श्याम घिमिरे
अर्घाखाँची २२ कार्तिक –
सात जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको कोरोना संक्रमण देखिएपछि इमर्जेन्सी र प्रसुती सेवा बाहेकका अन्य सबै सेवा अर्को सुचना जारी नहुँदा सम्मको लागि बन्द गरिएको अस्पतालले सनिवार सुचना प्रकाशन गरी जानकारी गराएको हो ।
यसैबिच अस्पतालले अनावश्यक भिडभाड नगर्न, स्वास्थ्य सम्बन्धि मापदण्ड पालना गर्न र कोरोनालाइ सहज रुपमा नलिन समेत सुचना मार्फत अनुरोध गरेको छ ।
