शोभाकर पन्थी सन्धिखर्क एफएम असोज २७- नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले बाढी पहिरो पिडीत हरुको उचित व्यबस्थापनको निम्ति राज्यको ध्यानाकर्षण गराएको छ । नेकपा जिल्ला कार्यालयको आज पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न बैठकले जिल्लाको सितगंगा र सन्धिखर्कका बाढी पहिरो पिडितहरुको तत्काल घरवासको व्यवस्था मिलाउन राज्यको ध्यानाकर्षण गराएको छ । बैठकले कोरोना संक्रमित हुनुभएका राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल लगायत संपूर्ण जनप्रतिनिधि ,राजनितीक दलका नेता तथा कार्यकर्ता ,सुरक्षा निकाय, स्वास्थ्यकर्मी ,कर्मचारी सहित सबै महानुभाव हरुको सिघ्र तथा पुर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।
कोरोना संक्रमण समुदायमा पुगेको भन्दै बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जिल्ला बासिलाई आग्रह गर्दै नआत्तिन तर सजक रहन आग्रह गरेको छ । साथै बैठकले जिल्लाको पार्टी सदस्यता अभिलेख प्रमाणित गरेको छ । अब जिल्लामा नेकपाका करीब १४ हजार ५ सय बढी संगठित सदस्य भएका छन् । बैठक जिल्ला पार्टी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क. को संचालनमा सम्पन्न भएको कार्यालय सदस्य पिताम्वर भुसालले बताउनुभयो ।