अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५ सय पुग्यो, पछिल्लो २४ घण्टामा सन्धिखर्कबाट ९ जना कोरोना संक्रमणमुक्त

श्याम घिमिरे
असोज २९ अर्घाखाँची –

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ५ सय पुगेको छ । बिहिवार शितगंगा नगरपालीकामा ३ जना र भुमिकास्थान नगरपालीकामा १ जना गरी ४ जना थपिएसंगै संक्रमितको संख्या ५ सय पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीबाट ९ जना निको भएर फर्किएसंगै डिस्चार्ज हुनेको संख्या ४०६ पुगेको छ ।

अब जिल्लामा ९० जना सक्रिय संक्रमितहरु आइसोलेसनमा रहेका छन् । जसमा सन्धिखर्कमा ७५ जना, शितगंगमा ९ जना,भुमिकास्थानमा १ जना, मालारानीमा १ जना र पाणीनीमा ४ जना गरी जम्मा ९० जना आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यसअघि संक्रमणका कारण ४ जनाको ज्यान गईसकेको छ ।

यसैबिच बिहिवार दिउँसोसम्म जिल्लामा १२ जना संस्थागत र २०९ जना होम क्वरेन्टीनमा गरी जम्मा २२१ जना व्यक्तिहरु क्वरेन्टीनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ विनोद खनालले जानकारी दिनुभएको छ ।

Advertisement

सन्धिखर्क नगरपालिकामा उपभोक्ता हक हित संरक्षण समितिको बैठक सम्पन्न, बजार अनुगमनलाई निरन्तरता दिने

प्रेमनारायण आचार्य असोज २९ – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा उपभोक्ता हक हित संरक्षण समितिको बैठक आज सम्पन्न भएको छ । समितिका संयोजक सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिकको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमनलाई निरन्तरता दिने, मुल्य सुची नभएका पशलहरुलाई बस्तुको मुल्यसुची राख्न आग्रह गर्ने, अटेर गरे कारबाही गर्ने निर्णय गरेको छ दैनिक उपभोग्य बस्तु तथा फलफुल र तरकारीको मुल्य पशलै पिच्छे फरक फरक रहेकोले समान मुल्य निर्धारण गर्न पनि सबै ब्यबसायीलाई आग्रह गर्ने तथा जन स्तरमा सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका निर्णय गरेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले बताउनु भयो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा , सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, प्रहरी निरिक्षक रामनारायण गुप्ता, अनुसन्धान अधिकृत विनय चतुर्बेदी, उद्योग वाणिय संघका अध्यक्षयुवराज श्रेष्ठ , चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठ , पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल, प्रदेश सदस्य प्रेमनारायण आचार्य, सनिधखर्क नगरपालिकाका शाखा अधिकृत मञ्जु खनाल , अधिकृत छैठौं जीवनारायण आचार्य, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुली , पशु शाखा प्रमुख प्रकाश न्यौपाने, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

वडा कार्यलयमै गएर योजना सम्झौता

प्रेमनारायण आचार्य असोज २९ अर्घाखाँची- सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा वडा कार्यलयमै गएर योजना सम्झौता गरिएको छ । वडा कार्यलयमा आज एकै दिन १८ वटा योजनाहरुको सम्झौता गरिएको वडा अध्यक्ष कृष्ण बहादुर आचार्यले बताउनु भएको छ । योजना सम्झौताको उद्घाटन गर्दै नगर प्रमुख कमल प्रसाद भुसालले उपभोक्ता समितिलाई नगरपालिकामा योजना सम्झौता गर्न जान झन्झट र अफ्ठेरो हुने भएपछि वडा कार्यलयमै पुगेर योजना सम्झौता गरिएकोे बताउनु भयो ।

उहाँले जनतालाई छिटो, छरितो तवरबाट गुणस्तरीय सेवा प्रबाह गर्न नगरपालिका लागि परेको बताउनु भएको छ । वडा अध्यक्ष कृष्णबहादुर आचार्यको अध्यक्षता र वडा सचिव मोहन पुरीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका अधिकृत छैठौ जीवनारायण आचार्य, इन्जिनीयर प्रमोद केसी, कार्यपालिका सदस्य यमकला थापा, वडा सदस्य रमेश खड्का, मिना सुनार, स्वास्थ्य चौकी प्रमुख श्रवण पन्थी, पत्रकार प्रेमनारायण आचार्य, स्थानीय राजेन्द्र खत्री, पदम खत्री, गोपाल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।