नरपानीमा “वातावरण र पर्यटनबीचको अन्र्तसम्बन्ध” विषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न, पर्यटन प्रवद्र्धन गर्न वातावरणको संरक्षण गर्नु पर्नेमा बक्ताहरुको जोड

सन्धिखर्क एफएम ,मंसीर २१ अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्वर ६ नरपानीमा “वातावरण र पर्यटनबीचको अन्र्तसम्बन्ध” विषयक अन्र्तक्रिया कार्यक्रम सुक्रवार सम्पन्न भएको छ । खाँचीकोट–नरपानी वातावरण सरोकार समूहले आयोजना गरेको सन्धिखर्क नगरस्तरीय सर्वदलीय र सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले नरपानी–खाँचीकोट क्षेत्र सहित अर्घाखाँची जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जिल्लाका सबै शक्ति मिलेर अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले पछिल्लो समय पर्यटन प्रवद्र्धन बिकासको क्षेत्रमा नगरले गम्भीरता पुर्बक कामगरीरहको भन्दै नगर क्षेत्र भित्रका पर्यटन पुर्वाधारहरुको बिकासमा नगरपालीका सधैब हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा मनतब्य राख्दै नेपाली काँग्रेस सन्धिखर्क नगर सभापति विनोद आचार्यले वातावरण चिन्ताको विषय भएको हुँदा आवश्यकताले बनेका प्राकृतिक सम्पदाहरुको संरक्षण गर्नु पर्ने बताउनु भयो । उहाँले नरपानीमा चुनढुङ्गा उत्खनन् बन्द भए जस्तै खाँचीकोटमा पनि बन्द गरेर सबै शक्ति पर्यटन प्रर्वद्धनमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष कमल प्रसाद घिमिरेले खाँचीकोटको समेत चुनढुङ्ग उत्खनन् बन्द गरेर वातावरण संरक्षण गर्दै अर्घाखाँचीको नरपानी र खाँचीकोट क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने आफ्नो पार्टीको घोषित नीति र निर्णयनै भएकोले सबै राजनैतिक शक्तिलाई सोही दिशामा लाग्न अनुरोध गर्नु भयो ।

सन्धिखर्क नगरपालिका वडानं.६ नरपानीका वडाअध्यक्ष कृष्ण आचार्यले नरपानीले चुनढुङ्गा उत्खनन् बिर्सिसकेकोले खाँचीकोटले पनि सधंैको लागि उत्खनन् त्यागेर पर्यटन उद्योगको विकासमा हातमालो गर्नु पर्ने बताउँनु भयो ।

सन्धिखर्क नगरपालिका वडानं.७ का वडासदस्य विष्णु प्रसाद भुसालले चुनढुङ्गा उत्खनन् गरेपनि बन्द गरेपनि एकमतले गर्नु पर्ने बताउँनु भयो ।

आदर्श मा.वि. खाँचीकोटका प्र.अ. डिल्लीराज थापाले खाँचीकोटमा चुनढुङ्गा उत्खनन् गर्दा इआएका मापदण्डहरु पुरा नगरिएको र नियमनकारी निकायबाट अनुगमन समेत नभएको बताउँनु भयो ।
सोही बिद्यालयका शिक्षक गणेश थापाले टाठाबाठालाई नबोल्ने बनाएपछि इआईए लागू गर्ने नपर्ने रहेछ भन्दै गुनासो गर्नुभयो ।

नेकपा ६ नं. वडाका वडाअध्यक्ष श्रीधर महत्राले राजनैतिक शक्तिहरुले दोहोरो भूमिका खेल्न नहुने बताउनु भयो । नेपाली काँग्रेस ६ नं. वडा सभापति बुद्धि न्यौंपानेले नरपानीले जस्तै खाँचीकोटले पनि वातावरण संरक्षण गरेमा आफुहरुको साथ रहनेमा प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चा ७ नं. वडा खाँचीकोटका अध्यक्ष दिलदार हुसेनले खाचीकोटको चुनढुङ्गा उत्खनन् सधैका लागि बन्द गरेर वातावरणलाई सुरक्षित, संरक्षित, स्वच्छ र सुन्दर बनाएर खाँचीकोट र नरपानीलाई देशका उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेस ७ नं. वडा खाँचीकोटका प्रतिनिधि गोपाल प्रसाद भुसालले वातावरणलाई नोक्सान पु¥याउदा पर्यटक नआउने बताउदै सधैकालागी चुनढुङ्गा उत्खनन् बन्द गर्नु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चा ६ नं. वडाका अध्यक्ष पूर्ण बहादुर चँुदालीले पर्यटकीय गन्तव्यको विकास गर्न वातावरण संरक्षित हुनै पर्ने तर खाँचीकोटको उत्खनन्ले वातावरण खलबलिएको बताउँनु भयो । स्थानीय विद्यार्थी विष्णु थापाले पश्चिम भारतका पहाड भन्दा महाभारत श्रृंखला धेरै सुन्दर भएकोले त्यसको संरक्षण गर्नु पर्ने बताउँनु भयो ।

स्थानिय शिक्षक गणेश थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा वातावरण अभियान्ता पदम केसीले विषयवस्तु प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता, पर्यटन र वातावरणका सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो । स्रोत : पदम केसी नरपानी

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.