विष्णु घर्ती ‘भनभनेली’-
२०७५ साल कार्तिक महिनामा अध्यागमन कार्यालय रसुवागढीमा सरुवा भई गएपछि रसुवा र वरपरको वातावरण, रहनसहन, आदि बारेमा जानकारी लिदैँ प्रत्यक्ष रुपमा अवलोकन, भ्रमण, अध्यन र अनुभव लिने जमर्को गरियो । यसका लागि साथीभाई, समय, मौसम, समन्वय, सम्पर्क आदि स्थापित हुदैँर गर्दै गइयो । रसुवाको मुख्य चिनारी तथा राष्ट्रकै प्रमुख गन्तव्य बनेको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थल गोसाईकुण्ड हो । यहाँ पुग्ने उत्कट इच्छा शुरुदेखि नै भएको थियो । प्रत्येक वर्ष जनैपुर्णिमाको दिन सार्वजनिक विदा हुने वर्षहरू यहाँको मेलाको प्रत्यक्ष प्रसारण टि.भी.हरूमा हुँदा नरोकेरै हर्ने गरिन्थ्यो र साेंचिन्थ्यो– ‘ओहो ! यस्तो स्थानमा कहिले र कसरी पुगिएला कि नपुगिएला ? वणमा लागेको जनैपूर्णिमा मेला १० दिनसम्म लाग्ने सूचना सर्वत्र फैलिएको थियो । यस यात्रामा अर्घाखाँची घर भएका बरिष्ठ अध्यागमन सहायक (ना.सु) गणेश भण्डारी र नुवाकोट घर भएका घट्टेखोलामा होटेल व्यवसाय गर्ने केदार न्यौपानेबिच जनैपुर्णिमाको पूर्वसन्ध्यामा नै गइपुग्ने सहमति बन्यो ।
रसुवागढीदेखिको रफ्तार
२७ गते विहान ७ पनि बजेको थिएन । कालो चिया पिएर कोठाबाट दुबै जना निस्कियौ र नजिकैको होटेल न्यौपानेकहाँ पुगियो । त्यहाँ फेरी चिया थप्ने काम भयो । घट्टेखोलाबाट एउटा कन्टेनरमा चढ्ने तयारी गर्दागर्दै बस पनि आइपुगेको देखियो र बसमा १ किलोमिटर अगाडि यहाँको मुख्य बजार अर्थात वडाको केन्द्र रहेको स्थान टिमुरेमा पुगियो । ४५ मिनटभन्दा बढी समय गाडी त्यहाँ रोकियो । १०० मिटर गुडेपछि प्रहरी चेकपोष्टमा धेरैबेर रोकिनु पर्र्यो । यस बेलामा अन्य गाडीलाई साइड दिने पर्याप्त ठाउँ थिएन । एक त अग्लो पहाड खोँचको साँघुरो बाटो, त्यसमा २ कि.मि.परसम्म एक साइडमा कन्टेनरहरूको पार्किङ्, अर्कोतर्फ वर्षातको लेदोसहितको पहिरो र हिजोदेखि रोकिएका कैलाश मानसरोबर जाने तिर्थ पर्यटकहरूका १०।१२ वटा लामा बसहरू क्रमशः हामीतर्फै आउँदै गरेको हुनाले करिब १.५ घण्टा त्यहाँ कुर्नुपर्ने बाध्यता आयो । कुर्नुको विकल्प केही पनि थिएन । टिमुरेदेखि स्याफ्रुबेशीसम्मको अधिकांश ठाउँमा पहिरो गएको थियो । केही मात्रामा डोजरले पञ्छाएर बनाएको पहिरो मात्र नभएर लेदो माटो समेत बगिरहेको तथा प्राय बाटोहरू रोपाईं गर्न तयार पारेको खेतको गरासरह थिए । भार्खुसम्म त्यसै बसमा गइयो । भार्खु पनि सानो भार्खु, ठूलो भार्खु वा भार्खुको विचमा कहाँ झरेर उकालो लाग्ने भन्ने हामीलाई थाहा नै थिएन । गाडी स्टाफले बताइदिए अनुसार ठूलो भार्खुको पल्लो छेउमा झरियो । धेरै वर्षपश्चात मेरो लागि लामो दुरीको पैदल यात्रा हँुदै थियो । अबको यात्रा जङ्गलकोर पैदल हुने वाला थियो । त्यतिबेला ०९ः१५ बजेको थियो । विहान चिया मात्रै पिएर निस्केका थियौँ । त्यसैले खाना खाने कुरामा सहमत भए पनि कुनै होटल वा घर नभएकोले यत्तिकै उकालो लागियो । सबैले आ–आफ्नै घरमा अब हामी पैदल यात्रामा लाग्यौ, अब मोवाइलले काम नगर्न सक्छ भन्ने खबर दिइयो ।
भार्खुदेखिको पैदल भ्रमण
४।५ सय मिटर हिडेपछि उकालो शुरु भयो । बस्तीहरू बिस्तारै छाडिदै गएका थिए । विभिन्न खालका रुख पातहरूले हामीलाई स्वागत गरिरहेका थिए । चराका चिरबिरहरूले मधुर सङ्गिगत दिइरहेका थिए । पारिपट्टि छङ्छङ् गर्ने अग्ला अग्ला छाँगा, छहराहरूको पुछारमा गडगडाई रहेको भोटेकोशी र त्रिशुलीकोआवाज पनि मिसिइरहेकोथियो । विभिन्न किसिमका झाँडी हुनाले हिड्दा शरीरमा सिधा घाम परको थिएन तर जति उकालो चढ्दै गयो उति शरीरमा तापक्रम बढिरहेको थियो । पसिनाका थोपा निस्किरहेका थिए । कुर्चीहरूमा बसेको, गाडीमा यात्रा गरिरहेको र ताजा खानाहरू नखाएको जिउ विस्तारै गल्दै गहिरहेको थियो । सानोमा वा आफ्नो जन्म गाउँघरमा धेरै उकाला ओरालाहरू भारि बोकेरै गरिरहेको सम्झना ताजा बनेर आयो । मोबाईलबाट हिँड्दै गरेको साथीहरूको र सेल्फीसहितको फोटो खिचेँ ।
२०५० सालको आसपाससम्म क्यामराबाट फोटो खिचेर सदरमुकाममा लगि धुलाएपछि बल्ल हेर्न पाईन्थ्यो । महिनौ कुर्नुपथ्र्याे । त्यस बेला गाउँमा एउटा क्यामरा भेट्न सात गाउँ चहार्दा बल्ल पाइन्थ्यो । केही अगाडि बढेर मैले एउटा थााँक्रो फेला पारी भाँचभुच पारेर समाई टेक्दै हिड्न थालेँ । बाटोका २।४ घुम्ती हिँडेपछि एकजना दाई माथिबाट फर्कदै हुनुहँुदोरहेछ । हाम्रो आग्रहमा उहाँले छेउँमै रहेको झ्याङ्बाट हामी तिन जनालाई लौरो बनाइदिनु भयो । लौराहरू बनाइदिने दाइलाई धन्यवाद दिइयो । ‘केही अगाडि आमा छोरा गैरहेका छन्, भेट्टाउनुहुन्छ, बाटामा अरु साथीहरू पनि फेला पर्लान्’ भन्दै ति दाईले हामीलाई हौसला दिँदै फटाफट तलतिर झरे । गाई, गोरुका पाइलाहरू तथा गोबर देखिए तापनि यसबेला बाटोमा सुनसानको सघनता अझ बढ्दै थियो । नयाँ तथा घना जङ्गलको बाटो हुनाले डरलाग्दो थियो । कतै पानी पाइएमा पिउन हुन्थ्यो भन्ने पनि लागेको थियो । आधा घण्टाभन्दा बढी हिडेपछि सदरमुकाम धुञ्चेप्रष्टै रुपमा देखियो । त्यहाँ देउरालीजस्तो ढुङ्गाका २ वटा साना साना गुम्बा थिए । त्यहिँनेर सदरमुकामसहितको सुन्दर दृश्य हेलिकप्टरबाट देखेझैँ देखिन्थ्यो । त्यस सुन्दर विम्वलाई आँखामा सजाउँदै मोबाइल क्यामराबाट आलोपालो गर्दै कैद गर्दै छोटो बिश्रामजस्तै लिएर अगाडि बढ्यौँ । यहाँबाट अगाडि बढ्दै जाँदा वरिपरि देख्न सकिने हुनालेअलि असहजजस्तो लाग्नलाई कम भयो ।
