई विघटन गर्ने कार्य असंवैधानिक र अप्रजातान्त्रिक कदम भएको बताए । उनिहरुले यस प्रकारको गलत कार्यले मुलुक गम्भीर प्रकारको अस्थिरता र अराजकतातिर धकेलिने भन्दै यसको फाइदा प्रतिगामी शक्तिहरूले उठाउने भएकोले मुलुकमा विभिन्न साम्राज्यवादी शक्ति हावी हुनसक्ने कुरामा जोड समेत दिए ।

सभालाई नेकपा (मसाल) का जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो जिल्ला अध्यक्ष थम्मन केसी, जिल्ला सचिव बाबुराम पन्थी सुनार, राजमो सन्धिखर्क नगर समिति अध्यक्ष कमल प्रसाद घिमिरे,जिबनारायण खनाल लगायतले मनतब्य राखेका थिए ।

ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको छ – काँग्रेस नेतृ भुसाल

सन्धिखर्क एफएम मंसीर २६ अर्घाखाँची – नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान केपी ओली सरकारले जनतालाई झुटा आश्वासन बाँडेर भ्रम छरेको बताउनु भएको छ । जनता कोरोनाको महामारीमा रहेको बेला सरकार सत्ताको जित हारको खेलमा रहेको उहाँको आरोप रहेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका– ५ बाँगी भडारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले केपी ओलीनै भ्रष्टचारको काण्डैकाण्डमा चुर्लुम्म डुबेका पार्टीका मन्त्री र नेतालाई संरक्षण गर्न लागेको आरोप लगाउदै ओलीले नै भ्रष्टचारको संरक्षकको रुपमा भूमिका खेलेको बताउनु भयो ।

दुई तिहाइको जनमतलाई कम्युनिष्टले कदर गर्दै देश र जनताको पक्षमा विकास गर्न छाडेर आफुभित्रैबाट कुर्सी तानतान गर्दै सत्ताको मोहमा डुबेको भन्दै भुसालले भ्रष्टचारको आहलमा चुर्लुम्म डुबेको सरकारबाटै लोकतन्त्र मासिने खतरा भएको समेत बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रका शीर्ष नेता नै सत्ताको कुर्सीमा लिप्त भएर प्रधानमन्त्री केपी ओली कुर्ची जोगाउन र पुष्पकमल दाहाल तथा माधव कुमार नेपाल समुह ओलीलाई हटाउने खेलमा लागेकोले उनीहरुबाट देश विकासको आशा नरहेको उहाँको भनाई रहेको छ ।

कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेस अर्घाखाँचीका पार्टी सभापति विष्णु मुस्कानले विभिन्न पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिइने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस पूर्वसभापति एवं सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, नेपाली काँग्रेस संसदीयदल लुम्बिनि प्रदेश सचेतक निर्मला क्षेत्री, काँग्रेस उपसभापति शान्ता भण्डारी, क्षेत्रीय सभापति अच्युत गौतम, महाधिवेशन प्रतिनिधि केशव श्रेष्ठ, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष लोकेन्द्र विश्वकर्मा, जिल्ला सदस्य हेमन्त बेल्वासे, सिता भुसाल, विष्णु क्षेत्री, नेत्रप्रसाद भट्टराई, मालारानी गाउँपालिका सभापति शोभाखर खनाल, तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष भरतमणि भटराई लगायतका जिल्ला स्तरीय नेताले सम्बोधन गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपा र राष्ट्रिय जनमोर्चाबाट झण्डै डेढजर्दन काँग्रेसमा प्रवेश गरेको प्रचार विभाग प्रमुख माधव पौडेलले बताउनुभयो । कार्यक्रम बाँगीका सभापति मणिराम खनालको अध्यक्षता, विष्णु क्षेत्रीको स्वागत मनतब्य र सचिव नारायणप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

१६ बर्षपछी लालपर्जा पाँउदा स्थानिय हर्षीत

श्याम घिमिरे, मंसीर २६ अर्घाखाँची -छत्रदेब गाउँपालीका वडा नं. २ र ४ का स्थानीय बासिन्दाहरुले १६ वर्षपछि हातमा जग्गाधनि प्रमाण पुर्जा प्राप्त गरेका छन् । विशेष नापि कार्यालय अर्घाखाँचीले डिजिटल प्रविधीबाट तयार गरेको नक्सा सुक्रबार एक कार्यक्रमको आयोजनागरी वितरण सुरु गरेको हो । सशस्त्र द्धन्द्धको समयमा २०६१ सालमा सदरमुकाम सन्धिखर्कमा आक्रमण हुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्लानै नक्सा विहीन बनेको थियो । देश शान्ति प्रकृयामा गईसकेपछि विशेष नापी कार्यालयको टोलीले पुनः नापी गरी जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न सुरु गरेको बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिमबहादुर रानाले बताउनु भयो ।

पुर्जा बितरण कार्यक्रममा मनतब्य राख्दै नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं संघिय सांसद टोपबहादुर रायमाझीले कृषि र पर्यटन क्षेत्रको बिकासकालागी लालपुर्जाको उपयोग गर्नुपर्ने भन्दै समृद्ध र सुखी अर्घाखाँची बनाउने अभियान शुरु भईसकेकोले बिकास निर्माणले जिल्लामा तिब्र गति लिएको बताउनु भयो । रायमाझीले डिजिटल माध्यमबाट नापनक्सा गरेका जग्गाधनी प्रमाणपत्रले बैंकमा धितो राख्न सहज हुने बताउनु भयो । उहाँले जिल्लाका अन्य ठाउँमा पनि क्रमश जग्गाधनि प्रमाणपत्र वितरण गर्ने बताउनुभयो ।


प्रतिनिधि सभासदस्य पुष्पा भुसालले डिजिटल प्रविधिबाट जग्गा नाँपजाच गर्ने कार्यलाई तीव्र गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो । भुसालले जिल्लामा हुने हरेक विकास निर्माणमा काममा पक्षविपक्ष बनेर विदाद गर्न नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख, कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली, पत्रकार महासंघ लुम्बिनि प्रदेश सदस्य अशोक खनाल,प्रेमनारायण आचार्य,नबिन केसी लगायतले मन्तव्य राख्दै कोरोना महामारीको समयमा पनि फिल्डमा कर्मचारी खटाएर जनताको काम गरेको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो । बक्ताहरुले जिल्लामा नक्सा नहुदाँ स्थानीयले ठुलो सास्ती खेप्नु परेकोले यो अभियानबाट ठुलो राहत मिलेको समेत बताउनु भएको हो ।

छत्रदेव गाउँपालिकाको वार्ड नंं २ बल्कोटमा ६ सय ५० घरधुरी र वडा नम्वर ४ केरुङ्गाका एक हजार एक सय ८६ जग्गा धनी दर्ता प्रमाणपुर्जा बितरण गर्न सुरु गरेको बिशेष नापी कार्यलय अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताउनु भयो । कार्यक्रम विशेष नापी कार्यालय अर्घाखाँची प्रमुख खिम बहादुर रानाको अध्यक्षता र माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको हो । १६ बर्षपछी पुर्जा प्राप्त गरेपछी स्थानियहरु हर्षीत समेत भएका छन ।