
अर्घाखाँची मंसिर ७- र्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं.२ ढाकावाङ्ग निवासी ६२ बर्षिय निमकला खनालकाे राेएरै दिन बित्ने गरेकाे छ । बेदनाकाे पहाड बाेकेर बाँचेकी निमकलाका श्रीमान बितेकाे बर्षाै भएकाे छ । जेठाे छाेरासंगै बस्दै आएकी उनी अहिले नातिकाे पिरले भाेकतिर्खा हराएकाे छ । चार बर्षका नाति अनुजलाई अहिले गम्भीर राेग लागेकाे छ । छुमुछुमु हिड्ने पाईला र ताेते बाेली दैवले कति बेला चुड्ने हाे सन्त्रासमा छिन् उनि । फूल जस्ताे नाति आफ्नाे जीवनभन्दा प्याराे लाग्छ उनलाई ।

पीडित बालक अनुज खनाल नातिसंगै खेलेर दुख बिर्सिने गरेकी निमकला सुर्ता सपना नाति कै छ । मेलापर्व जे आए पनि उनकाे आङमा घाम लाग्दैन । अर्काे महिनाकाे खर्च कहाँबाट जुटाउने भन्ने पिराेलाेले मात्रै सताईरहन्छ उनलाई । अनुज खनाल जन्मेदेखि नै अस्वस्थ छन् । उनलाई थाले सिमिया भन्ने राेग लागेकाे छ । उनलाई जन्मेकाे ४ महिनादेखि अहिलेसम्म अरूकाे रगत दिएर बचाईएकाे छ ।राेगकाे कारण शरीरले रगत उत्पादन गर्न छाडेपछि उनलाई बचाउन निरन्तर अरूकाे रगत आवश्यकता परेकाे हाे । उनकाे उपचार शुरूमा काठमाण्डु र अहिले आम्दा अस्पताल भैरहवामा हुँदै आएकाे छ ।

पीडित बालककी आमाअनुज खनाललाई जन्मेकाे ४ महिनादेखि उपचार गर्दै आएकाे उनकी आमा शाबित्रा खनालले बताईन् । “सुरूमा एक एक महिनामा उपचारकाे लागि काठमाडौ लैजानु पर्दथ्याे । अहिले प्रत्येक २१ दिनमा आम्दा अस्पताल पुर्याउनु पर्दछ,” उनले भनिन्, “उपचारमा ढिला भए बच्चा आत्तिने, खाना नखाने, शरीर सेताे हुँदै जाने र बेहाश हुने गर्छ। ”यसरी प्रत्येक पटक आउँदाजाँदा औषधि उपचार खर्च जुटाउन सारै मुस्किल परेकाे उनकाे भनाइ छ । डाक्टरले याे राेग बाट बच्चालाई बचाउन सधै रगत दिएर मात्र सम्भव नहुने हुँदा बाेनमेराे फेर्नुपर्ने बताएका छन् । यस्काे उपचार खर्च न्युनतम पनि ३० लाख लाग्ने डाक्टरहरू बताउँछन् । शावित्राकाे श्रीमान भारतमा छन्, लकडाउनका कारण उनकाे जागिर पनि धरापमा परेकाे छ । अनुजकाे दाजु १२ बर्षकाे छन् ,उनलाई पनि आँखा नदेख्ने राेग लागेकाे छ ।

पहिलाे छाेरा आँखाकाे कमजोरी हुनु, सानाे छाेरा गम्भीर राेग लाग्नु घरमा सहयाेग गर्ने काेही नहुनुले अन्धकार छाएकाेछ याे घर परिवारमा ।
नातिलाई बचाउन बारम्बार सहयाेग पुर्याउने चासाे चिन्ता राखिरहने छाेरी बिष्णुमाया खनाल “भुसाल”काे अतुलनिय याेगदान भएकाे आमा निमकला बताउनु हुन्छ । साथै याे दुखमा साथ दिने घरदैलाेमा आएर सहयाेग गर्ने सबैलाई धन्यबाद भन्नुहुन्छ ।
आउनुहाेस् उहाँहरूकाे दु:खमा हामी पनि सहयोगी बनाै ,पराेपकारभन्दा ठूलो धर्म अर्काे कुनै छैन । हाम्राे सानाे सहयाेगले त्याे अबाेध बालककाे जीवन बच्न सक्छ । सबै पुण्य आत्माहरू, परोपकारी मनहरूसंग उहाँहरूले अनुजकाे जीवन रक्षार्थ अपील गरिरहनु भएकाे छ, सहयाेगकाे अपेक्षा गर्नु भएकाे छ । एकपटक पत्रकार रविलाल पाैडेलले उनकाे बिषयमा तयार पारेकाे भिडियो पनि हेर्नुहाेस् (तल लिंकमा दिइएको छ ) , मन पलाए हामीलाई सम्पर्क गर्नुहाेस् ।
सहयाेगकाे निम्ति बैक खाता नं. र सम्पर्क नं. यस प्रकार छन् :-
*अनुज खनाल, खाता नं.०४१०१४३२४३४०००१७
एनएमबि बैंक लिमिटेड, सन्धिखर्क, अर्घाखाँची ।
*कवि खनाल ,ढाकाबाङ्ग : ९८५७०२९२१६
* राम प्रसाद पन्थी (सन्धिखर्क): ९८५७०२९५५६
* निमकला खनाल (ढाकावाङ्ग): ९८४४७७८१७४
* बिष्णु खनाल “भुसाल ” (काठमाण्डाैं):९८४१९९०४५४
* रविलाल पाैडेल, पत्रकार (बुटवल):९८५७०६४६५८
* हिम लेकाली, पत्रकार (अर्घाखाँची):९८५७०६१४२८ https://youtu.be/PWu_dzh91fA
source:sugampost.com