
श्याम घिमिरे
पुस ३,अर्घाखाँची –
दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता कमल श्रेष्ठलाई गृह जिल्ला अर्घाखाँचीमा भब्य सम्मान गरिएको छ । सन्धिखर्क नगरपालिका –१२, डिभर्नाका श्रेष्ठलाई पञ्चेबाजा सहीत सन्धिखर्क र चुत्राबेसी बजार परिक्रमा गराईको हो ।

तेक्वान्दोको पुम्से एकल (२४–२९ वर्ष) तर्फ स्वर्ण र तेक्वान्दाकै समूहगत विधामा कास्य पदक विजेता श्रेष्ठलाई उद्योग वाणिज्य संघ अर्घाखाँची, सन्धिखर्कका स्थानीय बासिन्दा र नेवार समुदायले फूलमाला, अबिर, मायाको चिनो र सम्मानपत्र प्रदान गरेका थिए । सम्मान कार्यक्रममा श्रेष्ठले गृह जिल्लामा पाएको सम्मानले आत्मबल बढेको भन्दै आगामी दिनलाई खेलप्रतिको हौसला बढेको प्रतिक्रिया दिए ।

अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, उपाध्यक्ष नेत्रप्रसाद भुसाल, महासचिव प्रदिप मिश्र लगायतले जिल्लाको गरिमा बढाएको भन्दै श्रेष्ठलाई सम्मान पत्र, खादा र फूलमाला लगाइदिएका थिए ।

श्रेष्ठलाई सन्धिखर्क नगरपालीका,अर्घाखाँची चेम्बर अफ कर्मश, राष्ट्रिय तेक्वान्दो संघ अर्घाखाँची, जिल्ला ब्याडािन्टन संघ अर्घाखाँची,सन्धिखर्क नगरपालीका १२ वडाकार्यालय ,खेलकुद बिकास समिति,होटल तथा रेष्टुरेन्ट व्यवसायी समिति लगायतका संस्थाहरुले समेत सम्मान गरेका हुन ।



