श्याम घिमिरे ,मंसीर २६ अर्घाखाँची -अर्घाखाँचीमा एकैदिन १७ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । सुक्रबार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट १४ जना,मालारानी गाउँपालीकाबाट १ जना र छत्रदेब गाउँपालीकाबाट २ जना गरी एकैपटक १७ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । कुल ६९२ संक्रमितमध्ये हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६३९ पुगेको छ ।
अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा ३६ जना, भुमिकास्थान नगरपालीकामा १ जना,मालारानी गाउँपालीकामा १ जना र छत्रदेब गाउँपालीकामा ३ जना गरी जम्मा ४१ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन । भने जिल्लाका अन्य २ पालीकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित १२ जनाको भने ज्यान गईसकेको छ ।