पसिना र पानीको प्यास
पसिनाका धारा लगाउँदै पाइला चाल्दै थियौँ । भित्रि कपडाहरू पसिनाले निथ्रुक्कै भिजिसकेका थिए । वारिपारीको मनमोहक दृश्य र हिडाईको उद्देश्य साथीभाईको कुराको प्रसङ्ग आदिले दुःखकष्टका कुरा ओझेलमा परेका थिए । डाँडैडाँड हिड्दै गयौँ । केही माथी पुगेपछि बाटोको दायाँ बाँया बदेलले आफ्नो आहाराको लागि भर्खरैखन्ने गरेको देखियो । बारी जोतेझैँ धुलीराम पारेको थियो । त्यो बेलामा बदेलले मान्छेलाई भेट्यायो भने तुरुन्तै आक्रमण गर्छ भनेपछि त अझ डर, त्रास बढ्दै गयो । त्यहाँको बाटो कतै उकालो त कतै तुरपाई (तेरपाए, तेर्साे) थियो । हिड्दै जाँदा पानीको प्यास तिब्र हुँदै गयो । एक डेढ घण्टा हिडेपछि चौपारीजस्तो विश्राम स्थल देखियो । त्यही ठाउँमा मेरो साथमा भएको चक्लेट र चाइनिज केक पनि बाँडीचुडी खायौँ । गणेश र मैले पसिनाले भिजेको टिसर्टहरू शरीरबाट काडेर अर्को फेरियो । भिजेका कपडा आफ्नै झोलामाथी झुन्ड्याएर हिड्यौँ । दुई साढे दई घण्टा जति निस्किदै गएपछि पानी बगेकोएउटा खोल्सा फेला प¥यो । त्यहाँ झोलाहरू राखेर गणेशजीले बोकेको थर्मसमा पानी थाप्दै खाँदै गरियो । चार, पाँच थर्मस पानी मैले खाएँ होला । पानी अत्यनतैचिसो थियो । मनतातो चिया पिएजसरी झुरुप झुरुप पानी पिइयो । चिसो भएकोले कलकल गरी लगातार खान सकिएन । पानीको महत्त्व यसबेला बल्ल अनुभव गरियो । धेरै तल देखिने गाउँ बस्तीहरूमा लगेका पाइपहरू काटिएका र चुडिएका अवस्थामा देखिन्थे । बँदेलले खनेका स्थानहरू धेरैपटक फेला परेका थिए । यो स्थान खोपाङ्गको भिरको धुरी वा शिर थियो । हामीलाई भोक वा प्यास र थकाई लाग्दा धुञ्चेका होटल र मिनि गोसाईकुण्डको हिमालयन स्प्रिङ्ग वाटरले गिज्याईरहेका थिए । मान्छे अचम्मको जात, खान पाए भनेखानापछि पनि तुरुन्तै खाना र नपाएपछि जति समय पनि खटाउन सक्ने अचम्मको र ज्याद्रो पनि हुनेरहेछ ।
पानीको प्यास मेटेपछि उकालो लागियो । दिनको १२ बज्ने तरखर हुन थाल्यो । बाटो नजिकमा कतै पनि होटल, गाउँ बस्ती, बस्तुभाउ, मान्छे केही पनि फेला परेनन्। कतै ठूलाठूला रुखहरू त कतै स–साना झाँडीहरू फेला परे । आधा घण्टा जति अगाडि बढेपछि कतै गोठालाको जस्तो आवाज सुनियो । खुट्टा अझ लम्किदै गए । धेरै पर धुवाँ पुत्ताइरहेको पनि देखियो । एउटा ठूलो पलाष्टिकको टनेल जस्तो पनि देखियो । केदारजी अगाडि फटाफट लाग्नु भयो । ल ल आउनु है सरहरू । अब होटल, घर आयो, विस्तारै आउनुस्भन्दै लम्किनु भयो । नभन्दै त्यही टहरो भित्र एउटा होटल देखियो । यही गोसाईकुण्ड मेलाका लागि तयार पारिएको अस्थायी होटल रहेछ त्यो । यसलाई थर्पु भनिन्छ रसुवामा । यो थर्पु नं. २१ रहेछ । घट्टेखोलादेखि गोसाईकुण्डसम्म यस्तै ९५ वटा थर्पु रहेछन् । हाम्रा गाउँघरमा घरभन्दा परपर रहेका बारीमा मकै खान आउने बादरलाई धपाउन बनाइएका सानो कटेरो (खरको छाप्रो) लाई थर्कु भनिन्थ्यो । त्यहाँ एउटा कुकुर र एउटा मान्छेको डिउटी घरका सदस्यबाट आलोपालो हुने गर्दथ्यो । अर्कोतिर अहिलेको व्यवसायिक कृषि उत्पादन गर्ने तरिका टनेल पनि छ । यही टनेलकैशैलीमा लामा लामा प्लाष्टिकका छाना भएका टहराहरूलाई थर्पु भनिनेरहेछ । त्यसको अगाडिपट्टि पकाउने खाने थोरै ठाउँ र पछाडिपट्टि खुला कभर्ड हलझैँ कतै ६०।७० जना त कतै सय डेढसय जना सुत्न र बस्न मिल्ने खालका हुँदारहेछन्।
धिम्साको थर्पु र थकाई
थर्पु नं. २१ भेट्दा हामीलाई भोक, थकाई, तिर्खा, अत्यास आदि सबै २० को १९ मात्र हैन, १ मै झरेझैँ भयो । यस ठाउँलाई धिम्सा भनिदोरहेछ । ठूलोभन्दा ठूलो सास फेर्दै अस्थायी काठको बेञ्चमा बसियो । आँखाहरू खानेकुरा र त्यहाँ भएका सबै चिजबिजहरूमा हावासरि फैलिए । शुरुमा मनतातो पानी खाइयो । उसिनेको आलु देखेपछि आफैले झिकेर खाईयो । सेलरोटी पनि खान थालियो । मटर तरकारी साउजीले तातो बनाई तयार पार्दै हुनुहुन्थ्यो । त्यो पनि थपी थपी २।