डाेटी भूकम्प : उद्धार तथा विवरण संकलनकाे काम चल्दै, ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाण्डाै – डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण सङ्कलनको काम थालिएको छ । सुरक्षाकर्मीसँगै रेडक्रसकर्मी र स्थानीयबासिन्दा समेत उद्धारमा जुटेका छन् । गएरातिको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका छन् । ८ वटा घर पूर्णरुपमा भत्केका छन् । घरमा च्यापिएर घाइते भएका पाँच जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।     

यसैबीच डोटीमा भूकम्पमा परेर ज्यान गुमाएकाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेको तत्काल उचित उपचारको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गएराति डोटीमा तीन पटकसम्म भूकम्प गएको थियो । २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र विन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार त्यस अघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ । source:ujyaaloonline

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.