पूर्वसभामुख महरा पत्नीको कोरोनाका कारण मृत्यु

कात्तिक १९,काठमाडौं :  पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको आज बिहान निधन भएको छ। 

माइस्थेनिया रोगबाट विगत १० वर्षदेखि पीडित उनको कोरोनाका कारण उपचारको क्रममा निधन भएको हो।  काठमाडौंको नर्भिक हस्पिटलमा यहि १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको आज बिहान ६ बजेर २५ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ। 

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

सीता महरा वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी हुन्। उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन्। source:thahakhabar

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.