२ प्लेट खाइयो । यतिबेला १ बज्नै आँटेको थियो । त्यहिनेर धुञ्चेबाट आउने बाटो जोडिने रहेछ । उताबाट आएका तिर्थयात्रुहरूलाई कतिखेर धुञ्चेबाट हिड्नुभयो भनी सोध्दा २ देखि ६ घण्टा समय लागेको बताउनु भयो । उताबाट आउने बाटोअत्यन्तै चालु अवस्थाको हो भन्ने लाग्दथ्यो । हामी त्यहाँ बस्दा, खादाकै समयमा थुप्रै मान्छेहरू माथि निस्कने र तल झर्नेहरू त्यहीँ थर्पुकै अगाडि बस्नका लागि बनाइएको ठाउँमा एकै छिन बसेर सुस्ताउने पनि गर्थे र धुञ्चेतिरै लाग्दथे । यतातिर केही महंगो हुनुएक प्रकारले स्वभाविक पनि हो तर व्यापारीहरूले मौका मिलाएर तोकिएको दरमा थपथाप गर्न नचुकेको अवस्था पनि ३ दिनको यात्रामा प्रसस्तै अनुभव गर्ने सुअवसर मिल्यो । यो जनैपूर्णिमा विशेष गोसाईकुण्ड मेला व्यबस्थापन समितिले जिल्लास्तरमै एउटै दररेट तोकिदिएको थियो । त्यो दररेटको कुनै वास्ता गरेका छैनन्भन्ने कुरा अरु यात्रुहरूले पनि भन्ने गरेको सुनियो । मौसम र वातावरण हेर्दा पानी पर्छ भन्ने लागेर आफु जोगिन र आफ्ना झिटिझाम्टी जोगाउन भन्दै प्लाष्टिक १ पिस किन्नु भयो गणेशले । त्यो प्लाष्टिकको धोक्रोलाई टाउको र हात मात्र छिर्ने ३ ओटा प्वाल पार्न लगाई रु. १००। मा किनेर झोलामा राख्नुभयो । माथिमाथि जाँदा कतैकतै सिमसिम त कतै सानोसानो पानी प¥यो। छाता ओड्ने काम पनि गरियो ।
धिम्सामा अवस्थित उक्त थर्पु नं. २१ बाट हामी हिड्यौँ । ५०।७० मिटर मास्थिर निस्कदा थर्पुका थर्पु १०।१२ वटा एकै स्थानमा रहेछन्। रोजिरोजि अर्थात आफुलाई मन लागेको चिज, बस्तु खान र किन्न पाईनेरहेछ । २१ नं. भन्दा अझ व्यवस्थित ढङ्गले बनाइएको पाईयो । वल्लो पल्लो थर्पुहरूका साहु साहुनीहरूले ‘आउनुस् दाई, अंकल ! एकछिन बसेर चिया, खाजा खाएर जानुस्। थकाई मार्नुस्। अलि माथी जान समय लाग्छ ।’ यस्तै भन्दै सबैले आ–आफ्नो पसलमा आउन आग्रह र अनुनय विनय गर्दै थिए । यो चाला देख्दा रसुवाको स्थान नभएर कुनै बसपार्क वा काठमाडौँ रिङ्रोडमा सहचालकहरूले यात्रुहरू बोलाए झैं लाग्दथ्यो । रमाइलो पनि लाग्यो । हामीले भर्खरै खाइयो, पिइयो र आराम पनि गरियो । ‘अहिलेलाई उकालो लागियो, आउँदा वा फर्कदा बसौँला, खाउँला, पिउँला है बैनी, दिदी, भाई, दाइहरू’ यस्तै भन्दै अगाडि लम्कियो । केही मास्थिर जाँदै गर्दा बाटो कै छेउँमा रहेको धाराको पानी पनि खाइयो र उकालो लागियो । उकालोमा हिड्न नसक्नेहरूका लागि घोडाहरूको पनि व्यवस्था भएको कुरा देखियो । प्रत्येक स्टेसनका थर्पुकै छेउछाउमा घोडाहरू बाँधिएका थिए र हामीलाई चढेर जानुस् पनि भनिन्थ्यो । त्यसपछिको अर्को थर्पुमा मसरुमको सुप खाइयो । यो थर्पु काठमाडौको व्यापारीले राखेको थाहा भयो ।
फर्कने यात्रीहरू कसैले ‘जय सम्भो त कसैले जय भोलेनाथ’ आदि भन्दै हिडेको पाउँदा मन अझ पुलकित हुँदै आयो। जवाफमा जे भने उनीहरूले त्यहि भन्दै बोल्ने बहाना हामीले र अरुलेपनि गर्दारहेछन्। उनीहरूसँग ‘अगाडिको बाटो कस्तो छ ? आज कहाँबाट आउनु भयो । तपाईहरू कुन गाउँ वा जिल्लादेखि आउनु भएको हो । यस्तै जबाफ सवालहरू हिड्दा हिड्दै धेरै ठाउँमा गरियो र अरुले गरेको पनि सुनियो, देखियो । गोसाईकुण्ड सम्बन्धी ब्रोसरहरू मैले खल्तिबाट पटक पटक निकाल्दै अब यो ठाउँ आउँछ, पुग्न यति समय लाग्छ । त्यो ठाउँ यति उचाईमा छ भन्ने जानकारी दिन्थे र उहाँहरूले तानेर हेर्ने पनि गर्नुहुन्थ्यो । यात्रुहरूले बाटो खाली थिएन । भार्खुदेखि धिम्सासम्मको सुनसानको लामो यात्रापछि यस्तो वातावरण पाउँदा गद्गद भएको महसुश तिनै जनालाई भएको थियो ।
विनाबारीको चन्दनबारी
हामीहरू अब चन्दनबारीको नजिकतर्फ पुग्दै थियौँ । धिम्सादेखि चन्दनबारी पुग्न एक घण्टाको बाटो उल्लेख गरिए तापनि हामीलाई डेढ घण्टाजसो लाग्यो । साना साना १२।१४ वर्षका भाईहरूले घोडा डो¥याउँदै त कतै चढ्दै पनि झरेको देखिन्थ्यो । ‘ल ल ! घोडा आयो, साइड लाग्नुस्, कुनापट्टितिर बस्नुहोला ।’ भन्दै टकटक हिड्दथे । उक्त स्थान केही मात्रामा (बसेको) समथर परेको ठाउँ रहेछ । यहाँ जङ्गली राता राता च्याउहरू पनि सुकाएर, फ्राई गरेर, राम्रा बनाएर राखेको देख्दा खाउँखाउँ लाग्ने हुन्थ्यो । हामीलाई निम्ता दिने थर्पुहरू थुप्रै भेटिए त्यहाँ पनि । चन्दनबारीमा हामी धेरै समय रोकिएनौँ । त्यहाँ रहेको दुग्ध विकास संस्थानको उद्योग पनि अवलोकन गरियो । एउटा गुम्बा पनि बाटोको साईडमा रहेछ । सरकारी तथा गैरसरकारी तबरबाट स्वास्थ्य शिविर पनि राखिएको थियो । त्यहाँको सल्लाह, प्रेसर जाँच र केही औषधी पनि लिएर अगाडि बढियो । त्यहाँका बारीमा झारपात मात्र उम्रिएको देखिन्थ्यो । खेतिपाति कमै थियो । कुनै समयमा प्रशस्तै मात्रामा चन्दनको बिरुवा, रुख तथा बारीभरि नै चन्दन भएकाले चन्दनबारी नामकरण भए होला भन्ने आँकलन र सामान्य चर्चा समेत गरियो । यहाँबाट उकालो शुरु हुने स्थानको दायाँपट्टीको होटल अगाडिको बार्दलीमा चौरी गाई र बाच्छाको छालालाई दुरुस्तै बनाएर सजाएको अत्यन्तै राम्रो देखियो । बाटो ठाडै