सीपीएल : सन्दीप आबद्ध जमैका पराजित

भदौ १७, २०७७ काठमाडाैं: क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज ट्रिनबागो नाइट राइडर्ससँग पराजित भएको छ। गएराति भएको खेलमा जमैका १९ रनले पराजित भएको हो।  सन्दीपले १ विकेट लिएर २० रन दिएका थिए। टस हारेर ब्याटिङ गरेको ट्रिनबागोले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।  उसका लागि कोलिन मुन्द्रोले सर्वाधिक ६५ रन बनाउँदा क्नयारेन पोलार्डले अभिजित ३३ रन, सुनिल नारेनले २९, लेन्डिल सिमोन्सले २५ र टिम सेइफर्डले १८ रन जोडे।

जमैकाका लागि कार्लोस ब्राथवेटले २ विकेट लिँदा सन्दीप र फिडेल एडवार्डसले १–१ विकेट लिए। सन्दीपले सिमोन्सको विकेट लिएका थिए। उनले ४ ओभर बलिङ गर्दै २० रन दिए। जवाफी ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा मात्र बनाउन सक्यो। जसका लागि आन्द्रे रशेलले अविजित अर्धशतक बनाए भने ग्लेन फिलिप्सले ४१ रन, बोनरले २६ रन तथा ब्राथवेटले अभिजित २१ रन जोडे। पराजयसँगै ७ खेलमा ३ जित र ४ हार ब्यहोरेको जमैका ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

सन्दीप लामिछाने अहिलेसम्मकै कीर्तिमानी रकममा जमैका तलावाजबाट खेल्ने ,एक करोड ३० लाख बढी मूल्यमा अनुबन्धित

 असार २३ -क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ ।कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । उनले ड्राफ्टमा ९० हजार डलर मूल्य तोकेका थिए । सन्दीप पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए । अहिले तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका छन् । यो सन्दीपको अहिलेसम्मकै सर्वाधिक ठूलो  अनुबन्ध पनि हो । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सन्दीपले यसअघि सीपीएल खेलिसकेका छन् । 

राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी ढकाललाई

असार २३, काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्तबहादुर ढकालले पाउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख ढकाललाई राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको हो ।

नयाँ खेलकुद ऐन आएपछि सदस्य सचिव रमेश सिलवालसहितका पदाधिकारी स्वतः पदमुक्त भएका छन् । अब छनोट समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले राखेपको सदस्य सचिव नियुक्त गर्नेछ । ५७ वर्षीय ढकाल झण्डै एक महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा आउनुभएको थियो । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य सचिव ढकाललाई बधाइ दिनुभयो ।  

सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीद्धारा प्रहरी प्रमुखलाई स्वागत


श्याम घिमिरे
असार ७ अर्घाखाँची-
सामुदायिक ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीले जिल्लामा भर्खरैमात्र सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीलाई आईतवार संयुक्त रुपमा एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

स्वागत कार्यक्रममा मनतब्य राख्दै प्रहरी प्रमुख बुढाथोकीले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले प्रहरी नागरिकसंग प्रगाढ सम्वन्ध स्थापित गरेर काम गर्न चाहेको भन्दै सम्पूर्ण जिल्लाबासीको सहयोगमा आफुले काम गर्ने बताउनु भयो ।


प्रहरी प्रमुख बुढाथोकीलाई सामुदायिक ब्याडमिन्टन संघका का.बा अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, जिल्ला ब्याडमिन्टन संघ अर्घाखाँचीका अध्यक्ष ज्ञानेन्द्र घिमिरे, कृष्णप्रसाद भुसाल ,बिष्णु परीयार लगायतले सफल कार्यकालको शुभकामना सहीत स्वागत गर्नुभएको थियो ।।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच पार्टी एकताको घोषणा

बैशाख १०, २०७७ बिहिबार काठमाण्डौ – राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ । राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ । यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको बताउनुभयो । समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र साङ्गठनिक एकता हुने नेता यादवले बताउनुभयो ।  

दुवै पार्टीका चार/चार नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा पनि समानताका आधारमा पार्टी एकता गरिने जनाइएको छ ।