अध्यक्ष केसीको उपचारका लागि सहयोग गर्न राष्ट्रिय जनमोर्चाको अपिल, अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोहि नफस्न छोरा सचित्रको आग्रह ।

श्याम घिमिरे
कार्तिक २७ अर्घाखाँची –

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई स्वास्थ्य उपचारका लागि आर्थीक सहयोग गर्न पार्टीले सबैसंग आग्रह गरेको छ । कोरोना संक्रमण पुष्टि भएसंगै केहि दिनदेखि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराईरहनु भएका अध्यक्ष केसीको स्वास्थ्य अबस्था गम्भीर रहेको भन्दै पार्टीले एक बिज्ञप्ती निकाली उहाँको उपचारकोलागी सहयोगगर्न अपिल गरेको हो । राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बुधबार विज्ञप्ती प्रकाशित गरी अध्यक्ष केसीको उपचारकोलागी सहयोगगर्न पार्टी र शुभचिन्तकहरुलाई आग्रहगर्दे बैंक खातानम्वर समेत उपलब्ध गराउनु भएको हो ।

यसैबिच अध्यक्ष केसीका छोरा सचित्र केसीले सामाजिक सन्जाल फेसबुक मार्फत बुवाको उपचारकोलागी अनावश्यक हल्ला गरेर पैसा नउठाउन सबैलाई आग्रह गर्नुभएको छ । उहाँले बुबा खतरामुक्त रहेको भन्दै अनावश्यक हल्ला गरेर पैसा उठाउने बहानामा कोही पनि नफस्न आग्रह गर्नुभएको हो । केसीले आबश्यक परे पारीबारीक रुपमा आफुहरुले सुचना गर्ने बताउदै त्यस भन्दा अगाडि चित्र बहादुर केसी गम्भीर छन भनेर प्रचार गरिएको भन्दै त्यो सर्बदा झुट रहेकोले त्यसको पछि नलाग्न सामाजिक सन्जाल मार्फत सबैलाई अपिल समेत गर्नुभएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.