उकालो नभएर तेरपाए थियो । अबको १ घण्टामा चोलाङ्पाटी पुग्ने ब्रोसरले बताईरहेको थियो । त्यहाँ नपुग्दै बिचमा एउटा थर्पुमा चिया पिउनका लागि बसियो । सिमसिम पानी पनि परिरहेको थियो । रोटी पनि पकाउदै थिए थर्पुका भाईहरू । पकाउँदै गरेको देख्दा रहर लाग्यो र मैले मागेर खाएँ । सेलजस्तो देखिएको मालपुवा राम्रै लाग्यो । यहाँका स्थानीय लोग्ने मान्छे प्रायको साथमा खुकुरी हुने गर्दछ । त्यो काम लाग्ने वस्तु र स्वयम्को अङ्गरक्षक पनि हो। बनजङ्गलमा हिड्दा वन्यजन्तुबाट बच्न यसको सहारा जरुरी हुँदोरहेछ । खुकुरी भिरेको दाइलाई मूल्य कतिहोला भनि सोध्दा सात हजार पर्ने कुरा बताए र अर्को कुरा तपाइँहरूले यसरी भिरेर हिड्न पनि पाईदैन भनिदिए । हो र ? भनि सोध्यौँ । हो, यसलाई बोक्न यहिँको बासिन्दा हुनु पर्दछ भन्ने उनको तर्क थियो । हामीलाई विस्वास पनि लाग्यो ।
चोलाङ्पाटी
केहिबेरपछि तर्छो बाटो विस्तारै हिडिँयो । चोलाङ्पाटी पुग्नलाई अत्यन्तै सजिलो लाग्यो । उकालो एकदमै कम रहेछ । पुग्ने बेलामा थोरै सल्लेरीको वन देखियो । सल्ला र अन्य रुखका मुढाहरू जताततै अलपत्र भई कुहिरहेका थिए । सिढियुक्त बाटो बनाउँन पनि तिनै मुढालाई तेर्साइएको थियो । चौरी गाईहरू पनि यत्रतत्र चरिरहेका थिए । उकालोपछि आउनै थालेको तेर्पाए बाटोको मोडमै घोडाको घण्टी बजेको र गटट्ट हिडेको आबाज नजिकै सुनियो । कुनापट्टिबाट घोडामा चढेका मान्छेहरू घोडासहित कुदिरहेका थिए । हामी ढिकपट्टि लाग्नै प¥यो । बाटो चिप्लो र खाल्डा खुल्डी थियो । केही मिटर अगाडि बढिसकेपछि एक यात्रुलेगणेशजीसँग स्वेच्छाले आफ्नो बलिया खालको लौरो गणेशसँग साटे । चोलाङ्पाटीको बजारको शुरुमै भएको थर्पुमा ताजा साना–साना स्याउ राखेको देखेपछि मन लोभिएजस्तो लागेर सोधियो मूल्यभन्दा पनि कहाँका हुन भनेर । स्थानीय हुन्भन्ने थाहा पाऐपिछ किनियो र चपाउँदै हिडियो । भोक, तिर्खा थकाईको दर बढिरहेकै थियो । त्यसैले स्याउको दरभाउमा खासै बार्गेनिङ्ग चलेन ।
चोलाङ्पाटी राम्रै रहेछ । दायाँ बायाँ नै पसलहरू लस्करै मिलेर बसेका झैं थिए । समथर परेको ठाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर पनि चलेको थियो। त्यहाँका होटलहरूबाट सशुल्क रुपमा खान बस्नका लागि आमन्त्रण भइरहेकै थियो । चोलाङ्पाटीमा कुनै खालको पाटी देख्न भने पाइएन । त्यो ऐतिहासिक पाटी बाटोको साइडमा नभएर कतै रहेको पनि होला अथवा जिर्ण अबस्थामा पनि हुन सक्छ वा त्यसै पाटीको ठाउँमा कुनै नं.को थर्पु पनि तयार भएको होला । अर्कोतिर कुनै राजनैतिक पार्टीको संकेत र कुराकानी पनि भएको पाइएन । बाह्रखरी पढ्दाताकाका काठका पाटीहरू आजभोलि पाइने त झन्कुरै पो भएन । जताततै जनैपूर्णिमा मेलाको व्यानरहरू देखिन्थे । यहाँबाट धेरै माथि एउटा लामो थर्पु देखिन्थ्यो । त्यहाँ पुगेर चिया नास्ता थप्ने सहमति भएकोले यहाँ कतैपनि बसिएन । अलि उकालो, जङ्गलको बाटो, ढुङ्गा र भललेखोलेको हुनाले केहि अप्ठ्यारो बाटो थियो। करिब ५ बजेको थियोहोला । लौरीबिनायकसम्म पुग्ने लक्ष्य र आँटले हिडिएको भए तापनि शरीरले मानिरहेको थिएन । कदम चाल्ने रफ्तार अत्यन्तै कम भएको थियो । लगातार ५ मिनेट हिड्नलाई पनि अति धौधौ भईरहेको थियो । आफ्नै एकजोर कपडा भएका झोला मात्र होइन जिउ पनी भारी भइरहेको थियो । पाँच सात मिनेट हिड्दै उभ्भिदै दारी (चिउडो) लाई आफैले टेकेको लौरोमा अड्याउँदै अगाडि लम्किदै गरेका थियौ। बाटाको भित्तापट्टि, कुनापट्टि आड लाग्ने जस्तो ढुङ्गा भेटिएमा यस्सो अडेस लागेर आराम पनि गरिन्थ्यो । बेलुकापखको समय बाक्लिदै थियो । बस्तुभाउहरू गोठतिर जाँदै थिए । कोही ओरालो झर्दै थिए । हामीजस्तै थकानबाट हार खाएपछि कोही यात्रुहरू घोडा चढेरै माथिमाथि जाँदै थिए । चोलाङ्पाटीबाट डेढ घण्टामा लौरीविनायकसम्म पुग्न हामीलाई झण्डै २ घण्टा बढी नै लाग्यो । खुट्टाहरू धेरै नै गलेजस्ता भएको र हिड्न खोज्दा थरथर काम्ने पनि भएका थिए । लौरोलाई बलियो गरि समाउँदा हातका औँलाका भित्रि भागहरू राताराता भइरहेका थिए । लौरोले हामीलाई धेरै मात्रामा सघाउँ पु¥याएको थियो । यता आउने जो कोहीसँग पनि लौरो अनिवार्य हुनै पर्ने रहेछ । नभए त हिड्नै नसकिने रहेछ । घट्टेखोलादेखि मध्य देउरालीसम्मका थर्पुहरूमा एउटा लौरोलाई २० देखि ३०।४० रुपैयासम्ममा बिक्री गरिएको पाइयो । टाढाबाट आउने कसैले आफैले ट्रेकिङ्लठ्ठी पनि प्रयोग गरेकै पाईन्थे ।
