ए ! भानु म अब के माँनू ?

विष्णु घर्ती ‘भनभनेली’


नबुझ्ने, नजान्नेलाई हुँदो हो कामै नपाँको “आखाको आँनू”
अति चिन्ता पीर मात्रै बोकी हिड्ने सधै के नै पो छ र खानू
उजागर विकृतिहरुको गर्दै गर्दा लाग्छ, गयो कि कसैको गानू
दुई सय सात वर्ष पहिलेका आदिकवि ए ! भानु अब म के माँनू ?


ब्रगेल्ती रुपमा उम्रेका अनगिन्ति जिज्ञाशालाई कसरी म छाँनू ?
खास साहित्यलाई प्यारो गर्ने कुन मनु हो भनेर कसरी म जाँनू ?
लाग्छ कहिले त देख्दा उरण्ठेउलाहरुलाई दाल झाने झैं झाँनू
कुवा खनाउँने, घाँसीको अर्ति मान्ने ए ! भानु अब म के माँनू ?


सबै नै ज्यादै असल, सबै नै खराब, के यस्तै हो र ! भन्ने ठाँनू ?
योग्यलाई आँखा तर्दै, आफ्नालाई बोलाउँदै, भन्छन् नि ए ! नानू
हुन पाए पनि हुन्थ्यो राज हाँसले जस्तै मैले नि दुधलाई मात्र ताँनू
चुदी, रम्घा, तनहूँका ए ! भानु यो समाजमा अब म के माँनू ?


सिर्जना हेर्दा हेर्दै र साहित्य ओढ्दा ओढ्दै चुहिरह्यो खरको छानू
घरबारे, सामाजिक प्राणी, मन न हो, बहलाउने म कसरी धाँनू ?
रातारात आकाश छुने महललाई पीपल चौतारीमा कि म बाँनू ?
जगतकै प्रिय रामायणका रचयिता ए ! भानु अब म के माँनू ?


फुच्चे भए पनि कृति राख्ने गरौं मरेर छ र आखिर के लाँनू ?
“खैके होला” भन्ने होईन, शुरु गरौ आफैंले भएर के भो र सानू
देख्दा सम्मान सुकर्मको, भन्नु नपरोस् है कहिल्यै हिर्काएर हानू
विकृति, विसंगति विरुद्धका आदि रानू ए ! भानु अब म के मानू ?

२०७७ आषाढ २९

लेखक: मालारानी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हुनुहुन्छ ।

असारे भेल (कविता)

असारे भेल :

पिताम्बर बन्जाडे-

सफा पानी कतै बग्दैन अचेल ;

चलिरहेछ असारे दर्के झरीको भेल ।

सुरक्षित वस्तिका लागि ; हेर्नलायक पनि छ अचेल ।

निम्छरा वस्तिहरूका लागि ; कालसर्प जस्तै बग्दै छ यो भेल ।

सालवसाल आइरहन्छ असारे भेल ;

नीतिनिर्माताहरू हिउँदभरि सुतीरहन्छन्

असारका जुकाहरूसंगै जाग्छन् अचेल ।

कति वस्तिहरू उजाडिए ;

कति वस्तिहरू च्यापिए ;

कति निर्मम् ! भयो ?

असारे दर्के झरीको भेल ।

के पहाड , के खोंच , के मैदान ;

उस्तै सकस छ यो भेल ; कतै पैरो,कतै डुबान , कतै कटान् ;

सवैतिर उस्तै त्रास छ अचेल । पति पत्नीको वियोग बनाउछ यो भेल ;

आमा र सन्तानको माया चुडाउँछ यो भेल ;

उफ् ! सम्झन पनि सक्दिन म त अचेल ।

चलिरहेछ असारे दर्के झरीको भेल ।

गाउँ च्यापिएपछि , वस्ति डुवेपछि ;

आकाशमा गिध्द र वस्तिमा श्यालहरू ; रिंदैछन् अचेल ।

न बस्ने बास छ , न खाने गास छ ।

सर्प , बिच्छी ,लामखुट्टे र झिंगाको ; मात्र बिगबिगी छ अचेल ।

धमिलो पानीमा माछा मार्ने ; निशाचरहरू खेल्छन् अनेक खेल ।

चलिरहेछ असारे दर्के झरीको भेल । चलिरहेछ असारे दर्के झरीको भेल ।

अस्तु:

