श्याम घिमिरेमंसीर २६ अर्घाखाँची – शान्ति माध्यमिक बिद्यालय मालारानी ५ बाँगीमा कक्षा १० मा अध्ययनरत कम्प्यूटर ईन्जिनियरिङ तर्फका अभिभाबकहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम बिहिबार बिद्यालयमा सम्पन्न भएको छ । बिद्यालयका प्रअ मानबहादुर पाण्डेको अध्यक्षता र प्राबिधिक धारका प्रमुख जिबन खनालको सञ्चालन एवं प्रस्तुतिकरणमा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष शोभाखर भुसाल, बिद्यालयका सहायक प्रअ माधब प्रसाद पन्थी,तारा भुसाल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मनतब्य राख्दै वडाअध्यक्ष शोभाखर भुसालले कोरोना भाईरस महामारीका बिच बिद्यालयले गरेका शिक्षण सिकाई क्रियाकलाप,कबिता र नृत्य प्रतियोगीता लगायतका गतिबिधिहरुको मुक्त कण्ठले प्रसंशा गर्नुभयो । यस्तै बिद्यालयका प्रअ पाण्डेले अभिभाबकहरुबाट आएका जिज्ञासा,बिद्यालयका आगामी रणनिति,अभिभाबकको दायीत्व र भुमिकाको कारेमा प्रष्ट पार्नुभएको थियो ।

भेलामा अभिभाबकको तर्फबाट हरीबहादुर चौहान,कृष्णप्रसाद भुसाल,तारा खनाल,भूपनारायण भुसाल,तामलाल भुसाल लगायतले मनतब्य राख्नु भएको प्रअ मानबहादुर पाण्डेले जानकारी दिनुभयो । बिद्यालयले कम्प्यूटर ईन्जिनियरिङ बिषयको पठन पाठन सुरु गरेसंगै आफ्ना हरेक गतिबिधिहरुलाई तिब्ररुपमा अगाडी बढाउदै आईरहेको छ ।


