गोपाल प्रसाद भट्टराई मंसिर ७,अर्घाखाँची – त्रिवेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सन्धिखर्कको नवौं बार्षिक साधारण सभा भर्चअल माध्यमबाट सम्पन्न भएको छ । संस्थाको स्थापना दिवको अवसरमा सन्धिखर्क–२ मसालबजार स्थित कार्यालयबाट जुम मार्फत आयोजना गरिएको कार्यक्रम सहकारीका अध्यक्ष उत्तममणी मिश्रको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेको स्वागत मन्तव्य र सचिव कमल प्रसाद घिमिरेको संचालन मा सम्पन भएको हो । यस्तै लेखा समितिका संयोजक श्री शिव बेल्बासेले आ.व. २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम लेकालीले आर्थिक समृद्धिका निम्ती सहकारी आन्दोलन महत्वपूर्ण भएको बताउँदै सहकारी आन्दोलनले आर्थिक , सामाजिक र सांस्कृतिक विकासमा मद्धत पुर्याउने बताउनुभएको छ । कार्यक्रममा संस्थाको आ ब २०७६/७७ को प्रगति बिवरण, संस्थाको शेयरपुँजी, बचत र लगानी , आम्दानी र खर्च समेटिएको प्रतिवेदन समेत प्रस्तुत गरिएको कार्यालय व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।

१२ करोड १५ लाख ३१ हजार ६ सय ९० कुल पुंजी रहेको सहकारीले कृषि,ब्यापार,ब्यवसाय प्रर्वद्धनको निम्ती सरल कर्जा उपलब्ध गराउँदै आएको छ । सहकारीमा हालसम्म ७ सय ५९ जना सेयर सदस्य रहको कार्यालय व्यवस्थापक खनालले बताउनुभएको छ ।