लेखक- बाङमय अर्घाखाँचीको अध्यक्ष एवं शिक्षा प्रेमी व्यक्तित्व हुनुहुन्छ

विष्णु घर्ती “भनभनेली” का कविता हरु

रिसाए मेरा साथी

विष्णु घर्ती ‘भनभनेली’

चौबाटोमा कुरा चाटुकर, चाखने मेरा साथी
दोबाटोमा कुरा दौतरीका, दाजने डेरा माथी
अबाटोमा कुरा अकालका, आट्ने हेर छाती
बन्बाटोमा कुरा बिराएका, बटार्ने सेर ताती

आजभोलि लाग्छ यस्तै, कोही हुन् कि दोस्ती
हुन् हिडेका गरी सुस्तै, भन्ने आफु ढिलासुस्ती
कति लाएका कस्तै, खै के? खाएका दिन राती
फरक के छ उस्तै, भए पैसा गर्ने मोज मस्ती

यस्तो चाहियो कागज भन्दा, फोनहरू यताउती
भन्छन्पैसा खोज्ने,मानौं भन्दा, नियम र नीति
लाग्छ है एकै छिन भन्दा, राख्ने जरुरीलाई थाती
फुलपाती सदाचारलाई दिदा, गोल गर्ने आत्मघाती

खोज्दै साथी जानेहरू माथी, मनाए हुन् कि जाती
कोकोहोलो मच्चाउँदै कति, बिताए हुन् सयौं राती
जान्ने सुन्ने मै हुँ सबैतिर, बताए होलान् नानाभाती
भर्ने यता छन् नि, तर्ने उता, रिसाए प्रियमेरा साथी

चुक्लीका सिंढी चढ्नेहरू


गए जमाना मिलीजुली प्रोसेसमा काम गर्ने
आए जमाना उनहिरूकै प्रेसरमा सेवा दिने
रुढीवादी पदवी पाइने पद्धतिमा कार्य गर्दा
सर्वत्र अग्रगामी ठहरिने उनकै पहुँचमा पर्दा

नेता हुने कर्मचारी, कर्मचारी बन्दै जाने नेता
सहजै हुने काम कारवाही, भन्ने यता उता
प्रक्रिया बुझ्नु छैन कुनै, मान्नै पर्ने उनकै
फलामे च्यूरा खादै, दिनै पर्ने सगुन सुनकै

ढङ्ग छैन सीप छैन, कुरा उनकै ठूला ठूला
भएको इज्जत, इमान बेच्नै पर्नै खुलम् खुला
गर्ने हुन् के के हो के के ? सुधारका खात
संकेत हो विहानीको लम्काएका लामा हात

चुनौतिहरूका चुरीफुरी कति हुन् चम्केका?
चुरो कुरो उनैका धुरीमा, कति हुन् लम्केका?
भुल्दै मूख्य कुरा चुस्कीसँगै चुपचाप साट्नेहरू
चुलिदै कहाँ पुगे?चुक्लीका ति सिंढी चढ्नेहरू

हठै हठ जोतेपछि

हो–हल्लामा हल्लिएकालाई भन्न मन ला’छ हजुर
हो मा हो गर्दै हेलिएकालाई गन्न मन ला’छ हजुर
माथीबाटै हो माझ्दै जाने विचार, बानी र संस्कार
हप्काई दप्काईको हाँक देख्दा टन्न मन भा’छ हजुर

आफै हल्लिएका भन्दा अरुले हल्लाएका पाएँ हजुर
होलीमा हौसिएर मै पनि हलचल गरेको पाएँ हजुर
सोँचेकै हो उड्ने कुसंस्कार, भइकन घु¥यान र घुर
हरेक रङ्गहरूको चोलीमा होस गुमाएको पाएँ हजुर

हटाउने र खटाउने सत्कार्य खोज्ने हुल देखेँ हजुर
हाम्रो चिन्ता हैन आफ्नै पीर गर्ने कुल हेरेँ हजुर
जान्ने सुन्ने म नै हुँ भन्दै जे पनि गर्ने, भई बेसूर
हिफाजत छैन कतै, हतारै गर्ने मूल भोगेँ हजुर