तलैबाट देखिएको लामो थर्पु बल्ल आइपुग्यो । झोला र ज्यान बिसाइयो । लामो सुस्केरा आफै आयो । त्यहाँ बसेर चिया खाने भनिए पनि शुरुमा पानी पिइयो । चियासँग बिस्कुट पनि खाइयो । मैलेत एउटा जुस पनि थपेँ । आफुलाई निकै नै कमजोरजस्तो महसुस भएर आयो । खाली जग्गा वा चौर बढी मात्रामा देखिन्थ्यो । जति माथि गयो उति नाङ्गा डाँडाहरू हुने त हुन् । एकछिनको हिडाईपछि एउटा सानो घुम्ती र चौपारीजस्तो ठाउँ फेला प¥योर बसियो । तल माथि गर्दै घोडचढी यात्रु खोज्ने, होटल र थर्पुमा बस्ने यात्री खोज्ने केटाकेटीहरू हिड्दा रहेछन्। भनेको खण्डमा झोला पनि लगिदिने गर्दारहेछन्केही पैसा दिएपछि । दुई सानी बहिनीहरूले पनि ल दाई÷अङ्कलहरू जाउँ हाम्रो होटलमा खान बस्न अत्यन्तै राम्रो छ भन्दैतारिफ पनि गरे । कुरा सुन्दै अगाडि बढियो ।
लौरा चढाउने गुम्वा लौरीबिनायक
ठूलो आँगन र बार्दली भएको, ढुङ्गाको गारो भएको, लामो स्थायी होटल देखियो । यताउता हेर्दा सरसफाई पनि राम्रै लाग्यो । गणेशजीले कोठा हेर्दै व्यवस्थापनका बारेमा बुझ्नुभयो । साँझ छपक्कै पर्दै थियो । थकाईको कुरा गरिसाध्य नै थिएन । त्यहिँ खाने बस्ने भईयो । अन्य सबैका प्रस्तावलाई लत्ताईयो । काठको भ¥याङ्बाट निस्कियो । घरको तला पनि काठकै छ र कोठा पनि काठैकाठको छ । छानो मात्र टिनको थियो। खाइयो खाना पनि टन्नै थपीथपी । हात खुट्टा धुन पनि अत्यन्तै धौ धौ लाग्यो । पानी धेरै नै चिसो लाग्यो । खानापछि १।२ गिलास तातो पानी पिइयो । दुई वटा खाटमा ३ जना सुत्ने व्यवस्थासहित १२नं. को कोठा हाम्रो लागि रोकिएको थियो । पसिना र सिमसिम पानीले हाम्रा सबैजसो कपडाहरू भिजेका हुनाले झ्याल ढोकामा झुन्ड्याईयो र सुतियो । हाम्रो कोठाको बेड वा पलङ्ग वा खाट वा चारपाईमा त्यसको साईजभन्दा बढी चौडाई भएका फर्मका विस्तारा रहेछन् । २ वटा फर्म जोडेर ३ जना सुत्दा विस्तारा सरेर बिचमा खाली हुने अवस्था पटक पटक भयो । साना साना ओढ्नेले निर्वाह गरियो । भोलिको लागि सल्लाह गर्दै आफ्नै खालका सोंच विचारहरू प्रकट गरियो । कुण्डमा पुग्नको लागि बाटो कति छ कति ? कसरी जान सकिएला ? आजै त यस्तो हालत भएको छ भन्नेजस्ता कुराको चर्चा परिचर्चा पनि भयो एकापसमा । खुट्टा खुम्च्याउन पनि अत्यन्तै कठिन भएकोथियो । धेरै थकाई लागेपछि निद्रा नलाग्ने पनि भयो । यहाँ हामी ३,९०० मि. को उचाईमा आइपुगेका थियौँ । यस होटलमा अरु पाहुनाहरू पनि प्रसस्तै थिए । खाना खाने कोठामा ठूलो ड्रमभित्र आगोबालेको र वरिपरि मान्छेहरू बसेको ठाउँमा खानापछि हामी पनि सामेल भईयो र सुत्ने कोठामा लागियो । साँझदेखि नै जिउ पुरै दुखिरहेको र टाउको दुखेजस्तो, ज्वरो आएजस्तो, रुघा लागेजस्तो यस्तै यस्तै फरक भैरहेको थियो । यस्तै हो भने त भोलि यात्रा यत्तिमै सिमित हुन के बेर भन्ने पनि नलागेको होईन ।
अर्को बिहान सबेरै हिड्नलई उठ्न सकिएन । अरु मान्छेहरू ४।५ बजेतिर हिड्न शुरु गरेको गाँइगुई कानमा ठोक्किरहेको थियो । हामी उढ्दा साढे ६ बजिसकेको थियो । त्यो होटलबाट अन्तिममा हिड्नेमा हामी मात्रै रहेछौ । यसो झ्यालबाटै बाहिर हेरियो । कोठाभित्र गणेशजी र बाहिर पारीपट्टी गणेश हिमाल र लाङ्टाङ् हिमालको मनोरम शुभप्रभातको लालीमय दृष्य देखियो । होटलको आँगनको डिलमा पुगेर तिनैहिमाल र अन्य दृश्यलाई पृष्ठभूमिमा राख्दै फोटोहरू आलोपालो खिचियो । बिहानको चिसो सिरेटोले सेक्न थालेको थियो । खुट्टा र जिउ अत्यन्तै दुखाईले लखतरान भइरहेको थियो । अब यहाँबाट हिड्न सकिदैन होला, घोडामा जानु पर्छ भन्ने कुरामा सबै सहमत भई होटलवालासँग घोडाको कुरा गरियो । बुद्व मन्दिरसम्म गएको मुल्य रु. ३,५००। भनियो । मिलाउनका लागि आग्रह गरियो । २,५००। सम्म हुनसक्छ भनियो । यो पनि अझै धेरै भयो । सबै जना १,५००। मा चढिरहेका छन् भनेर हामीले भन्यौ । उनीहरूले त्यतिमा नपाईने बताए । बाहिर एउटा मात्र घोडा देखियो । हामीलाई अझै२ वटा नपुगेकोले मास्थिरतिर पाइएला भन्दै त्यो होटललाई पछि पार्दै अगाडि बढियो । त्यही होटलमा गणेश र मैले झोला छाड्यो भने न्यौपानेले लैजानुभयो । हामीले हार खाएपछि झोला त्यहिँ काउन्टरमै छोडेर अगाडि बढियो ।
लौरीबिनायकको होटलबाट ५० मिटरजति माथितिर जाँदाजाँदै सोही होटलको पछाडिपट्टिबाट एउटा भाईले बोलायो । ‘सरहरू घोडामा जाने हो ? जाने हो भने हाम्ले लग्दिन्छौँ । मिलाएरै पैसा दिनु होला ।’ रकम अलि धेरै नै भएजस्तो लागेर हुन्न पनि भनियो । फेरि करायो ‘पर्खनुस्पर्खनुस्सल्लाह गरेरैदिनुहोला ।’ हुन्छ त नि भनियो । थकाई अत्यन्तै भएकाले त्यहिँनेर हामी उभियौँ । केदारजी भने हिडेरै गईन्छ भन्ने मनस्थितिमा हुनुहुन्थ्यो । त्यही खुला ठाउँमा तामाङ्नी दिदीले चौरी गाईका पछिल्ला २ वटा खुट्टा बाँधेर (न्यानेर) दुध दुहँुदै थिइन्। अलि पर अरु ३।४ जना मान्छेले पनि त्यसैगरी दुहुदै थिए । चौरी गाइहरूकै नजिकमा बाँधेका दुईवटा घोडालाई अघि कराउने भाईले ल्याउन भन्यो र आफुले एउटा डो¥याउँदै हामी सामु ल्याईपु¥यायो । हाम्रा ज्यानको तौल अनुमान गरेर कुन घोडामा को चढ्ने भनेर उसैले छनोट ग¥यो। त्यो भाई १२।