मालारानी ३ खनदहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता कार्य अनलाइन प्रणालीबाट शुभारम्भ,वडाबासीलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्न नयाँ अभ्यासको थालनी गरिएको वडाअध्यक्ष खनालको भनाइ

सन्धिखर्क एफएम मंसिर १९ – अर्घाखाँचीको मालारानी गाउँपालिका–३ खनदहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता कार्य अनलाइन प्रणालीबाट बिहिबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । वडा कार्यालयमा खिमानन्द खनाल र प्रमिला खनालकी छोरी प्रश्बी खनाललाई अनलाइन प्रणाली मार्फत जन्मदर्ताको प्रमाणपत्र प्रदान गरि शुरुवात गरिएको छ । पहिलो सेवाग्राही उनीहरूलाई अभिर र फुलमाला लगाएर सेवा दिइएको छ । वडाअध्यक्ष शोखाभर खनालले शुभारम्भ गर्दै अनलाइन प्रणालीबाट दर्ताको काम शुरुवात भएको बताए ।

वडाबासीलाई सरल र सहज तरिकाले सेवा प्रवाह गर्न नयाँ अभ्यासको थालनी गरिएको बताए । नेपाली कांग्रेस मालारानी गाउँ कार्यसमितिका सभापति समेत रहेका खनालले वडाको विकास र समृद्धिको लागि योजनाबद्ध ढंगले काम भैरहेको बताए । वडाका हरेक विकास योजनाका काम द्रुत गतिमा अघि बढेको र छिटो छरितो एवं प्रभावकारी ढंगले अघि बढाउँदै मालारानी गाउँपालिकाको वडा नम्बर ३ लाई विकासमा नमूना वडाको रुपमा उभ्याउन आफु निरन्तर लागि परेको बताए । वडा सचिव कमल चौहानले सेवाग्रहीलाई सरल र सहज ढंगले सेवा प्रवाहका कामलाई प्रभावकारी बनाइएको उनले बताए ।

छिटो छरितो ढंगले काम गर्न आफुहरु कटिबद्ध रुपमा निरन्तर खटिरहेको वडा सचिव चौहानले बताए । शुभारम्भ कार्यक्रममा कान्तिपुर दैनिकका उप–सम्पादक तथा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, वडा कार्यालयका कर्मचारी सुना पोखरेल, तारा पुन र भुवन खनाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.