श्याम घिमिरे
कात्तिक १९ अर्घाखाँची –
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५९८ पुगेको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा एकैपटक २६ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५९८ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । संक्रमितमध्ये ५२३ जनाले भने कोरोनालाई जितेर डिस्चार्ज भएका छन । अब जिल्लामा ६८ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
जसमा सन्धिखर्कमा ६४ जना, शितगंगमा २ जना,भुमिकास्थानमा १ जना र मालारानीमा १ जना गरी ६४ जना आइसोलेसनमा रहेका छन । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीका वडानं. १२ का एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएसंगै जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