१३ वर्षभन्दा बढी उमेरको थिएन । हाम्रा लौराहरू उसले समायो र बाईकमा चढेझैँ गरी घोडा चढ्न भन्यो । लगाम एकछिन आफैले डो¥यायो । प्रत्येक घोडामा एउटा एउटा केटाहरू थिए । एकछिनपछि लगाम पनि हामीलाई नै दिए समाउने तरिकासमेत बताएर । आफ्ना मोबाइलहरूबाट फोटो खिच्नका लागि तिनै भाईहरूलाई २।३ पटक अह्राइयो । १०।१५ मिटर हिडेपछि अर्को एउटा थर्पु आयो । त्यसैको अघिल्तिर स–साना ढुङगाहरूको गुम्बा (मन्दिर) जस्तै थियो । त्यसको वरपर प्रसस्तै लौराहरू ठाडो पारी राखिएको देखियो । यसैमा सबै यात्रुले लौरो चढाउने चलन छ र लौरो चढाउन नसकेमा पैसाको भेटी चढाए पनि हुन्छ भनेर ती केटाहरूले भनेपछि हामीले १०।२० रुपैया पैसा चढाउने काम पनि गरियो। फेरी फोटो खिचाउँन पनि लगाइयो ।
लौरीविनायकदेखि २ सय मिटरमा बाटोमै ढुङ्गाको अग्लो स्थान गुम्बाजस्तै बनाएर लौरो चढाउने ठाउँ बनाएका रहेछन् । त्यहाँ थुप्रै लौराहरू ठाडो पारिएको देखिन्थ्यो । यसरी लौराहरू चढाउने भएकाले कतै लौरीविनायक भनिएको होला कि भन्ने पनि भयो । यहाँ लौरा चढाउनुको अर्थलाई केलाउँदा गोसाईकुण्ड पुग्नलाई अब बाटो सजिलो छ । लौरीको त्यति जरुरी पर्दैन भन्ने पनि हुन सक्छ तर यथार्थमा त्यस्तो देखिएन । यहाँबाट बुद्व मन्दिर पुग्न नै करिब १ घण्टा लाग्छ । त्यहाँदेखि कुण्डसम्म कसरी पुग्ने ? तेर्छो अनि भिरको बाटो छ, त्यसैमा अथाह थकाई थपिएकै छ । उच्च लेकमा हिड्ने बानी नभएकाले लौरोविना हिड्न त अत्यन्तै गाह्रो पर्दछ । अर्को तर्कमा स्थान नाम अनुसार लौरीविनायक र त्यसको महत्त्वलाई झल्काउँन पनि तेसो गरिएको होला भन्ने अनुमान गर्न सकिन्छ ।
त्यहाँबाट अगाडि बढ्दै उकालो गईयो । खुल्खुले डाँडा र साना बुट्यान मात्र थिए जताततै। वरपरको वातावरणमा आफुलाई यसरी पाउँदा आएका अनेकन जिज्ञासाहरू तिनै केटाहरूलाई सोध्ने गरियो । उनीहरूले पनि आफुले जानेका कुरा बताउदै थिए । कुराकै सिलसिलामा घोडा चढेको कुराहरू पनि गर्दैथे । थप पैसाको लागि मेसो मिलाउदै थिए । गोसाईकुण्डसम्म पु¥याइदिन्छौ पनि भन्थे । हामी भने त्यही बुद्व मन्दिरसम्म मात्र जाने हो भनिरहेका थियौँ । घोडामा सबार हुँदादेखि नै लेक लाग्छ भनेर टिमुर र लसुनका केसराहरू मुखमा चपाउँदै चपाउँदै यात्रा गरिरहेका थियौ । लगभग पौने घण्टाजतिमा बुद्व मन्दिर भन्ने स्थानसम्म तिनीहरूले घोडा ल्याइपु¥याए । घोडाबाट झरेपछि जनहि रु. १,५००।– दियौँ । दानापानीका लागि छुट्टै पैसा माग्दै थिए तर हामीले शुरुमैफिक्स कुरा गरेर आएको भनी दिएनौँ ।
बुद्ध मन्दिर
त्यहाँ १०।१५ वटा थर्पुहरू गुजुमुज्ज रहेका थिए । केही माथिपट्टिको थर्पुमा पुगेर टिमुरसहितको चाउचाउको सुप बनाउन लगाएर खाई तेरपाए लाग्यौ । मूख्य उकालोको भाग यहीसम्म मात्र रहेछ । यहाँबाट तेर्सैतेर्साे करिब १ घण्टाको अन्तरालमा गोसाईकुण्डमा पुगियो । बुद्व मन्दिर ४,०९७ मिटरको उचाईमा रहेको छ भने अब मूख्य कुण्डमा पुग्न ३०० मिटरको उचाई र डेढ घण्टाको समयमा पुगिने कुरा हामीलाई जानकारी छदैथियो । विस्तारै विस्तारै हिड्न थालियो । भिरको काखमा कतै पहराहरूमा अत्यन्तै मेहेनत गरेर गोरेटो बाटो बनाएको पाईयो । कतै काठका, बासका र फलामका समेत बारहरू (रेलिङ्) बनाएको भेटियो । धेरै तलपट्टि सानो सानो आकारमा त्रिशुली बहेको देखिन्थ्यो ।
यात्राको मूख्य गन्तव्य
गोसाइकुण्ड हेलिकप्टर हुइकाउँदै सवार भएका थुप्रै दृष्यहरू देख्न पाइन्थ्यो । भिरको बाटोमाथि र तलपट्टि घोडाहरू किर्लिङ्किर्लिङ् गर्दै चरिरहेको पनि देखिन्थ्यो । गणेश मन्दिर, भ्यु प्वाइन्ट हुँदै अगाडि बढ्दा त्रिशुलीको प्रवाहमा बनेका सरस्वतीकुण्ड र भैरवकुण्डसमेत देखियो र फोटो पनि खिचियो । गोसाईकुण्डको छेउमा ३।४ वटा हेलिहरू पार्किङ् गरी राखेको देखियो । फुल, प्रसाद, चिया, नास्ता आदिका प्रसस्तै पसलहरू देखिए । केही ५।७ वटा स्थायी घरहरू र वरबाटै गोसाईकुण्ड देखियो । बिहानको सवा ९ बजेतिर लामो प्रतिक्षाको घडी अन्त्य भई गन्तब्य स्थल फेला प¥यो । एकछिन उभिएरै हेरियो । लेक लागेको होकि जस्तो भएको थियो । एउटा सानो होटलमा कालो चिया सबैले पियौँ र कुण्डतर्फ अगाडि बढियो । फुल प्रसादको पसलबाट १।