बिहिवार सन्धिखर्कमा ४ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५७१ पुग्यो, ६९ जना आईसोलेशनमा ।

श्याम घिमिरे
कात्तिक १३ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५७१ पुगेको छ । बिहिवार सन्धिखर्क नगरपालीकामा ४ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५७१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६९ पुगेको छ । जसमा सन्धिखर्कमा ६४ जना र शितगंगमा ५ जना रहेका छन । अन्य ४ वटा पालीकामा भने सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । संक्रमितमध्ये हालसम्म ४९६ जना डिस्चार्ज भैसकेका छन । संक्रमणका कारण १ जनाको आत्महत्या सहित ६ जनाको ज्यान गईसकेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

देशभर आइसियु र भेन्टिलेटरमा ३८० संक्रमित उपचाररत

कात्तिक १३ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार देशभर ३ सय ८० जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। मन्त्रालयको अनुसार हाल ७६ जना भेन्टिलेटरमा र ३०४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४९ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३६ जना आइसियु र १० जना भेन्टिलेटरमा र प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, सुदूरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १३ आइसियु र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन्।

यस्तै, नेपालमा एकैदिन थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना संक्रमित भएका छन्। जसले गर्दा संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ। आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।