विश्व खाद्य दिवस अर्घाखाँचीमा पनि मनाईयो

हिम लेकाली अर्घाखाँची, १४ कात्तिक – ४० औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सन्धिखर्कमा मनाईएको छ । हाम्रो पहलः दिगो कृषि ,पोशिलो आहार भन्ने मुल नाराका साथ कृषि ज्ञान केन्द्र अर्घाखाँचीको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्वर शर्मा भुसालले मन्तब्य राख्दै देश कृषि क्षेत्रमा आत्मनिर्भर हुन सके मात्र सम्बृधि हुने बताउनुभयो । उहाँले कृषि प्रधान देश भएर पनि कृषि जन्य बस्तु आयात गर्नु पर्ने स्थिति मा देश रहेको बताउँदै कृषकलाई ब्यबसायिक खेति तर्फ उन्मुख गर्न राज्य तथा सरोकारबाला सबै गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो ।

यसै गरि कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिकले मन्तब्य राख्दै किसानले पहिले भन्दा अहिले सेवा ,सुबिधा पायको बताउँदै कृषिमा लाग्ने किसानलाई नगरपालिकाले थुप्रै राहत कार्यक्रम ल्यायको बताउनुभयो । साथै धेरै युवा शक्ति कृषि तथा पशुपालनमा लागेका छन् यसैले बिस्तारै जिल्ला कृषिमय हुन थालेको विकले बताउनु भयो । कृषि ज्ञान केन्द्र प्रमुख रोम मिलन प्रसाद बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कृषि अर्थ बिज्ञ महेन्द्र कुमार ओझाले र सञ्चालन कृषि अधिकृत बलराम घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा नेता भेष बहादुर केसि, जनता समाजवादि पार्टीका नेता नेत्र बहादुर थापा, राष्ट्रीय जनमोर्चाका नेता गोबिन्द बिसि, परिवार दलका अध्यक्ष डिल्लीराज भुसाल, परियोजना किसान २ का प्रमुख बिश्वचन्द्र पोख्रेल, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख केशव सुनार , सिंचाइ निमित्त कार्यालय प्रमुख रामजी भट्टराई , उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, किसान महासंघका ज्ञान बहादुर बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

दिवसको उपलक्ष्यमा बिहिबार सम्पन्न बिद्यालय स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा युवा बर्ष जनता रवि चित्र माबि हटारिका छात्र अभिशेष खनाल प्रथम ,सोहि विद्यालयकै छात्रा डेनिसा चौहान द्वितीय ,जनज्योति माविचुत्रावेसिकी छात्रा स्वेच्छा भुसाल त्रितिय र ग्रिन बोर्डिङ्ग स्कुल चुत्रावेसी कि छात्रा सुभेच्छा खनालले सान्त्वना स्थान प्राप्त गरेकि छन् ।

विजयी विद्यार्थीहरूलाइ प्रमुख अतिथि बाट नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । निबन्ध प्रतियोगिताको निर्णायकमा सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल , शिक्षा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली ,सनपा शिक्षा प्रमुख युगल नारायण बस्याल र ज्ञान केन्द्र प्रमुख राममिलन प्रसाद बिश्वकर्मा रहनु भएको थियो ।


यो दिवस प्रत्येक वर्ष अक्टोवर १६ अर्थात असोज ३० गते मनाईने गरेतापनि यस पटक कोभिड १९ तथा चाड पर्व बिशेषका कारण केन्द्रीय सर्कुलर अनुसार अक्टुवर महिना भित्र गर्ने भनिएकोले सोहि अनुसार दिवस मनाईएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत निमराज आचार्यले बताउनुभएको छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.