सितगगां महोत्सवमा आज चौथो दिन शान्ती श्री परीयारको विषेश प्रस्तुति रहने

अर्जुन बेल्बासे फागुन ४ सितगंगा –
सितगगां उध्योग वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामा मा
सञ्चालित प्रथम शितगागां कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सवको आज चौथो दिन मुख्य आकर्षकको रुपमा राष्ट्रियलोक तथा चर्चित लोक दोहोरी गायिका शान्ती श्री परीयार ,गायक पकंज क्षेत्री ,गायक अर्जुन मिश्र, गायिका विमला सोती ,डान्सर सारदा भुसाल लगायत स्थानिय कलाकारको साथमा छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

कृषि पर्यटन उध्योग ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ सुरु भएको प्रथम सितगगां महोत्सबको आज चौथो दिन महोत्सवको आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा प्रतिशप्रधाको मैदानमा होमएका १२ जना प्रतिहप्रधिहरु वाट सनिवार दर्शकहरु बाट पाएको भोट र हिजोे देखाएको प्रष्तुतिको को आधारमा आज एक जना बाहिरीने मिडिया संयोजक सचिन बोहाराले जानकारी दिए ।

डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । प्रथम शितगङ्गा खुल्ला डान्स आइडलको आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा डान्सर तथा मोडल निर्देशक हरी रीजालको रहेको आयोजकले जानकारी गराएको छ।

महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।
महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक ग्रामीण पर्यटकीय क्षेत्र तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । उक्त मेलामा १०५बढि बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ ।

महोत्सव फागुन १ गते देखि लागेको मेला फागुन १२ गते सम्म लाग्ने आयोजकले जानकारी दिएको छ ।महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।

सितगगां महोत्सवको तेस्रो दिन सम्झनाले सबैलाइ नचाइन

This image has an empty alt attribute; its file name is safe_image.php

अर्जुन बेल्बासे फागुन ३ सितगंगा –

कृषि पर्यटन उधोग ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ सुरु भएको प्रथम सितगगां महोत्सबको आज तेस्रो दिन भव्य रुपमा सम्पन्न भएका छ । महोत्सवका तेस्रो दिन सात लाख वरावरको आर्थिक कारोवार ,र पाचँ हजार दर्शले महोत्सवको अवलोकन गरेको मिडिया संयोजक सचिन बोहोराले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन आज मुख्य आर्कर्षकको रुपमा चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने,लोक तथा आधुनिक गायक दिपक भण्डारी , लोक तथा दोहोरी गायक विक्रम राना ,मिसन भुसाल ,सारदा भुसाल लगायत स्थानिय कलाकारले सबै दर्शहरुलाइ नचाएका थिए । साथमा महोत्सवमा छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुती रहेको थियो त्यस्तै भोली फागुन ४गते ,राष्ट्रिय लोक तथा दोहोरी गायिका सान्ति श्री परियार लगायत स्थानिय कलाकार को साथमा महोत्सवमा छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ ।

Image may contain: 1 person, standing

महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक ग्रामीण पर्यटकीय क्षेत्र तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । उक्त मेलामा १०५बढि बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ । महोत्सवको आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा १२ जना प्रतिशप्रधाको मैदानमा होमएको आयोजकले जनकारी दिएको छ ।सुरु भएको आयोजकले जानकारी दिएको छ ।

Image may contain: 1 person

आइडको मैदानमा उत्रिएका १२ जना मध्ये आज दर्श बाट पाएको भोट र आजको प्रष्तुतिको को आधारमा भोली एक जना बाहिरीने मिडिया संयोजक सचिन बोहाराले जानकारी दिए ।डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । प्रथम शितगङ्गा खुल्ला डान्स आइडलको आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा डान्सर तथा मोडल निर्देशक हरी रीजालको रहने आयोजकले जानकारी गराएको छ।

महोत्सव फागुन १ गते देखि लागेको मेला फागुन १२ गते सम्म लाग्ने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ ।

प्रथम शितगंगा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु

सचिन बोहोरा
ठाडा । अर्घाखांची शीतगंगा नगरपालिका– ३ ठाडामा प्रथम शीतगंगा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव विहीबारबा शुरु भएको छ । महोत्सवको प्रदेश–५ का पर्यटन मन्त्री लिला गिरीले उद्घाटन गरे । भौगोलिक हिसाकले देशकै ठुलो नगरपालिकामा शीतगंगा उद्योग वाणिज्य संघले आफ्नो स्थापनास“गै महोत्सव सञ्चालन गरेको छ ।

फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ५ स्टल छन् । दुई करोडको कारोवार हुने अपेक्षा आयोजकको छ । शीतगंगामा भएका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको प्रचार–प्रचार गरी पर्यटक भित्राउनु पनि महोत्सवको उद्देश्य रहेको आयोजक शीतगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए । शीतगंगामा उत्पादन भएको वस्तुको बजार प्रवद्धन गरी उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास छ ।

Image may contain: 14 people, including अराज बेल्बासे, people standingनगरका १४ वटै वडा दुर्गम र भौगोलिक जटिलता छ । महोत्सवले नगरको विकास र सम्बृद्धिमा सहयोग पुग्ने नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । उद्घाटनम प्रदेश सांसद रामजीप्रसाद घिमिरे, निर्मला क्षत्री, जलपा भुसाल, जिल्ला समन्यव समिति प्रमुख पिताम्बर शर्मा, सन्धिखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी विजय पौडेल लगायत दलका नेता, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा प्रमुख, सञ्चारकर्मी एवं सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ । source:hindukhabar

चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न

बिक्रम पाण्डे
सन्धिखर्क एफएम माघ २४ –

चारतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालीका वडा नं. १२ को साधारण सभा तथा प्रथम अधिबेशन सुक्रबार सम्पन्न भएको छ । अधिबेशनले पुनः कृष्ण खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको निर्बिरोध गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण कुमार बस्याल , सचिव तारा बस्याल र कोषध्यक्षमा खिमकला कुवँर रहनुभएको छ । यस्तै समितिको सदस्यहरुमा क्रमशः बोम बहादुर क्षेत्री , मोती कुमार श्रेष्ठ , कृष्ण श्रेष्ठ , शारदा परीयार , मिना श्रेष्ठ , तेजकला बस्याल रहनु भएको छ । त्यस्तै अधिबेशनले ऋण समितिको संयोजकमा राम बहादुर बस्याल र लेखा समितिको संयोजकमा लिलामणी बस्याललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

अधिवेशनको उद्घाटन गर्दे सन्धिखर्क नगरपालीका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काले सहकारीको माध्यमबाट समाजिक र आर्थिक रुपान्तरणमा सहयोग मिल्ने बताउँदै सबैलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नु भयो ।

सन्धिखर्क नगरपालीका सहकारी शाखा प्रमुख जिव नारायण आचार्यले सहकारीमा बचत गरेको सानोसानो बचतले भविष्यमा आउने जोखिम न्यूनिकरणको लागी उपयोगी हुने बताउनु भयो । कार्यक्रममा कृषी विकास बैंक शाखा प्रमुख चिरन्जीवी बस्याल , सल्लाहकार लिलाधर बस्याल , हरी बहादुर खड्का , केशवराज कुवँर लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण खड्काको अध्यक्षता र सचिव तारा बस्यालको संचालनमा सम्पन्न भएको हो ।

भुमिकास्थान नगरमा चेम्वर अफ कमर्सको समिति गठन ।

गोपाल भट्टराई
माघ ४ अर्घाखाँची –

भुमिकास्थान नगर चेम्वर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी प्रेम कुमार थापा निर्वाचित हुनुभएको छ । नुवाकोटमा सनिबार सम्पन्न प्रथम नगर भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय नगर समितिको सर्वसम्मत चयन गरेको हो । भुमिकास्थान नगरपालिकाका १० वटै वडामा व्यापार व्यवसाय गर्ने व्यापारीहरुको उल्लेखनिय सहभागितामा सम्पन्न भेलाको उद्घाटन गर्दै चेम्वर अफ कमर्सका जिल्ला सहसचिव सुकदेव बेल्वासले व्यापारीक क्षेत्रको समस्या समाधानको निम्ति चेम्वरले शसक्त भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै नगरपालिकामा चेम्वरको संगठनलाई व्यापक बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अर्घाखाँची चेम्वर अफ कमर्सका जिल्ला प्रवक्ता हरिप्रसाद भुसालले व्यापारीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि सम्पुर्ण व्यवसायिहरु चेम्वरमा गोलवन्द हुनुपर्नेमा जोड दिनुभयो । प्रेम कुमार थापाको अध्यक्षता, रामचन्द्र श्रेष्ठको स्वागत मन्तव्य र केशव थापाको संचालनमा सम्पन्न भेलामा चेम्वरका जिल्ला सदस्य गोपाल खनाल, भुमिकास्थान ७ का वडा सदस्य हुम बहादुर सिंह ठकुरी, प्रस्तावित पुर्व अध्यक्ष लेखनाथ पाण्डे, व्यवसायी मदन कुमार दमासे लगायतले शुभकामना मन्तव्य राख्नुभए थियो ।