छैठौं उद्योग दिवस अर्घाखाँचीमा पनी मनाईयो

 मंसिर ९ गते अर्घाखाँची – राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्वलले उद्यमका क्षेत्रमा थुप्रै प्रयासहरु भईरहेका बताएका छन् । तिनै तहका सरकार उद्यमका क्षेत्रहरु विस्तार गर्न लागिपरेको उनले बताए । अनुत्पादक क्षेत्रमा ठूलो लगानी खर्च भईरहेको भन्दै उनले उद्योग व्यवसायमा उचित लगानी हुने हो भने बल्ल समृद्धि हासिल हुने बताए ।

छैठौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग अर्घाखाँचीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले अर्घाखाँचीको बजार सानो भएकाले सृजनशिल उद्यम गर्नुपर्नेमा जोड दिए । समानान्तर उद्यम गर्दा सानो बजारमा खपत नहुने भएकाले सृजनशिल उद्यम गर्नुपर्ने उनको तर्क छ ।

कार्यक्रमका विशिष्ट अतिथी सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले राज्यको प्रयासमा व्यवसायीहरुले साथ दिए मात्र लक्ष्यप्राप्ती गर्न सकिने बताएका छन् । स्थानिय सरकारले लगानी गरिरहेको तर त्यही अनुरुप लक्ष्यप्राप्ती भने हुन नसकेको बताए । उद्योग बिना आर्थिकोपार्जन सम्भव नहुने भन्दै उनले लगनशिल भएर काम गर्न आग्रह गरे ।

वैदेशिक रोजगारलाइ न्यूनिकरण गर्न पनी युवाहरुलाई उद्यमी बनाउनु पर्ने उनको भनाई छ । अर्घाखाँची आफैमा प्राकृतिक सम्पदाले भरिपुर्ण ठाउँ भएकाले जाँगर गरे हरेक चिज यहाँ उत्पादन गर्न सकिने बताए । सन्धिखर्क नगरपालिकाले उद्यमका क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको र गर्न खोज्नेलाई नगरपालिकाले निराश नबनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले दर्ता नभई सञ्चालित उद्योग व्यवसायले कर छली गर्ने र राष्ट्रलाई कुनै योगदान नदिने भन्दै उनीहरुलाई निरुत्साहित गर्ने गरी कदम चालिने बताए । स्थानियस्तमा पहिचान बनाउने उत्पादनमा उनले जोड दिए । कार्यक्रममा उद्योगी रमा खत्री, पत्रकार लक्ष्मण घिमिरे, चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठ, नेपाली कांग्रेसका सभापती बिष्णुप्रसाद खनाल मुस्कान लगायतले मन्तव्य राखेका थिए ।

छैठौं उद्योग दिवसका अवसरमा आयोजित कार्यक्रममा घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख केशव सुनारले कार्यपत्र प्रस्तुत गरे । अर्घाखाँचीमा २७ सय ६२ उद्योग दर्ता रहेको भन्दै सुनारले सबैलाई समान ढंगले सहयोग गरिरहेको बताए । ‘उद्योग र रोजगार, समृद्धीको आधार’ भन्ने नारा सहित मनाईएको कार्यक्रम कार्यालय प्रमुख केशव सुनारको अध्यक्षता र लक्ष्मी दहालको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा उद्योगिहरुलाई खादा र प्रमाणपत्र सहित सम्मान समेत गरिएको थियो । हरेक वर्ष मंसिर ९ गते यो दिवस मनाउँदै आईएको छ । source:lumbinipost

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.