सनिवार सन्धिखर्कमा ३० जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५६५ पुग्यो

श्याम घिमिरे
कात्तिक ८ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५६५ पुगेको छ । सनिवार सन्धिखर्क नगरपालीकामा एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५६५ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब जिल्लामा १४१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्कमा १२६ जना, शितगंगमा १३ जना,भुमिकास्थानमा १ जना र पाणीनीमा १ जना गरी जम्मा १४१ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यसअघि संक्रमणका कारण ६ जनाको ज्यान गईसकेको छ ।

Advertisement

अर्घाखाँचीमा सुक्रबार ७ जना कोरोना संक्रमणमुक्त,अब १११ जना आइसोलेसनमा

श्याम घिमिरे
कात्तिक ७ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५३५ यथावत रहेको छ । संक्रमित मध्ये सुक्रवार पाणीनी गाउँपालीकाबाट ४ जना,मालारानिबाट १ जना र शितगंगा नगरपालीकाबाट २ जना गरी ७ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४१८ पुगेको छ । अब जिल्लामा १११ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्कमा ९६ जना, शितगंगमा १३ जना,भुमिकास्थानमा १ जना, जना र पाणीनीमा १ जना गरी जम्मा १११ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यसअघि कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गईसकेको छ ।