जोत्नेहरू नै हल्लिएपछि के पो लाग्ने रैछ र हजुर
हल्लाउनै नसकेपछि जस्को जे पनि चल्दो रैछ हजुर
बलिया ती हलै गोरु सुन्दर त्यो भकारोमा थन्काएर
हठैहठ जोतेपछि जस्ताको पनि मन जल्ने रैछ हजुर

(चालिस चक्र–२०७६ बाट)

“भनभनेली” उपनामको रहस्य —

भनभनेली शब्द एउटा विशेषण हो । जस्तो गुल्मीबासीलाई गुल्मेली, पाल्पाबासीलाई पाल्पाली भने झैँ । जो कोहीलाई आफ्नो जन्मस्थलको माया लाग्नु स्वभाविकै हुन्छ । पाल्पा, विश्वविद्यालय पढ्दा ताका साथीहरूसित भेटघाट र चिनापर्ची हुँदा गाउँको ठेगाना “भनभने” भनी बताउँदा साथीहरू अचम्मित हुन्थे । समयक्रममा उनीहरूले विष्णु नभनेर मलाई भनभने भनेर बोलाउँथेँ पनि । अँ , उपनाम राख्ने रहर र समय आउँदोरहेछ । यसैलाई पक्रेर मैले “भनभनेली” लेख्न शुरु गरेको हुँ । विभिन्न लेखाइ-पढाइको सन्दर्भमा आफ्नै गाउँको नामलाई अगाडि बढाउने चाहना भित्रैबाट बढ्दै आएको हुनालेपनि यसो गरिएको हो । भनभनेसँग एकदमै नजिकको, जस्तो नातामा हाडनाताको सम्बन्ध कायम छ भन्न मन लाग्छ ।

बायोडाटा :

नाउँ : विष्णु घर्ती‘भनभनेली’
जन्म गाउँ : मदाने गाउँपालिका –७, भनभने, गैराखर्क, गुल्मी
बस्ने ठाउँ : बुटवल उप म.न.पा. –१३, बेलवास, व्यासपथ, रुपन्देही
माता÷पिता : जीव कुमारी/धन बहादुर घर्ती
जन्म : सन् १९७८ फेब्रुअरी २२/ वि.सं. २०३४ फाल्गुण ११
शिक्षा : स्नातकोत्तर (त्रि.वि)
दिक्षा : निजामती कर्मचारी (शा.अ.)
सम्पर्क :९८५७०६४४४४
E–mail   :    gharti.bg@gmail.com

सिर्जनाहरू
१० ओइलाएको जिन्दगी, २०५९ (गीति कथा)
२० भनभनेलीका तरङ्गहरू, २०६५, (विविध संग्रह)
३० गुल्मी जिल्लामा घर्ती÷भुजेलहरू, २०६७ (जातीय खोज)
४० चालिस चक्र, २०७६ (गद्य कविता)

सम्मान/पुरस्कारहरू
१.(अलि मियाँ लोकवाङ्मय श्रष्टा सम्मान, २०६९
२.(खुला कविता/गजल, द्वितीय, गुल्मी, २०७०
३.(बाणगङ्गा साहित्य साधक सम्मान, २०७४
४.(दधि–स्मिृति विशेष सम्मान, २०७५

विष्णु घर्ती “भनभनेली” एक स्थापित कवि हुनुहुन्छ । गुल्मीका कवि विष्णु घर्ती, गुल्मी जिल्लाकै स्रष्टाहरू मध्येका एक अहंम् स्रष्टा हुनुहुन्छ । उहाँका आठ वटा कृति प्रकाशित छन् । कविताबाहेक गीत, निबन्ध लगायत अनुसन्धानमुलक लेखहरू लेखिरहने उहाँ एक सिद्धहस्त साहित्यकार हुनुहुन्छ । साहित्यकर्म बाहेक पेसाले उहाँ हाल अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका कार्यालयका प्रमुख प्रसाशकीय अधिकृत हुनुहुन्छ ।

