छत्रदेव २ र ४ मा जग्गाधनी प्रमाणपत्र वितरण

बिष्णु खनाल मंसिर २६ – अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं. २ र ४ मा विशेष नापी कार्यालय अर्घाखाँचीद्धारा डिजिटल प्रविधिबाट नाप नक्सा भएका जग्गाधनि प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । छत्रदेवको वडा नं. २ बल्कोट र वडा नं.४ केरुंगामा डिजिटल प्रविधिबाट नापनक्सा गरिएका जग्गाधनि प्रमाणपत्र वितरण गर्दै पुर्व उपप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य टोप बहादुर रायमाझीले जिल्लाका अन्य ठाउँमा पनि क्रमश जग्गाधनि प्रमाणपत्र वितरण गर्ने बताउनुभयो ।

उहाँले डिजिटल माध्यमबाट नापनक्सा गरेका जग्गाधनी प्रमाणपत्रले बैंकमा धितो राख्न सहज हुने बताउनुभयो । उहाँले अर्घाखाँची जिल्लामा विकासले क्रमश गति लिदैं गएको बताउनुभयो । यस्तै प्रतिनिधि सभासदस्य पुष्पा भुसालले डिजिटल प्रविधिबाट जग्गा नाँपजाच गर्ने कार्यलाई तीव्र गतिमा अगाडी बढाउन आग्रह गर्नुभयो ।

जिल्लामा हुने हरेक विकास निर्माणमा काममा पक्ष र विपक्ष बनेर वादविदाद गर्नु नहुने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसाल, सन्धिखर्क नगरपालिका प्रमुख, कमल प्रसाद भुसाल, छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, छत्रदेव गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, नेकपा छत्रदेव अध्यक्ष रामलाल पराजुली, पत्रकार महासंघ लुम्बिनि प्रदेश सदस्य अशोक खनाल, प्रेमनारायण आचार्य, नविन केसी लगायतले मन्तव्य राख्दै कोरोना भाइरसका बावजुत पनि फिल्डमा कर्मचारी खटाएर जनताको काम गरेका भन्दै धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रममा आज एक सय भन्दा बढि लालपुर्जा वितरण गरिएको थियो । केरुंगामा एक हजार १ सय ३५ र बल्कोटमा ६ सय २५ लालपुर्जा वितरण गरिने विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम बहादुर रानाले जानकारी दिनुभयो । कार्यक्रम विशेष नापी कार्यालय अर्घाखाँची प्रमुख खिम बहादुर रानाको अध्यक्षता र माधव अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.