१ सेट पुजा सामग्रीको दुना किनेर कुण्डको छेउमा पुगियो । गणेशजी म त नुहाउन सक्दिन भन्दै माथिल्लो डिलमै बस्नु भयो । केदारजी नुहाउने भनेर सबै कपडा खोल्नतिर लाग्नुभयो । म भने पञ्चस्नान गर्ने तयारीमा लागे । ट्राउजर घुडाँमाथि सार्दै माथिको सेन्डो पनि खोलियो र कुण्डको केही परसम्म पसियो । टाउकोर शरीर हातैको अञ्जुलीले नुहाउने काम गरियो । बढो आन्नद आयो चिसो भए पनि । सोचेजस्तो चिसो लागेन । नुहाएपछि झन्छुट्टै खालको आनन्द आयो । म कहाँ छु भन्ने पनि लाग्यो । अहिलेसम्मकोभोक, तिर्खा, थकाई सबै चट् भएझंै लाग्यो । पवित्र गोसाईकुण्डमा नुहाउने काम भ्याएपछि पुजा सामग्रीले पुजा अर्चना गर्दै कुण्डप्रति शरण परियो, धुपवत्ति बालियो । फुल चढाईयो । नजिकै रहेको शिव पिठ, मन्दिरमा पनि दर्शन गरियो । त्यसपछि बायाँपट्टिको तिरैतिर १०० मिटर जति अगाडि त्रिशुलधाराको दर्शनका लागि गईयो । भगवान शिवले त्रिशुल प्रहार गरी निकालेको स्थान भनिन्थ्यो त्यसलाई । त्यहीँस्थानमा पुगेर त्रिशुल, नरिवल तथा फुल प्रसाद चढाई र ढोग गरि फोटो खिच्दै फर्कनेकाम गरियो । ‘मलाई अली अप्ठेरो भयो, लेक लागेजस्तो भयो’ भन्दै हुनुहुन्थ्योगणेशले। शिव मन्दिर नजिकै आएपछि केदार र गणेश अगाडि लाग्नु भयो भने मैले एउटा माला किन्न थाले । माथि भ्यूप्वाइन्टमा आएर पछि फर्केर गोसाईकुण्डलाई आँखा र मनभरि भर्दै गए र आफ्नो बाटो लागेँ । ठूला दानासहितको लामो रुद्राक्षको माला पनि भिरेर फर्किए । यति बेला साढे १० बजेको थियो । अलि अघि तलबाट कुहिरो निस्कन थाल्यो । हेलिकप्टरहरू पनि हतार हतार गर्दै उड्न थाले । जति हामी अगाडि बढ्दै गयौ, त्यति कुहिरोले छपक्कै पार्दै गयो । वारिपारिका दृश्यहरू हेर्नलाई बञ्चित भईयो । अगाडिकोबाटो मात्रै देखियो । अन्य यात्रुहरू आउँदै पनि हुनुहुन्थ्यो ।
गोसाईकुण्डको थप परिचय र महत्त्व
गोसाईकुण्ड गा.पा. वडा नं. ५ मा पर्ने धार्मिक एवम् पर्यटकीय हिसाबले सुन्दर र महत्त्वपूर्ण ताल हो । समुन्द्र सतहबाट १४,७७० फीट अर्थात ४,३८० मिटरको उचाईमा छ भने १३.५ हेक्टर क्षेत्रमा यो कुण्ड फैलिएको छ । यस कुण्ड वरपर १,०३० हेक्टर क्षेत्रमा १०८ वटा भन्दा बढी अन्य कुण्डहरूमध्ये सूर्यकुण्ड, भैरवकुण्ड, नौकुण्ड, आमाकुण्ड, सरस्वतिकुण्ड, रक्तकुण्ड आदि मुख्य कुण्डहरू हुन्। २००७ सेप्टेम्बर २९ मा सिमसार क्षेत्रमा सूचिकृत भइसकेको छ । हिन्दुहरू तथा तागाधारीहरूका लागि अझ महत्त्वपूर्ण स्थान हो । ‘गो’ भनेको पृथ्वी र ‘साईको’ अर्थ मालिक हो । तामाङ् भाषामा पौराणिक कालमा समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनको डाँहा शान्त पार्न भगवान शिवले यो दहको सिर्जना गरेको हुनाले यसलाई निलकण्ठ दह पनि भनिन्छ । गौरी पार्वतीले शिवजीलाई पाउनको लागि यसै स्थानमा तपस्या गरेकी थिइन्। यसै कुण्डको एउटा भित्तामा शिवजीले त्रिशुल प्रहार गरी पानी निकाले र सोही पानी जम्मा भई गोसाईकुण्ड बन्यो । त्यही कुण्डमा शिव भगवानले डुबुल्की पारेर विषको डाँहालाई कम गर्दै गर्दै गए । अहिले पनि उक्त स्थानबाट ३ वटा ठूलाठूला धाराहरू बगिरहेका छन्। सूर्योदयको समयमा त्रिशुलधारा निस्केको स्थानबाट भक्तिपूर्वक नजर लगाई हेर्दा भगवान श्री महादेव शयन गरेको अवस्थामा देखिन्छ भन्ने विश्वास रहिआएको छ । धर्म पर्वतबाट निस्केकी धर्मधारा र त्रिशुलबाट निकालिएकी हुनाले त्रिशुली भनिएको हो भन्ने कुरा रहेको छ ।
फर्कदाको फरकपना
जेनतेन बुद्व मन्दिर आएर एउटा थर्पुमा छिरियो । खानाको प्रबन्धका बारेमा सोधियो । होटेलको तर्फबाट तयार पारिदिने कुरा भयो । शुरुमा टिमुर र लसुनसहितको सुप खानेकुरा भयो । बाहिर सिमसिम पानी पर्न थालेको थियो । लोकल च्याउ बनाउन पनि भनियो । भात, दाल र च्याउको तरकारी खाएपछि फेरि केहिबेर आराम गरियो। कुराकानी गर्दै तल झर्न थालियो छाता ओढेर । गणेशलाई अप्ठेरोको महसुस केही कम भइरहेको थियो । १ घण्टाभन्दा कम समयमै लौरीविनायकमा आइयो र आफ्ना झोलाहरू लिएर ओरालो झरियो । थकानको मात्रा बढ्दै गए पनि हिडाईको रफ्तार ओरालोमा त्यसै पनि बढ्दोरहेछ । खुट्टाका औलाहरू जुत्तामा कसिदै गएपछि झर्नलाई अलि गाह्रो पर्दै थियो । चोलाङ्पाटी नजिकैको खाजा पसलमा चौरी गाईको दुध पिइयो । चमर लैजाने कुरा गर्दा केहि महङ्गो महसुस गरी खरिद गरिएन र अगाडि बढ्दै गइयो । चन्दनबारीमा आइपुग्दा धामी झाँक्रीको समुह गीत र नाँचसहित माथी जाँदै थियो । प्रत्येक मेलामा यस्ता नाँचहरू मूख्य गाउँबाट लैजानै पर्ने परम्परा पनि रहेछ । हिमाली भेगमा धामी झाक्रीको ठूलो महत्त्व मानिएको पाइन्छ । त्यहीनेर रहेको चिज उद्योगमा थोरै थोरै चिज पनि खरिद गरि धिम्सातर्फ झरियो । साँझको ५।६ बज्नै आँटेको थियो । गणेशको भनाई यतैतर्फ बास बसौँ भन्ने थियो भने हाम्रो भनाई ७ बजेसम्म हिडौँ भन्ने रह्यो । यसै गर्दा गर्दै धिम्सा काटियो र हिजो आएको भन्दा फरक बाटो धुञ्चे हुँदै जाने भनेर देउरालीतर्फको ओरालो लागियो । धिम्साबाट घट्टेखोलासम्म अत्यन्तै बाटो अफ्ठ्यारो, साँघुरो र ठाडै, नाके डाँडोजस्तो ओरालो रहेछ ।
ठाडै ओरालीमा देउराली
