अर्घाखाँचीमा बुधवार १० जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ५३४ पुग्यो

श्याम घिमिरे
कात्तिक ५ अर्घाखाँची-

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५३४ पुगेको छ । बुधवार शितगंगा नगरपालीकामा ९ जना र सन्धिखर्क नगरपालीकामा १ जना गरी थप १० जनामा संक्रमण पुष्टी भएसंगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ५३४ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा शितगंगा नगरपालीबाट १ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४०८ पुगेको छ । अब जिल्लामा १२१ जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।

जसमा सन्धिखर्कमा ९६ जना, शितगंगमा १८ जना,भुमिकास्थानमा १ जना, मालारानीमा १ जना र पाणीनीमा ५ जना गरी जम्मा १२१ जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ । यसअघि संक्रमणका कारण ५ जनाको ज्यान गईसकेको छ ।

Advertisement

एकैदिन ५ हजार ७४३ जनामा काेराेना सङ्क्रमण,कोरोना संक्रमणबाट थप २६ जनाले ज्यान गुमाए

कात्तिक ५, काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार ५ हजार ७४३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । पछिल्लाे २४ घण्टामा २० हजार एक सय १८ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा २ हजार ९९६ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ९९ हजार ६०५ पुगेको छ ।  

एकैदिन सङ्क्रमण पुष्टि हुनेकाे याे सङ्ख्या अहिलेसम्मकै धेरै हाे । अब नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ४ हजार ६५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।