प्रेमनारायण आचार्य सन्धिखर्क २० मंसीर – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा महिला हिंसा र कानूनी प्राबधान सम्बन्धि चार दिने तालिम आज देखि शुरु भएको छ । महिला सञ्जाल सन्धिखर्क १० को आयोजना र वडा नम्वर १० को आर्थिक सहयोगमा शुरु भएको तालिममा वडा भित्रका महिलाहरुको सहभागिता रहेको छ ।

महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षतामा शुरु भएको तालिमको उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिका वडा नम्वर १० का वडा सदस्य चमकला भुसाल, शान्ता नेपाली, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो । तालिमको सहजीकरण अधिबक्ताहरु केवी भुसाल , विजय केसी र नारायण खत्रीले गर्नु भएको छ । कार्यक्रम महिला सञ्जालकी अध्यक्ष मिश्रा आचार्यको अध्यक्षता, सचिव कमला पराजुलीको सञ्चालन र सहसचिव हिरा खनालको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

