कृष्ण बहादुर सुनारद्बारा बुवाआमाको सम्झनामा अक्षयकोषकाे स्थापना

गाेपाल भट्टराई मंसिर २६ – भुमिकास्थान नगरकार्यपालिका सदस्य कृष्ण बहादुर सुनारले बाबुुआमाको सम्झनामा अक्षयकोष स्थापना गर्नुुभएको छ । आफु अध्यक्ष रहेको स्थानिय बिरेन्द्र आधारभुत विद्यालयमा स्वर्गिय बुवाको आज १० औं दिनको पूण्य तिथि पारेर बुवा हर्क बहादुर सुनार र आमा उमकला सुनारको सम्झना र सम्मान स्वरुप १ लाख १ हजार १ सय १ रुपैंयाको अक्षयकोष स्थापना गर्नुुभएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता समेत रहनुभएका एक मात्र छोरा कृष्णले स्वर्गिय बाबुुआमाको सम्मान स्वरुप स्थापना गरेको कोषमा हर्क बहादुरको छोरी चित्रकला सुनारले ४ हजार १ सय १ र नातीनी सरिता सुनारले ५ हजार १ सय १ रुपैंया थप गरि १ लाख १० हजार ३ सय ३ रुपैंया पुराइएको छ । आफु अध्यक्ष भएदेखि नै विद्यालयको शैक्षिक एवम् भौतिक सुधार गर्न लागिपरेको,सबैले साथ दिइरहेको अवस्थामा पढ्न चाहने तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थिलाई पठनपाठनमा टेवा पुगोस् भनेर बाबुुआमाको स्मृति र सम्मानमा अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभएको छ ।

अक्षयकोष स्थापना तथा विद्यार्थिलाई शैक्षिक सामाग्री बितरण गर्न आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे,नगर प्रवक्ता बाबुराम पन्थी,प्रमुख प्रशासकिय अधिकृत लिला राउत,वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थी,राष्ट्रिय जनमोर्चाका नेता सागर के.सी.,झविलाल थापा,शिक्षक सुभाषचन्द्र बन्जाडे, शिक्षक गाेबिन्द केसि, रेडियोकर्मी हरी प्रसाद भुसाल लगायतले मन्तव्य राख्दै कृष्ण सुनार र उहाँको परिवारले गरेको प्रशंसनिय कार्यले समृद्ध राष्ट्र निर्माणमा ठुलो टेवा पुग्ने बताउनुभएको छ ।

यसैविच कृष्ण सुनारको परिवारले शैक्षिक क्षेत्रमा गरेको सहयोगबाट प्रभावित भएर नगर प्रमुख रेसम थापाले पनि सहयोगको घोषणा गर्नुभएको छ । आफ्ना स्वर्गिय हजुरबुवा जुद्धबिर थापा क्षेत्री र स्वर्गिय हजुरआमा तिलकला थापा क्षेत्रीको सम्झनामा १९ हजार ९ सय ९९ सय रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.