श्याम घिमिरे
कात्तिक ७ अर्घाखाँची –
अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५३५ यथावत रहेको छ । संक्रमित मध्ये सुक्रवार पाणीनी गाउँपालीकाबाट ४ जना,मालारानिबाट १ जना र शितगंगा नगरपालीकाबाट २ जना गरी ७ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४१८ पुगेको छ । अब जिल्लामा १११ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
जसमा सन्धिखर्कमा ९६ जना, शितगंगमा १३ जना,भुमिकास्थानमा १ जना, जना र पाणीनीमा १ जना गरी जम्मा १११ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यसअघि कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गईसकेको छ ।
