श्याम घिमिरे मंसीर ७ अर्घाखाँची -अर्घाखाँचीमा एकैदिन २९ जना कोरोना संक्रमीत निको भएर डिस्चार्ज भएका छन । आईतवार जिल्लाको सन्धिखर्क नगरपालीकाबाट २८ जना र भुमिकास्थान नगरपालीकाबाट १ जना गरी २९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कुल ६२८ संक्रमितमध्ये हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५९३ पुगेको छ । अहिले जिल्लाको सन्धिखर्क नगरपालीकामा मात्रै २६ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन भने जिल्लाका अन्य ५ पालीकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । संक्रमणका कारण हालसम्म १ जनाको आत्महत्या सहित ९ जनाको ज्यान गईसकेको छ ।
