ईश्वर पोखरेलको मन्त्रालय खोसियो, ओली सरकारमा ३ नयाँ मन्त्रीको इन्ट्री

असोज २८, काठमाण्डाै – मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आउनुभएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा भने कृष्णगाेपाल श्रेष्ठलाई नियुक्त गरिएकाे छ । त्यस्तै केही मन्त्रालयमा हेरफेर गरिएकाे छ । 

Advertisement

अर्घाखाँची चेम्बर अफ कमर्सद्धारा शितगंगाका पहिरो पिडितलाई आर्थिक सहयोग

श्याम घिमिरे
असोज २८ अर्घाखाँची –

अर्घाखाँची नेपाल चेम्बर अफ कमर्सले शितगंगाका पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । चेम्बरले ७० औँ बार्षिकोत्सबको अबसरमा मंगलवार सन्धिखर्कमा एक कार्यक्रमको आयोजना गरी पहिरो पिडललाई २५ हजार रुपैया आर्थीक सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै लुम्बिनि प्रदेश सांसद चेतनारायण आचार्यले शितगंगाका पहिरो पिडितहरुलाई स्थायि बसोबासका लागि आफुहरुले विभिन्न निकायसंग पहल गरिरहेको बताउनु भयो । आचार्यले प्रदेश राजधानिको स्थान तोके संगै शितगंगाले बिकासमा फड्को मार्ने समेत दाबि गर्नुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्य प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल, अर्घाखाँची चेम्बर अफ कमर्सका अध्यक्ष अशोक कुमार श्रेष्ठ ,नेपाल पत्रकार महासंघका जिल्ला सचिब सुर्य प्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो । चेम्बरले सहायक प्रजिअ बिनोद खनाल मार्फत शितगंगाका नगरप्रमुख सुर्य प्रसाद अधिकारिलाई राहत स्वरुप रमक हस्तान्तरण गरेको हो ।

अर्घाखाँची राप्ती उपत्यकाभित्रै पर्छ, चिन्ता नगर्नू : प्रदेश सांसद आचार्य

प्रेमनारायण आचार्य असोज २८ अर्घाखाँची – लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्यले शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ पनि राप्ती उपत्यकामा पर्ने भएकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ । राजपत्रमा प्रकाशित कुरालाई लिएर अनेक टिप्पणी भइरहेको भन्दै उहाँले प्रदेश राजधानी बन्ने भएपछि  कर्णालीको रुपमा चिनिने दक्षिण खाँचीमा विकासको ढोका खोलिएको बताउनुभयो ।

अर्घाखाँची चेम्बर अफ कमर्सले जिल्ला प्रशासन कार्यालय परिसरमा गरेको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद आचार्यले भौगोलिक विकटतालगायतका कारणले एकीकृत विकास योजना सम्भव नभएका बेला प्रदेश राजधानी आएपछि अब विकासको ढोका खोलिएको बताउनुभयो । देशकै ठूलो नगरपालिका शितगंगा नगरपालिका विकासमा पछि परेको भन्दै सांसद आचार्यले शितगंगा नगरपालिकाका दुई वटा वडा समेटिनुले विकासको ढोका खुलेको तर्क गर्नुभयो ।

ठूलो मेहनतले अर्घाखाँचीका दुई वटा वडा राजधानीमा समावेश गर्न सफल भएको भन्दै उहाँले अब विकास निर्माणमा पनि अग्रगामी छलाङ मार्ने बताउनुभयो । शितगंगा नगरपालिका वडा नम्बर ११ र १२ मा ठूलो विपत्ति आइलागेको भन्दै त्यहाँका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको उहाँले बताउनुभयो । प्रदेशका मुख्यमन्त्रीलगायत भूमिसुधार मन्त्रालयमा गएर आफूले कुरा राखेको पनि उहाँले जानकारी दिनुभयाे ।  

सितगंगा र सन्धिखर्कका बाढी पहिरो पिडितहरुको तत्काल घरवासको व्यवस्था मिलाउन नेकपा अर्घाखाँची द्वारा राज्यको ध्यानाकर्षण

शोभाकर पन्थी सन्धिखर्क एफएम असोज २७- नेपाल कम्युनिस्ट पार्टी नेकपा अर्घाखाँचीले बाढी पहिरो पिडीत हरुको उचित व्यबस्थापनको निम्ति राज्यको ध्यानाकर्षण गराएको छ । नेकपा जिल्ला कार्यालयको आज पार्टी कार्यालय सन्धिखर्कमा सम्पन्न बैठकले जिल्लाको सितगंगा र सन्धिखर्कका बाढी पहिरो पिडितहरुको तत्काल घरवासको व्यवस्था मिलाउन राज्यको ध्यानाकर्षण गराएको छ । बैठकले कोरोना संक्रमित हुनुभएका राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल लगायत संपूर्ण जनप्रतिनिधि ,राजनितीक दलका नेता तथा कार्यकर्ता ,सुरक्षा निकाय, स्वास्थ्यकर्मी ,कर्मचारी सहित सबै महानुभाव हरुको सिघ्र तथा पुर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

कोरोना संक्रमण समुदायमा पुगेको भन्दै बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन जिल्ला बासिलाई आग्रह गर्दै नआत्तिन तर सजक रहन आग्रह गरेको छ । साथै बैठकले जिल्लाको पार्टी सदस्यता अभिलेख प्रमाणित गरेको छ । अब जिल्लामा नेकपाका करीब १४ हजार ५ सय बढी संगठित सदस्य भएका छन् । बैठक जिल्ला पार्टी अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता र सचिव ठाकुर कुमार बि.क. को संचालनमा सम्पन्न भएको कार्यालय सदस्य पिताम्वर भुसालले बताउनुभयो ।

सन्धिखर्कमा मंगलवार थप १ जनामा कोरोना संक्रमण पुष्टी


श्याम घिमिरे,
असोज २७ अर्घाखाँची-
अर्घाखाँचीमा मंगलवार थप १ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । जिल्लाको सन्धिखर्क नगरपालीकाका १ जनामा कोरोना संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । जिल्लामा हालसम्म ३९६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । अहिले जिल्लामा ९६ जना सक्रिय संक्रमितहरु आईसोलेशनमा रहेका छन । यसैबिच मंगलवार दिउँसोसम्म जिल्लामा संस्थागत क्वरेन्टीनमा १३ र होम क्वरेन्टीनमा २१४ जना गरी २२७ जना व्यक्तिहरु बिभिन्न क्वरेन्टीनमा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रजिअ बिनोद खनालले जानकारी दिनुभएको छ ।