श्याम घिमिरे,
कार्तिक २६ अर्घाखाँची-
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । मंगलवार सन्धिखर्क नगरपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६०३ पुगेको हो । संक्रमित मध्ये हालसम्म ५५७ जना डिस्चार्ज भएका छन । अहिले जिल्लामा ३८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ३६ जना, भुमिकास्थान नगरपालीकामा १ जना र मालारानी गाउँपालीकामा १ जना गरी जम्मा ३८ जना संक्रमित आईसोलेशनमा रहेका छन ।
यसैबिच कोरोना संक्रमणका कारण अर्घाखाँचीमा थप एकजनाको मृत्यु गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडानं ११ डिभर्ना, जोगीमारे घर भई हाल सदरमुकाम सन्धिखर्कमा व्यवसाय गर्दै आएका ३३ वर्षीय कृष्ण आचार्यको मंगलवार बिहान निधन भएको हो । आचार्यको भैरहवा मेडीकल कलेजमा निधन भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कोरोनाको लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनी कोरोना संक्रमित रहेको स्वाब परीक्षण गर्दा पुष्टि भएको हो । आचार्यले सन्धिखर्क शान्ति बगैँचा नजिकै दुग्ध व्यवसाय संचालन गर्दे आएका थिए । आचार्यको निधन संगै जिल्लामा कोरोना संक्रमणका कारण १ जनाको आत्महत्या सहित ८ जनाकोे ज्यान गएको छ ।
