गोपाल भट्टराई मंसिर २६ – राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी.ले नेपालमा संघीयताबारे सुरुमा देखिएका भ्रमहरु साफ भएको दाबी गर्नुभएको छ । देश र जनताको कल्याणका लागि जतिसक्दो छिटो संघियता खारेज नभए देश र जनताले अझबढि दुःख झेल्नुपर्ने अध्यक्ष के.सी. भनाइ छ । राष्ट्रिय जनमोर्चा पाणिनी गाउँ समितिको आयोजनामा आज मैदानमा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सिंहदरबारको अधिकार टोलस्तरमा पु¥याउने दाबी गर्दै बोकाइएको संघियता कार्यान्वयनमा आएपछि सिंह मात्रै गाउँमा छिरेको अधिकार झन टाढिएको अनुभुती भएको अध्यक्ष के.सी.ले सुनाउनुभयो ।
राष्ट्रिय जनमोर्चा पाणिनी–५ मैदानका अध्यक्ष निमिराज भट्टराईको अध्यक्षता,उपाध्यक्ष हेमनाथ खनालको स्वागत मन्तव्य र सचिव मिना कोइरालाको सन्चालनमा सम्पन्न कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,पाणिनि इन्चार्ज गोविन्द वि.सी.,नेत्रृ सावित्रा घिमिरे,मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका प्रतिनिधि नारायण न्यौपाने,अखिल नेपाल युवक संघका प्रतिनिधि यादव थापा लगायतले सहभागिलाई प्रशिक्षण दिंदै राष्ट्र र जनताको हितमा सम्झौताहिन संघर्ष गर्दै आएको पार्टी राजमो मात्रै भएको बताउनुभएको छ । सत्तास्वार्थका कारण बोल्ने एउटा अर्को गर्ने दलहरुले जनतालाई सधै झुक्काएकोले अब जनता सचेत बन्नुपर्नेमा उहाँहरुको जोड छ ।