देउरालीमा आइपुग्दा मान्छेको निकै चहलपहल देखियो । बास बस्ने बेला पनि भइसकेकोले होला होटल र थर्पुहरू पनि अत्यन्तै खचाखच भएका थिए । जे जेस्तो भए पनि मैले यहीँ बसौ भनेँ तर तलपट्टि अरु थर्पुहरू हेर्दै जाउ भनेपछि झर्न थालियो । साँझ झन्छिप्पिदै गयो । उकालो चढ्ने यात्रुहरूको पनि भिडभाड नै थियो । एउटा टिनको ठूलो र लामो छानो भएकोहोटल देखेर त्यहि बस्नु पर्छ भन्दै भित्र पसियो । होटलका मान्छेले हामीलाई माथिल्लो तलामा लगे । काठको तला र टिनको होचो छानो भएकाले पसिना पसिना भइयो । लस्करै सुत्ने मान्छेहरू धेरै थिए । उकुसमुकुस भएपछि म त बाहिर निस्किए । अरु साथीहरू पनि भिड र गर्मी देखेर फर्किए । फेरि अगाडि बढियो । थकाई अत्यन्तै बढ्दै गयो । साँझ पनि निष्पट्ट हँुदै थियो । कोही कोही त धुञ्चे नै पुग्ने हो भन्दै कम्मर कसेर हिडिरहेका थिए । भोक प्यास पनि थपिदै गयो । टर्च लाइट र मोबाईल लाइट पनि बाल्दै हिडियो । धेरै बेरमा फेला परेको अर्को थर्पु हेर्दा खचाखच भएकोले बस्न मन लागेन । फ्रुटी मागेर खाइयो । फिर्ता गर्ने पैसा अपुग भएपछि फ्रुटी नै मागियो, त्यो मेरो भागमा प¥यो । पहिलेको र अहिलेको फरक ब्राण्डको फ्रुटी थियो । खादा फरक स्वाद हो कि जस्तो पनि नलागेको होइन । केहिबेरपछि पेट गडबडी भई अलि अप्ठेरो हुँदै गयो । बल्लतल्ल हिड्ने काम गरियो । भिरालो डाँडैमा अर्को थर्पु फेला प¥यो । त्यही बस्ने निधो गरियो । बाहिर सिमसिम पानी परिरहेको थियो । पेट कटक्क काटेपछि थर्पुभन्दा केही तलपट्टी प्लाष्टिकले छाएको भए पनि चुहिरहको र वरिपरि स्याउलाले बारेर अस्थायी ट्वाइलेट बनाइएको ठाउँमा गएँ । भिरालो काल्नामा तलबाट रुखका खाबा गाडेर एउटा प्वाल राखेर बनाइएको थियो । जनतन निर्वाह गरियो । सुत्ने ठाउँ भिरालो थियो । अर्को बिहान उठ्दा २।३ हात पर सरिएछ । पसिनै पसिना भएका कपडासँगै झोलाकोसिरानी राखेर सुतिएको थियो । धेरै मान्छेहरू कल्याङ्मल्याङ्गर्नाले चाहेजति खासै निद्रा लागेन । जङ्गलको बिचमा, वर्षातको समयमा, भिरालो जमिनमा बास बसेकोले केही कसो होला कि भन्ने पनि भयो ।
सुत्ने बेलामा राखेको स्थानमा बिहान उठेर हेर्दा आफ्नो लौरो पनि फेला पर्न सकेन । पानी फिरफिर परेकै अवस्था भए पनि ओरालो लागियो घट्टेखोला किनार पुग्नुभन्दा माथीपट्टी पहिरो गएको स्थानमा बाटो धेरै नै अप्ठेरो गरी बनाइएको रहेछ । पहरामा खोला ठोक्किएको स्थानका सिमेन्टको पर्खाल लगाएर बाटो बनाइएको थियो । त्यो खोला त्यही गोसाईकुण्डबाट बगेरै आएको त्रिशुली खोला हो । त्यहीँनेर पल्लो पाखाबाट निर्मल र कञ्चन छहराहरू पनि झरिरहेका थिए । त्यो दृष्य र स्थानलाई हामीले मात्र होइन अरु धेरैले पनि मोवाइलमा कैद गरिरहेका थिए ।
घट्टेखोला
सुतेको स्थानबाट करिव १ घण्टापछि घट्टेखोला मन्दिरमा आइयो । त्यहाँ हातमुख धोइवरी चिया र खाजा खाने काम गरियो र अगाडि बढियो । मिनि गोसाईकुण्ड हुँदै धुञ्चेतर्फ लागियो । हाम्रो गन्तव्य टिमुरेतर्फको भएकोले जेनतेन कर्मथलोतिर लागियो । यसरी ३ जनाको ३ दिनको यात्रा टुङ्गियो भने १ सातासम्म थकाई रहिरह्यो । भ¥याङ्ग चढ्न र ओर्लन अत्यन्तै मुस्किल भयो । जे जस्तो र जे सुकै भए पनि सकारात्मक खालको सदासदा अविष्मरणीय बन्यो । सधै सम्झनायोग्य भयो । ज्यानमा थकाई भए पनि मन प्रफुल्लित र आनन्दित भयो । सुवर्ण अवसरको सदुपयोग गरियो । अहिलेसम्मकै भौगोलिक उचाईमा पुगियो । त्रिपक्षीय सम्बन्ध प्रगाढ बन्यो ।
देखिएका विषयमा सुधार गर्नु पर्ने पक्षहरू
जिल्ला सदरमुकाम धुञ्चेबाट गोसाइकुण्डसम्म पुग्नका लागि युवालाई २ दिन र वृद्धवृद्धालाई ३ दिन लाग्ने हुनाले यातायातको व्यवस्थालाई सहज बनाउनु पर्ने देखिन्छ । मोटर बाटो निर्माणका लागि भौगोलिक हिसाबले त्यति कठिन नभएकाले प्रत्येक वर्ष खण्ड खण्ड गर्दै भए पनि कम्तिमा लौरीविनायकसम्म मोटरबाटो लैजाने हो भने यस स्थानको व्यापकता अझ बढेर जाने देखिन्छ । त्यसैगरी लौरीविनायकदेखि बुद्ध मन्दिरसम्मको पैदल मार्ग त्यती राम्रो छैन । यसलाई थप सुधार गर्नु पर्दछ । अनि बुद्ध मन्दिरदेखि कुण्डसम्मको बाटोलाई केही फराकिलो र सुरक्षित खालको बनाउनु जरुरी देखिन्छ । यहाँ जाँदा लेक लाग्न सक्ने हुनाले यसको सावधानी अपनाउनु पर्दछ । त्यसो नगरेका ३ जना तिर्थ यात्रुहरूलेयसै वर्ष ज्यान गुमाएका थिए । समय सापेक्ष ढङ्गबाट यात्रुहरूको सहजताका लागि अत्यावश्यक सेवा सुविधाहरूमा बढोत्तरी गरिनु पर्दछ । मोटर बाटो बनाउँदा घोडचढी व्यवशाय कमजोर हुन्छ भने घोडा बेचेर गाडीमार्फत सेवा दिनु प¥यो । थर्पु व्यवशायलाई व्यवस्थित र एकीकृत गरी लौरीविनायकदेखि माथी राख्ने व्यवस्था मिलाउनु प¥यो । कुण्ड क्षेत्रमा स्नान, तर्पन, ध्यान, दर्शन, पुजा अर्चना, अवलोकन आदिका लागि उपयुक्त स्थलको निर्माण तथा प्रयोगको व्यवस्था मिलाउनु पर्ने देखिन्छ ।
प्रकाशन मिति :२०७७ साउन २४
लेखक : विष्णु घर्ती ‘भनभनेली’ मालारानी गाउँपालीका अर्घाखाँचीका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ ।
gharti.bg@gmail.com