लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफुहरुको मुख्य हात रहेको छ -टोपबहादुर रायमाझी

गोपाल भट्टराई
अर्घाखाँची, १५ कात्तिक – प्रतिनिधिसभा सदस्य तथा पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफुहरुको मुख्य हात रहेको बताउनुभएको छ । अर्घाखाँचीबाट निर्बाचित संघिय तथा प्रदेशसांसदहरुको चलाखीपूर्ण भुमिकाले गर्दानै अर्घाखाँचीलाई पनि समेटेर दाङको भालुवाङ्गमा स्थायी राजधानी भएको सांसद रायमाझीले जिकिर गर्नुभएको छ ।

अर्घाखाँचीको भुमिकास्थान–१० स्थित धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवन उद्घाटन तथा एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सत्तारुढ नेकपाका प्रभावशाली नेता समेत रहनुभएका संघिय सांसद रायमाझीले भालुवाङमा प्रदेश राजधानी भएसंगै धनचौरसंगै दक्षिणभेल्टको विकासले फड्को मार्ने उद्घोष समेत गर्नभएको छ । “सडकको स्तर उन्नती,स्वास्थ्य र शिक्षा संगै हरेक क्षत्रेमा आमनागरिकले प्रत्यक्ष लाभ लिने गरि विकास हुन्छ”,नेता रायमाझीले भन्नुभयो “सडक तथा पूर्वाधार विकास संगै यस क्षेत्रका जडिबुटि तथा कृषि उपजको बजारीकरणमा सहज हुनेछ ।”एक फरक प्रसंगमा नेता रायमाझीले आफुहरुकै सक्रियतामा मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा प्रवेश गराएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो,“मुलुकमा राजनीतिक क्रान्ति र पूर्वाधार विकास अन्तिम चरणमा आइसकेको छ,अब सामाजिक विकास र समृद्धिको अभियान चलाउनुपर्ने समय आएको छ ।” राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का उज्ज्वल,राजनितिक दलका प्रतिनिधि,जनप्रतिनिधि,प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल,सुरक्षा निकायका प्रतिनिधि लगायत सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे,भुमिकास्थान नगरप्रमुख रेसम थापा,उप–प्रमुख खडानन्द वेल्वासे,मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,स्थानियको तर्फबाट नेपाली कांग्रेसका नेता लेखनाथ पाण्डे लगायतले मन्तव्य राख्दै सरकारको लगानीमा बनेका विकासको जनताले भरपूर सदुपयोग गर्दै संरचनाको संरक्षणमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

अबको विकास स्थलगत आवस्यकताको आधारमा हुनुपर्ने समेत उहाँहरुको भनाई छ । वडाध्यक्ष खगिश्वर पन्थीको अध्यक्षता,वडासदस्य टामलाल भट्टराईको स्वागत मन्तव्य र हेपो इन्चार्ज शिव प्रकाश जि।सी।को संचालनमा सम्पन्न कार्यक्रममा स्थानिय पूर्वाधार विकास आयोजना अन्तरगत भुमिकास्थान–१,१० र मालारानीको खनस्वास्थ्यचौकीलाई खरिद गरिएका तिनवटा एम्बुलेन्स हस्तान्तरण समेत गरिएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.