बसन्त श्रेष्ठ छापेली
मंसिर २५, अर्घाखाँची –
नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले स्वर्गीय इश्वरी प्रसाद श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्क नगरपालिका वडा नं १२ को आयोजनामा छापमा आयोजित श्रद्धाञ्जली सभामा मन्तव्य राख्दै उहाँले इश्वरी प्रसाद श्रेष्ठ पार्टीको बफादार तथा विकास प्रेमी संगठक रहेको बताउनुभयो । उहाँले श्रेष्ठले जुन सुकैबेला पनि पाटी संगठन निर्माण, सामाजिक प्रगतिको पक्षमा उभिदै आएको स्मरण गराउदै परिवारलाई समेत सोही बाटोमा हिड्दै उहाँको सपनालाई साकार पार्न अपिल गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनुभएका नेता आचार्यले कोरोनाबाट बच्न सबैलाई सचेत रहनुपर्नेमा जोड दिदै पुर्ण रुपमा स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा उहाँको जोड थियो ।
नेकपा सन्धिखर्क वडा नं १२ वडा कमिटि सचिव बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला कार्यालय सदस्य पिताम्वर भुसाल, कार्यालय सदस्य तथा सन्धिखर्क नगर कमिटि इन्चार्ज राजेन्द्र भुसाल, जिल्ला कमिटि सदस्य तथा नगरकमिटि सह इन्चार्ज युवराज श्रेष्ठ, नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटि सदस्य तथा वडा नं २ का वडा अध्यक्ष मोतिजंग रायमाझी, जिल्ला कमिटि सदस्य सीता कुमारी श्रेष्ठ, नेकपा सन्धिखर्क नगर कमिटि सदस्य तथा वडा इन्चार्ज रामबहादुर बि.क, नगरकमिटि सदस्य तथा वडा नं १ अध्यक्ष लक्ष्मण पराजुली लगायत वडा कमिटि तथा टोल कमिटिका पदाधीकारीले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका संगठित सदस्य स्वर्गीय इश्वरी प्रसाद श्रेष्ठ कम्युनिष्ट आन्दोलनका एक योद्धा हुनुहुन्थ्यो । निमोनियाको समस्या देखिएका ५८ बर्षिय श्रेष्ठको कोरोना भाईरसका कारण उपचारको शिलशिलामा भिम अस्पताल भैरहवामा यहि मंसिर १८ गते निधन भएको थियो । उहाँका श्रीमती , २ छोरा, २ बुहारी, र १ छोरी छन् ।
यस्तै सन्धिखर्क नगरपालिका वडा नं १२ सल्लिकोटमा समेत नेकपाले शोकसभा सम्पन्न गरेको छ । सन्धिखर्क नगरपालिका वडा नं १२ सल्लिकोट निवासी बाबुराम श्रेष्ठको छैठौँ दिनको पुण्य तिथीको अवसरमा आयोजित शोक सभामा नेकपा जिल्ला कमिटि अध्यक्ष चेतनारायण आचार्यले शोक मन्तब्य राख्दै दिवंगत बाबुराम श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले शोकाकुल परिवारजनप्रति गहिरो समबेदना व्यक्त गर्दै परिवारले स्वर्गीय बुबाले देखाएको बाटोलमा अगाढि बढी सपना साकार पार्न प्रेरित गर्नुभयो । श्रेष्ठको उपचारको क्रममा यहि कार्तिक २० गते ६७ वर्षको उमेरमा निधन भएको थियो । श्रेष्ठका श्रीमति, ३ छोरा र ३ बुहारी रहेका छन ।