समानताको यात्रा: ऋतु केसी

 जेठ २३, २०७७ शुक्रबार-

मैले बनाएको तामाको गाग्री तिम्रो मुल भान्सा मा भरिदै गर्दा
मैले बनाएको हसियाले तिम्रो मुल भान्सा को तिहुन काटदै गर्दा
मैले बनाएको साना साना बेलाहरु तिम्रो भगवानको छेउमा भरिदै गर्दा
म त यता अछूत पो भैसकेछु

मैले सिलाएको लुगाले तिम्रो नग्नता छोपिदै गर्दा
मैले काटेको ध्वजाले तिम्रो मन्दिर भित्र बानिदै गर्दा
मैले थिचेर बनाएको घन्ट ले तिम्रा देबिदेवता पुज्दै गर्दा
म त यता अछूत पो भैसकेछु

गाग्री,हसिया,बेला,लुगा,ध्वजा,अनि घण्टा
यि सबै निर्जिब बस्तुहरु,तिम्रो कथित उपल्लो जात सँग मिल्दै गर्दा
मैले बनाएका निस्प्राण चिजहरु ले तिम्रो संघार भित्र पस्न पाउदै गर्दा
म मान्छे,सम्पुर्ण रुपले तिमि जस्तै सजिब मान्छे
म त यता अछूत पो भैसकेछु

आऊ आज एउटा सर्त गरौ
मैले छोएको पानी तिमिले पिउदा
मैले पकाएको भान्सा तिमिले खादा
तिमि मेरो चुलोमा होइन
म तीम्रो चुलोमा जादा
तिम्रो रगतको रङ्ग बदलिएछ भने
भै गो म सधै अछूत नै रहुला

आऊ आज अर्को एउटा सर्त गरौ
तिम्रो र मेरो रगत सँगै काटेर हेरौ
तिम्रो रगत रातो अनि
मेरो रगत अरु कुनै रङ्ग को रहेछ भने
भै गो म सधै अछूत नै रहुला

नत्र होइन भने

जन्मेपछि झुण्डाइएका थर कै भर मा
तिमिले मलाइ सधै दमन गर्न पाउने छैनौ
मुठ्ठीभर सामन्तहरु ले आफ्ना स्वार्थ का लागी
बिभाजन गरेका गोत्रका नाउमा
तिमिले मलाई सधै दास बनाउन पाउने छैनौ
मेरो लडाईं कुनै निस्चित जात सँग होइन
मेरो निसाफ अर्को एऊटा कुनै जात ले पनी
दिलाइदिने पक्कै छैन
किनकी यहा मेरो थर,जात मात्र दबिएको छैन

मेरो लडाई त बर्षौ पुरानो सामन्ती संरचना
अनि भ्रस्ट परिपाटि सँग हो
जुन संरचना ले
मलाइ,मेरो थर लाई,मेरो जात लाई मात्र होइन
मेरो गरिबीलाई,मेरो अबस्थालाइ र मेरो सिंगो स्वाभिमान लाई दमन गरेको छ
त्यसैले
आऊ साथी आज एऊटा सङ्कल्प गरौ
यि पर्खालहरू भत्काउ
यि बन्धन हरु तोडौ
यि कुरितिहरु गोडौ
यि दासत्व उखेलौ
जहाँ बर्गीय समानताका आवाज हरु गुन्जने छन
तिम्रो र मेरो जम्मा एउटै जात हुने छ
त्यो समाज जहा मानब भन्ने एउटै मात्र परीचय हुनेछ
आऊ साथी समानता को यात्रा यही बाट आजै बाट सुरु गरौ
आऊ साथी यो यात्रा मा सँगै जाऊ।

source:supadeuralionline.com

मुटुमा तिम्रो सपना अनि, आँखामा तस्बिर

चैत १५, २०७६ शनिबार –

कविता

मुटुमा तिम्रो सपना अनि,

आँखामा तस्बिर सचेत भइ कोरोना बाट,

बचाउ तक्दिर ।।

मानव हामी मानवै हौँ कि ,

परीक्षा लिँदै छ नियम मानौँ जीवन यात्रा ,

बाँचे त छँदैछ।।